• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ जेष्ठ ४, बुधबार | Wednesday, 18, May, 2022
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धुपाल्चाेकका ७५ वडामा कांग्रेसको अग्रता कायमै (कुन वडा कस्ले जिते ? मत परिणामसहित)
  • २बलेफीबाट माओवादीले खोल्यो खाता: बाह्रविसे, भोटेकोशी र हेलम्बुमा कांग्रेसले मार्योे बाजी
  • ३गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण
  • ४चुनाव जिताउन नसकेको भन्दै राप्रपा नेता थापाद्वारा राजीनामा
  • ५जनयुद्धको उद्गम स्थल कुविण्डेमा माओवादीको जीत
  • ६सिन्धुपाल्चोकमा १६ वडा अध्यक्ष विजयी
  • ७अझै सुरु हुन सकेन मेलम्चीमा मतगणना
  • ८जुगल– १ मा कांग्रेसको उम्मेद्वार तामाङ विजयी

राईले उचाले मेयर कप म्याराथनको उपाधी

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष २४, शनिबार (४ महिना अघि)
  • ४५८ पाठक संख्या
  • marathon
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोकको चौतारामा पहिलोपटक आयोजना भएको चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथनको उपाधी नेपाल आर्मीका गजेन्द्र राईले प्रथम उपाधी प्राप्त गरेका छन् ।

    निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ३६ मिनेट १२ सेकेण्डमा पूरा गर्दै राईले उपाधि पाएका हुन् । उपाधीसँगै उनले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गरे । सिन्धुपाल्चोकको ऐतिहासिक क्षेत्र साँगाचोकगढीदेखि सुरु भई मानेडाँडा, जल्किने, ईर्खु, चौतारा हुँदै ब्याङ्चेपानी पुगेर गौरती भिमसेन मन्दिर परिक्रमा गरी टुडिखेलमा आएपछि दुरी पूरा भएको थियो ।

    दोश्रो र तेश्रो स्थानमा श्रीकास राई र नवराज साउदले क्रमसः १ घण्टा ३६ मिनेट २४ सेकेण्ड र १ घण्टा ३८ मिनेट ११ सेकेण्डमा दौड पूरा गरे । दोस्रो हुनेले २२ हजार २ सय २२, तेस्रो हुनेले ११ हजार १ सय ११ प्राप्त गरेका छन् । चौथो स्थान १ घण्टा ४१ मिनेट १९ सेकेण्डमा दौड पूरा गर्दै रामजी बस्नेतले ५ हजार ५ सय ५५ रुपैया हात पारेका छन् ।

    यसैगरी महिला तर्फ आर्मीकी विश्व रुपा शुढा पहिलो भईन् । उनले १ घण्टा ५६ मिनेट ०५ सेकेण्डमा दौड पूरा गरिन् । उपाधीसँगै उनले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गरिन् । यस्तै महिलातर्फ दोस्रोमा हुमी बुढामगर र तेश्रो स्थान निर्मला राई भईन् । उनीहरुले क्रमशः २ घण्टा १३ मिनेट १७ सेकेण्ड र २ घण्टा २० मिनेट ०८ सेकेण्डमा दौड पूरा गरे ।

    marathon

    यस्तै ४०–५९ वर्ष सम्मको भेट्रान्स महिला तर्फ राधा श्रेष्ठ प्रथम, उमाकुमारी दंगाल गौतम दोश्रो र सुष्मा पाण्डे तेश्रो भइन् । ४०–५९ वर्षसम्मको भेट्रान्स पुरुष तर्फ भीमबहादुर गुरुङ प्रथम, धर्म महर्जन दोश्रो र दामोदर बुढामगर तेश्रो भए । यसैगरी सुपर भेट्रान्स तर्फ रामकृष्ण महर्जन पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो तथा गोविन्द सिलवाल तेश्रो भएका छन् ।

    सिन्धुपाल्चोक जिल्ला तर्फ पिपलडाँडाका शिव कुँवर पहिलो बने । प्रतियोगितामा सहभागि हुन सिन्धुपाल्चोकसंगै काठमाडौ, ललितपुर, भक्तपुर, गुल्मी, स्याङ्जा, भोजपुर, वर्दिया, कालिकोट, प्युठान लगायत ३० जिल्लाका १ सय ७० खेलाडी चौतारा साँगाचोकगढी नगरपालिकामा आएका थिए ।

    कार्यक्रममा किर्तिमानी धावक बैकुन्ठ मानन्धर समेत सहभागि बनेका थिए । नयाँ पुस्ताका खेलाडीको हौसला र आफ्नो स्वास्थ्यको लागि प्रतियोगितामा सहभागि भएको मानन्धरको भनाई थियो । बैकुण्ठ मानन्धरले सन् १९८७ मा भारतको कोलकातामा ४२ किमि दूरी दुई घण्टा १५ मिनेट तीन सेकेन्डमा पूरा गरेर दक्षिण एशियाली कीर्तिमान बनाएका थिए ।

    प्रतियोगिताको उद्घाटन साँगाचोककोगढीबाट बाग्मती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका थिए । चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिको आयोजनामा भएको कार्यक्रमलाई क्षमादेवी ग्रुपले सहयोग गरेको थियो भने ब्ल्याक हर्स सुजले खेलाडीहरुको लागि जर्सीको व्यवस्था गरिदिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सिन्धुपाल्चाेकका ७५ वडामा कांग्रेसको अग्रता कायमै (कुन वडा कस्ले जिते ? मत परिणामसहित)

  • बलेफीबाट माओवादीले खोल्यो खाता: बाह्रविसे, भोटेकोशी र हेलम्बुमा कांग्रेसले मार्योे बाजी

  • गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण

  • चुनाव जिताउन नसकेको भन्दै राप्रपा नेता थापाद्वारा राजीनामा


  • ग्लोबल अपडेटथप

    सिन्धुपाल्चाेकका ७५ वडामा कांग्रेसको अग्रता कायमै (कुन वडा कस्ले जिते ? मत परिणामसहित)

    Final Sindhu Mat

    बलेफीबाट माओवादीले खोल्यो खाता: बाह्रविसे, भोटेकोशी र हेलम्बुमा कांग्रेसले मार्योे बाजी

    Sindhu Mat

    गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण

    Raju Lama

    चुनाव जिताउन नसकेको भन्दै राप्रपा नेता थापाद्वारा राजीनामा

    Deepak Thapa
    बढी पढिएका
    १

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    २

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    ३

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ४

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार
    ५

    बाँडफाँट भयो मध्य भोटेकोशी जलविद्युतको आईपीओ

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    sundarshireesh@gmail.com

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: news.globalpatee@gmail.com

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution