• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २१, आईतबार | Sunday, 07, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

बागमती प्रदेश कमिटी सदस्य क्षेत्रीले गरे एमाले परित्याग (भीडियोसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन ४, बुधबार (३ साल अघि)
  • ३२३७ पाठक संख्या
  • Kedar Kshatri
    ‌‌‌

    चौतारा । नेकपा (एमाले) बागमती प्रदेश सदस्य एवम् सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एमाले परित्याग गरेका छन् ।

    नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । ‘म आज दुःखी र खुसी छु.दुःखी यस अर्थमा कि २०३८ सालामा कक्षा ५ मा अध्ययन गर्दा आदरणीय गुरू अरूण नेपालको प्रभावमा अनेरास्ववियुमा संगठीत हुदै अनेरास्ववियु जिल्ला अध्यक्ष देखि अञ्चल कमिटी सदस्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुदै वागमती प्रदेश कमिटीको सदस्य हुदै पार्टीको नवौ र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा निर्वाचीत भएको थिए । संसदीय फाँटमा तत्कालिन जिल्ला विकास समितिको सदस्य र हाल बलेफी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचीत भएको सबैलाई सर्वविदीतै छ’ क्षेत्रीले भने– ‘यति लामो समयसम्म आवद्ध भएको नेकपा एमाले पार्टी परित्याग गर्दै गरेको यो विज्ञप्ती मार्फत जानकारी गराउदै गर्दा मलाई दुःख लागेको छ ।’

    पार्टी परित्याग गरेको प्रति आफूलाई खुसी समेत लागेको उनले बताए । ‘खुसी यो अर्थमा की पार्टी भित्र मौलाउदै गएको सामन्तवादी सोच, चाकाडी, चाप्लुसी र व्यक्तिबादी प्रवृत्ति, नातावाद जस्ता क्रियाकलप पछिल्लो दिनमा नेकपा एमाले भित्र मौलाउदै गएको छ । यो सबै बाट आजदेखि मुक्त भएको घोषणा गर्दे गर्दा मलाई खुसी लागेको छ,’ उनले भने ।

    क्षेत्रीद्वारा जारी विज्ञप्तीमा भनिएको छ– ‘नेकपा एमालेको नवौ जिल्ला अधिवेशनको सन्दर्भमा समेत मैले अध्यक्ष पदमा उमेदवारी दिएको थिए । अध्यक्षमण्डलले सर्वसम्मत बनाउन प्रायस गरेपछि मैले सर्वसहमतीमा बाधक नबन्ने निर्णय गरे तर मैले अध्यक्ष पद छाडदै गर्दा अध्यक्ष मण्डलका कुनै पनि नेताहरूले जिल्ला नेतृत्वको विषयमा छलफल समेत भएन । म बलेफी गाउँपालिकाको पार्टीको इञ्चार्ज भए मसँग कुनै सरसल्ला नगरेर एकलौटी रूपमा जिल्ला सदस्यहरूको फाइनल गरियो । बलेफी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गराउदा समेत पार्टीलाई सधै चुनावमा जिताउन महत्वपुर्ण भुमिका खेल्ने क्षेत्रका नेताहरू माथी गम्भीर अन्याय भएको छ । म आफै इञ्चार्ज भएपनि यो सबै टुलुटुलु हेर्न बाध्य भए । पार्टीको सपथ ग्रहण कार्यक्रममा समेत एमालेका केन्द्रीय सदस्य सरेश नेपालले अपमानीत गर्नु भयो । राजनीतिक रूपमा यसरी सधै अपमानीत भएर बस्न सक्ने अवस्था रहेन ।’

    तत्कालिन स्थानीय विकास मन्त्री अमृतकुमार बोहराका स्वकीय सचिवको जिम्मेवारीमा समेत रहेर काम गरेको उनले एमाले परित्याग गर्दै गर्दा स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेको तर्फबाट उमेदवार भएर अध्यक्षमा निर्वाचीत गराउन महत्वपुर्ण भुमिका खेल्ने बलेफी गाउँपालिकाका सम्पुर्ण मतदाता प्रति हार्दिक अभार व्यक्त गरेका छन् ।

    ‘म नेकपा एमाले बाट अलग भएपनि यहाँहरू सँग सक्रिय राजनीति मार्फत नै पुन भेटघाट हुने नै छ, मनसाटासाट हुने नै छ, अहिले पार्टी बाट अलग भएको मात्रै हो तर सक्रिय राजनीति बाट होइन । नेकपा एमालेको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचीत हुनु भएका मेरा परम मित्र कमल नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अहिले पनि मेरो मुख्य जोड बामपन्थी एकतामा नै रहेको छ,’ उनले भने ।

    हेर्नुस् विज्ञप्तीः

    Bigyapti

    हेर्नुस् भीडियोः

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    GNN TV Plus सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution