• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १७, बुधबार | Wednesday, 31, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

पर्यटन प्रबर्द्धन गर्न यार्मासिङमा होमस्टे सञ्चालन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष २०, मंगलबार (१ साल अघि)
  • ११७४ पाठक संख्या
  • Homestay
    ‌‌‌

    तातोपानी । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीयस्थल भैरवकुण्ड पदमार्गमा होमस्टेको सुरुआत गरिएको छ । भोटेकोशी गाउँपालिका– ३ स्थित यार्मासिङमा पर्यटन प्रबर्द्धनलक्षित होमस्टेको सुरुआत गरिएको हो ।

    भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि स्थानीय आमा समूहले होमस्टे प्रबर्द्धन गरेका हुन् । यहाँ भूईंचालोअघि पनि यस्तो सेवा उपलब्ध थियो । भूईंचालोले घरहरु भत्काएपछि होमस्टे सेवा टुटेको हो । पर्यटकीय गाउँ छगाम, बगाम, लिस्तीमाई मन्दिरसमेत यही बाटो हुँदै जाने भएकाले फेरि होमस्टेको सुरुआत गरिएको आमा समूहकी अध्यक्ष पासाङबुटी शेपाले बताइन् ।

    हाल प्रबर्द्धन गरिएको होमस्टे ऐतिहासिक दुगुनागढी नजिकै पर्दछ । भूईंचालोपछि दुगुनागढीको पुनर्निर्माण सकिएकाले यहाँ आउने पर्यटकहरु बढेका छन् । यहाँ गौरीशंकर संरक्षण क्षेत्रलेसमेत होमस्टे सञ्चालनका लागि पहलकदमी लिएको थियो । यार्मासिङ गाउँमा करिब २० घरमा होमस्टे सञ्चालन गरिएको छ । हरेक घरमा दुई वटा कोठा पाहुनाका लागि छुट्टाइएको छ । यहाँ आउने पर्यटकका लागि होमस्टे सञ्चालकले अतिथि सत्कार, जलपान, खानपिनको व्यवस्था गर्ने गरेका छन् ।

    Homestay

    पाहुनालाई स्थानीय शेर्पा संस्कृति झल्कने नाचगानसमेत देखाइने गरिएको छ । पुनः होमस्टे सञ्चालनमा ल्याएपछि दुगुनागढीलगायतका क्षेत्रमा आउन सहज भएको पेमाल्हामू शेर्पाले बताइन् । उनी पहिलोपटक दुगुनागढी क्षेत्रमा आएकी हुन्। सिन्धुपाल्चोककै फुल्पिङकट्टीबाट उनी साथीसंगीसँगै आएकी थिइन् ।

    नजिकै पर्ने दुगुनागढी पर्यटकको प्रमुख गन्तब्यस्थल हो । देशभरका ऐतिहासिक १० गढीमध्येको भित्र यो गढीलाई मानिन्छ । अग्लो स्थानमा समथर भूभाग र रमणीय डाँडामा रहेका बिशाल चट्टानलाई कलात्मकता दिई पहराको खोचमा तत्कालीन प्रधानमन्त्री जंगबहादुरले तीब्बतसँग युद्ध लडेको किवंदन्ती छ । कडा चट्टानलाई आड लिएर नेपाली पक्षले यही गढीबाट तीब्वततिर प्रहार गरेको शिलालेखसमेत छ ।

    करिब ४२ सय वर्गमिटरमा फैलिएको गढीमा सिडिएमए टावरदेखि विभिन्न हाउसवायर समेत जडान गरिएको छ । भोटेकोसी गाउ“पालिका ३ मा रहेको करिब एक सय ६० वर्ष परानो पुरातात्विक दुगुनागढी पुनर्निर्माण ध्वस्त भएको ५० महिनापछि पुनर्निर्माण थालिएको हो ।

    वि.सं. १९१२ मा तीब्बत र नेपाल बीच भएको युद्धमा नेपाल पक्षले यही गढीलाई आधारक्षेत्र बनाएर लडाईं लडेका थिए । त्यसताका नेपाली पक्षको सुरक्षार्थ तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अग्लो स्थान रोजेर लडाईंका लागि सहज बनाउन गढीको निर्माण गरेका थिए । पछिल्लोसमय यहाँ आउने पर्यटकको संख्या बढेपनि दुगुनागढीसम्म पुग्न केही समस्याहरु अझै छन् । भिरालो भूबनोट भएकाले सडक स्तरोन्नति आवश्यक रहेको स्थानीयको भनाई छ ।

    सडक सञ्जालले दुगुनागढी जोडिएपनि सडक जिर्ण छ । सडक मर्मत गर्नसके अझै पर्यटक बढ्ने विश्वास स्थानीयको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    पर्यटन सम्बन्धि थप
  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

  • कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

  • कर्मचारीको कारण सेवा प्रवाह नै बन्द


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution