• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

चोरीमा संलग्न २० वर्षे युवतीसहित चार पक्राउ

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष २६, सोमबार (४ साल अघि)
  • २१०१ पाठक संख्या
  • Chori
    ‌‌‌

    चौतारा । चोरीमा संलग्न रहेको आरोपमा २० वर्षिया युवतीसहिच चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाकी– ६ की २० वर्षिया कञ्चन पराजुली, ईन्द्रावती गाउँपालिका– १० बडहरेका २० वर्षिय मनिष सुन्दास, इन्द्रावती गाउँपालिका– ९ का २५ वर्षिय बुद्ध तामाङ र सोहि ठाउँका २६ वर्षिय अनिल तामाङ छन् । उनीहरुले पुष १२ गते नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठको घर फोडेर धनमाल चोरी गरेका थिए । सदरमुकाम चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा ढोका तथा दराजको ताला फुटाइ दराजभित्र राखेका सुनचाँदीका गरगहना र नगद चोरी भएको थियो ।

    उनीहरूले श्रेष्ठको घरबाट १ थान आधा तोलाको सुनको १० गेडि मंगलसुत्र, १ थान दुई तोलाको सुनको मंगलसुत्र, १ थान दुई तोलाको हारमाला, १ थान अढाई तोलाको सिक्री र लकेट, १ थान आधा तोलाको लकेट, १ थान सुनको दानालगायत सुनको चन्द्रमा, मुन्द्री, झुम्का, टप, औंठी, चुरासहित चाँदीका गरगहना चोरी गरी फरार भएका थिए । उनीहरूले एक लाख एक हजार रुपैयाँ नगदसमेत चोरी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।

    कञ्चनको निर्देशनमा अन्य युवाहरूले चोरी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । श्रेष्ठको घरमा कोठा लिएर बस्दै आएकी कञ्चनले युवाहरुलाई प्रयोग गरी चोरी गराएको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेका मनिष राजधानीमा एकै कलेजमा कञ्चनसँग अध्ययन गर्दथे । उनीहरूलाई काठमाण्डौमा खटिएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक हरिवोल केसीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    घरभाडामा बस्ने पराजुलीमाथि शंका लागेपछि चोरी भएकै दिनदेखि उनी प्रहरी नियन्त्रणमा थिइन् । उनीमाथि अनुसन्धान गरेपछि प्रहरी बाँकी तीन युवाहरू नजिक पुगेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी राजन अधिकारीले चोरी भएकामध्ये अधिकांश सुन, चाँदीसमेत उनीहरूको साथबाट बरामद भएको जानकारी दिए । उनीहरुमाथी थप अनुसन्धान भईरहेको अधिकारीले बताए ।

  • अपराधमा फस्दै युवायुवतीः
  • प्रतिक्रिया दिनुहोस
    अपराध सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution