• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

सरकार जनताको सुरक्षामा प्रतिबद्धः गृहमन्त्री

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ माघ २२, शनिबार (४ साल अघि)
  • ९८३ पाठक संख्या
  • Balkrishna Khad
    ‌‌‌

    हेलम्बु । गृहमन्त्री बालकृष्ण खाँणले जनताको सुरक्षामा सरकार प्रतिबद्द रहेको बताएका छन् ।

    शनिबार हेलम्बु चनौटेको मेलम्ची खोलामा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्दै उनले बाढी प्रभावितको लागि सरकारले काम गरिरहेको र आगामी दिनमा थप कार्यक्रम ल्याउने बताए । गएको असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित रातोपुल बगाएको थियो ।

    गृहमन्त्री बालकृष्ण खाँडले राजधानीबासीको खानेपानी समस्या समाधानको लागि मेलम्चीको पानी दिएर सिन्धुबासिले गुन लगाएको भन्दै धन्यबाद ब्यक्त गरे । मेलम्ची लगायत प्राकृतिक बिपत्तिले क्षति पुगेका अन्य ठाउँहरुमा समेत विकास निर्माण र पुर्नस्थापनाको लागि सरकार लागि परेको दावि गरे ।

    कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले पुल निर्माणले स्थानीयलाई आवतजावतमा सहज भएतापनि बाढी प्रभावितहरुको स्थायी आवास पुर्ननिर्माण र बस्ती संरक्षणमा सरकारको ध्यान नपुगेको बताए । बाढी प्रभावितको लागि गएको सरकारले दिएको २ करोड ५० लाख रुपैयाँ चेकको रकम समेत हालसम्म पनि पाउन नसकेको भन्दै दुःख व्यक्त गरे ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो । करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ ।

    ४८ दशमलब ७७ मिटर लम्बाइ र ४ दशमलब २ मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन रहेको छ । बाढी आएर पुल बगाएपछि खोला वारपार गर्न निकै कष्ट बेहोर्दै आएका हेलम्बुवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँ लगायतका स्थानमा जान सजिलो भएको छ । हेलम्बु गाउँपालिका २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution