• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ पौष ३०, बुधबार | Wednesday, 14, Jan, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • २मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ३सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ४उ दिन सम्झँदा
  • ५तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ६क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ७टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ८वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

शिक्षा नीति परिस्कृत गर्न जरुरीः पूर्व मन्त्री दुलाल

स्मृति दंगालप्रकाशित मिति: २०७८ पौष १९, सोमबार (४ साल अघि)
  • १२६४ पाठक संख्या
  • Yubaraj Dulal
    वार्षिक उत्सवलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल ।

    चौतारा । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलालले शिक्षा नीतिलाई परिस्कृत गर्न जरुरी रहेको बताएका छन् ।

    सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– ५ मा रहेको श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयको ७५औं वार्षिक उत्सव, ५७औं अभिभावक तथा पूर्व विद्यार्थी समाजको आठौँ भेलालाई सम्बोधन गर्दै दुलालले शिक्षामार्फत समाजलाई समृद्ध बनाउने हो भने सबैभन्दा पहिले शिक्षा नीति परिस्कृत गर्नुपर्नेमा जोड दिए ।

    Shree Krishna Ratna ganga

    ‘हाम्रो अहिलेको शिक्षा नीतिले वेरोजगार मात्रै उत्पन्न गर्ने गरेको छ’, उनले भने– ‘शिक्षालाई विकाससँग जोडेर मूलुकलाई समृद्ध बनाउनु अहिलेको आवश्यकता हो ।’ हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपूर्ण कडि भएको बताउँदै शैक्षिक सुधारका लागि जिल्लामा महत्वपूर्ण काम भएको बताए । उनले त्यसमा सहकार्य गर्नको लागि आफूहरू निरन्तर लागि परेको जनाए ।

    विद्यालयमा विद्यार्थी संख्या बढी हुन समस्या भनई अवसर भएको बताउँदै श्रीकृष्ण रत्नगंगाले त्यो अवसरलाई ग्रहण गर्नुपर्नेमा जोड दिए । ‘यस विद्यालयमा विधार्थी संख्या धेरै छ, त्यसलाई तपाईंहरुले अवसरको रुपमा सदुपयोग गर्नुस्’, दुलालले भने । विकासले समृद्ध चौतारा बनाउन शिक्षा, स्वास्थ्य, पूर्वधारलाई पहिलो प्रथामिकतामा राखिएको उनले बताए ।

    Shree Krishna Ratna ganga

    वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धुब्रलाल श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ को वार्षिक शैक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आगामी दिन हरुमा भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई जिल्लाका एक नमूना विद्यालयको रुपमा स्थापित गर्ने बताए ।

    कार्यक्रमको बीच विद्यालयको पूर्व विद्यार्थी एवम् सेनाका अवकाश प्राप्त जर्नेल डा. पूर्णबहादुर सिलवालले विद्यालय प्राङ्गणमा व्यक्तिगत खर्चबाट निर्माण गरेको सरस्वतीको मन्दिर विद्यालयलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै विद्यालयले हरेक वर्ष प्रकाशन गर्दै आएको स्मारिका नवकिरणको सार्वजनिकीकरण समेत गरिएको थियो ।

    वार्षिक उत्सवको अवसरमा विद्यालयले चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, सेनाको पूर्व उपरथी डा. पूर्णबहादुर सिलवाल, शब्द–सारथिका अध्यक्ष अमित घिमिरे, अभिभावक श्याम सापकोटालगायत सो विद्यालयमा अध्ययन गरेर विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गरेको थियो ।

    School progamme

    कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड नगर स्तरिय र जिल्लामा सहभागी भई विभिन्न विधामा पदक बिजेता, उपविजेता खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । विद्यालयको नर्सरी देखि कक्षा १२ सम्माका उत्कृष्ट ३ जना विधार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान समेत गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष नरमान श्रेष्ठको अध्यक्षतामा पूर्व सांसदद्वय कृष्णराज श्रेष्ठ र सुभाष कर्माचार्य, नगरप्रमुख अमानसिं तामाङ, विद्यार्थी अभिभावक लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

  • मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा


  • ग्लोबल अपडेटथप

    तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

    Game News

    मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

    Mitrata Shang

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution