• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

हेलम्बु–मेलम्ची क्षेत्रमा तत्काल ५ वटा पुल बनाउने सहमति

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ माघ १८, मंगलबार (४ साल अघि)
  • ११३१ पाठक संख्या
  • Melamchi
    ‌‌‌

    मेलम्ची । गएको असार १ र साउन १९ गते गएको भेमथाङ पहिरोका कारण क्षति पुगेको हेलम्बु–मेलम्ची क्षेत्रको ५ वटा पुल तत्काल बनाउने सहमति भएको छ ।

    पूर्वमन्त्री एवम् संघीय सांसद् शेरबहादुर तामाङको अध्यक्षतामा बसेको बाढीबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण सम्बन्धि सोमबार सडक विभाग ललितपुरमा बैठक बसेको हो । बैठकले मेलम्ची बजारमा रहेको पाँचपोखरी गाउँपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका जोड्ने पक्की पुल, मेलम्ची फट्टे मोटरपुल र मेलम्ची हेलम्बु सडक खण्डको थप ३ वटा पक्की पुलहरु तत्काल निर्माण गर्ने जनाएको छ ।

    बैठकमा सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले स्थानीय सरकारले चासो दिने हो भने पुल निर्माण तत्काल सुरु हुने बताए । ‘झण्डै ६ महिना बाढीका कारण सास्ती बेहोरिरहेका त्यहाँका स्थानीयको पीडामा मल्हम लगाउन स्थानीय सरकार सक्रिय हुन जरुरी छ’, सापकोटाले भने– ‘स्थानीय सरकारले चासो दिए हामी तुरुन्तै काम सुरु गर्न तयार छौं ।’ उनले सडक विभागको तर्फबाट गर्नु पर्ने काममा कुनै ढिलाई नगर्ने बताए ।

    सडक विभागको पुल महाशाखा प्रमुख उमेश बिन्दु श्रेष्ठले छिटो प्रकृयाबाट पूल र सडक निर्माणको काम सुरु गर्नुपर्ने आवश्यकता जनाए । बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर आर्याल, इन्द्रावति गाउँपालिका अध्यक्ष वंशलाल तामाङले सडक र पुल पुनर्निर्माणमा ढिलाई भएकोमा चिन्ता जनाएका थिए । त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलम्ची भोताङ सडक वर्षायाम अगाडि नै पुनर्निर्माण गरिसक्नुपर्नेमा जोड दिएका थिए ।

    बैठकले मेलम्ची–हेलम्बु सडक, मेलम्ची–भोताङ सडकको तत्काल पुनर्निर्माण गर्न र बाहुनेपाटीको पुललाई तत्काल कार्य सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

    बैठकमा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवाल, मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवति नेपाल, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, ईन्जिनियर जितबहादुर कार्कीलगायतले आगामी जेठ अगाडिनै पुल र सडक सूचारु गर्नुपर्नेमा जोड दिएका थिए ।

    बाढीले हेलम्बु–मेलम्ची क्षेत्रका पक्की पुल, झोलुङ्गे पुल, सडक, बसपार्क, सार्वजनिक भवन, खानेपानी, विद्यालय भवन, सिँचाइ कुलो लगायतका पूर्वाधारमा क्षति पुर्याएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution