• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

माग पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको काम बन्द गरिने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ माघ १९, बुधबार (४ साल अघि)
  • ९९७ पाठक संख्या
  • Melamchi Khanepani Banda
    ‌‌‌

    मेलम्ची । आफ्ना मागहरु पूरा नभएसम्म मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गर्ने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिले जनाएको छ ।

    आयोजनाको कार्यकारी निर्देशक बासुदेव पौडेललाई मंगलबार विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सरोकार समितिले स्थानीय बाढीपीडीत समुदायको साझा मागहरु कार्यान्वयनका चरणमा जाने सुनिश्चितता नभएसम्मका लागि मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम बन्द गर्ने बताएको हो ।

    माघ २० गतेबाट आयोजनाको काम पूर्ण रुपमा बन्द गरिने हेलम्बु मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिका अध्यक्ष भरत थापाले बताए । ‘हामीले स्थानीयको माग पूरा नभए माघ २० गतेबाट पूर्ण रुपमा आयोजनाको काम बन्द गर्ने जानकारी मेलम्ची खानेपानी आयोजना, एसियाली विकास बैंक र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई जानकारी गराएका छौं’, थापाले भने ।

    बाढी पीडित, मेलम्ची खानेपानी आयोजना प्रभावित एवम् सरोकारवाला निकायबीच हेलम्बुको किउल बगरमा माघ २० गते सडक सार्वजनिक सुनुवाई गरी आयोजनाको काम बन्द गरिने उनको भनाई छ । बाढी पहिरो गएको नौ महिना पुग्न लाग्दासमेत पीडित एवम् प्रभावित क्षेत्रमा काम गर्नुपर्ने जिम्मेवार र सरोकारवाला निकायको बेवास्ता र गैरजिम्मेवारीपन देखाएका कारण बाध्य भएर आयोजनाको काम बन्द गर्नुपर्ने अवस्था आएको थापाले बताए ।

    Magpatra

    समितिले सुरुङको मुहान सफा गर्दा निस्किएका ढुंगा, बालुवा, गिट्टी सुरक्षित स्थानमा भण्डारण गर्नुपर्ने, आयोजना पथान्तरणको काम शुरु हुनु पुर्व नै सरोकारवाला समिति, समुदाय तथा बाढी पीडीतबाट उठाइएका लेवीलगायतका दीर्घकालीन विकासको लागि भएको सम्झौता पालना गर्नुपर्ने, बाढीबाट विस्थापित समुदायलाई तत्काल बैकल्पिक व्यवस्थासहित दीर्घकालीन आवास र पुर्नस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

    त्यस्तै मेलम्ची नदी तटीय क्षेत्रका बाँकी घरबस्ती तथा खेतियोग्य जमिन संरक्षणका लागि आवश्यक उपकरणसहित बजेटको प्रबन्ध गर्नुपर्ने, मुहान जोड्ने मेलम्ची–तिम्बु सडकलाई वर्षायाममा पनि सञ्चालन हुनेगरी तत्कालै स्तरोन्नती गर्नुपर्ने, मेलम्ची नदीको उद्गम स्थल जलाधार क्षेत्रदेखि तल्लो तटीय स्थानको पुनर्निर्माण एवम् जोखिम न्यूनिकरणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने माग सरोकार समितिले राखेको छ ।

    समितिले बुझाएको मागसहितको ज्ञापनपत्र बुझ्दै आयोजनाको कार्यकारी निर्देशक पौडेललाई मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अम्वाथान र आयोजनाका अन्य भौतिक संरचना पुर्ननिर्माण सुरु भएकोले स्थानीयको मागलाई क्रमैसँग पूरा गर्दै लैजाने बताए । ‘हामी क्रमिक रुपमा काम गरिरहेका छौं, स्थानीयले पनि आयोजनालाई सहयोग गर्नुपर्ने हुन्छ’, उनले भने– ‘बन्द मात्रै समस्याको समाधान होईन, स्थानीयको माग सम्बोधन गर्ने प्रयत्न गछौं ।’

    पौडेलले आयोजनाको काम बन्द नगर्न आग्रह गरेपनि आयोजनाले स्थानीयको मागलाई कहिल्यै पनि ध्यान नदिएको कारण माग पूरा हुने सुनिश्चितता नभएसम्म आयोजनाको काम बन्द गर्ने सरोकार समितिका सचिव अर्जुन भण्डारीले बताए । ‘अघिल्लो वर्षायाममा आएको बाढीको चोट र पीडाको खाटो बस्न नपाउदै अको वर्षायाम आउनै लागेको छ,’ उनले भने– ‘आयोजनाको बेवास्ता र गैरजिम्मेवारीपनले आगामी दिनहरुमा यस क्षेत्रको स्थानीयले थप विपत्तिसहितको अनेकन समस्याको सामना गर्नुपर्ने अवस्था सिर्जित छ ।’

    मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्याउनुको मूल कारण अम्बाथानमा आयोजनाले ठूलो मात्रामा जम्मा गरेको सिमेन्ट, डण्डी, केमिकललगायतका निर्माण सामग्री, हेभी इक्युमेन्ट, आयोजना स्थलमा थुप्राइएका कच्चा सामग्री एवम् अव्यवस्थित रुपमा डम्प गरिएको मकिङजस्ता वस्तुको कारण भएको समितिले निक्र्यौल निकालेको छ ।

    आयोजनाले बाढी प्रभावितहरुको जीउधनको सुरक्षा, विस्थापितहरुको व्यवस्थित पुर्नस्थापना, स्थानान्तरण एवम् पीडित परिवारको जीविकोपार्जनका निम्ति मासिएका जग्गाजमिनको पुनर्निर्माण, तटीय क्षेत्रका जोखिम बस्ती, खेतबारी तथा व्यक्तिगत तथा सार्वजनिक सम्पतिको संरक्षण एवम् क्षतिग्रस्त सडक, सिंचाइ, विद्यालय भवन, शवदाह गृह, मन्दिरलगायतका सार्वजनिक पूर्वाधारको पुनर्निर्माण गर्नुपर्नेमा सरोकार समितिले जोड दिएको छ ।

    असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिराले गम्भीर क्षति पुर्याएपछि आयोजनाको पुनर्निर्माण गरी पानी पठान्तरणको काम गर्न सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ । आयोजना मर्मत गर्न सरकारले ३६ करोड बजेट विनियोजन गरेपछि ठेक्का पाएको हाईड्रोले पुनर्निर्माणको काम समेत सुरु गरिसकेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution