• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १७, मंगलबार | Tuesday, 31, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

चोरीमा संलग्न २० वर्षे युवतीसहित चार पक्राउ

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष २६, सोमबार (१ साल अघि)
  • १४८७ पाठक संख्या
  • Chori
    ‌‌‌

    चौतारा । चोरीमा संलग्न रहेको आरोपमा २० वर्षिया युवतीसहिच चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाकी– ६ की २० वर्षिया कञ्चन पराजुली, ईन्द्रावती गाउँपालिका– १० बडहरेका २० वर्षिय मनिष सुन्दास, इन्द्रावती गाउँपालिका– ९ का २५ वर्षिय बुद्ध तामाङ र सोहि ठाउँका २६ वर्षिय अनिल तामाङ छन् । उनीहरुले पुष १२ गते नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठको घर फोडेर धनमाल चोरी गरेका थिए । सदरमुकाम चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा ढोका तथा दराजको ताला फुटाइ दराजभित्र राखेका सुनचाँदीका गरगहना र नगद चोरी भएको थियो ।

    उनीहरूले श्रेष्ठको घरबाट १ थान आधा तोलाको सुनको १० गेडि मंगलसुत्र, १ थान दुई तोलाको सुनको मंगलसुत्र, १ थान दुई तोलाको हारमाला, १ थान अढाई तोलाको सिक्री र लकेट, १ थान आधा तोलाको लकेट, १ थान सुनको दानालगायत सुनको चन्द्रमा, मुन्द्री, झुम्का, टप, औंठी, चुरासहित चाँदीका गरगहना चोरी गरी फरार भएका थिए । उनीहरूले एक लाख एक हजार रुपैयाँ नगदसमेत चोरी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

    कञ्चनको निर्देशनमा अन्य युवाहरूले चोरी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । श्रेष्ठको घरमा कोठा लिएर बस्दै आएकी कञ्चनले युवाहरुलाई प्रयोग गरी चोरी गराएको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेका मनिष राजधानीमा एकै कलेजमा कञ्चनसँग अध्ययन गर्दथे । उनीहरूलाई काठमाण्डौमा खटिएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिवोल केसीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    घरभाडामा बस्ने पराजुलीमाथि शंका लागेपछि चोरी भएकै दिनदेखि उनी प्रहरी नियन्त्रणमा थिइन् । उनीमाथि अनुसन्धान गरेपछि प्रहरी बाँकी तीन युवाहरू नजिक पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी राजन अधिकारीले चोरी भएकामध्ये अधिकांश सुन, चाँदीसमेत उनीहरूको साथबाट बरामद भएको जानकारी दिए । उनीहरुमाथी थप अनुसन्धान भईरहेको अधिकारीले बताए ।

  • अपराधमा फस्दै युवायुवतीः
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution