• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १२, बिहिबार | Thursday, 26, Jun, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • २पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ३खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ४कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ५लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ६सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया
  • ७बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर
  • ८चौताराले जित्यो ३० स्वर्ण

आर्यघाट एक अभिशाप

विशाल भट्टराईप्रकाशित मिति: २०७८ फागुन ७, शनिबार (३ साल अघि)
  • १५८४ पाठक संख्या
  • Bishal Bhattrai
    ‌‌‌

    कुनै अल्छी कामदारले
    गाह्रो मानीमानी काम गरेझै लाग्छ,
    वागमती सकिनसकी
    आफूलाई धकेलिरहेछ तैपनि,
    लाखौँका अस्तित्वको अवशेष
    निशेष बनाउँदै बग्नु छ उसलाई पनि
    छेउमा किंकर्तव्यविमूढ भएर
    हेरिरहन्छन् पशुपति,
    मानौँ स्तब्धता नै उनको अर्को नाम हो ।
    फुल्दै गरेको फूलको घरबार उजाडेर,
    उनेर मालाकार वा थुँगाथुँगै
    आफ्नो खुसी र आनन्दको
    वरदान पाउन बलि दिन्छन् स्वार्थी भक्तहरू ।
    चारदिवारमा कैद,
    खुस्बुदार चन्दन र अगरबत्ती
    बास्ना लिँदै बसेका भगवान् !
    के आर्यघाटमा जलिरहेकाहरूका जलन
    र गन्ध तिमी थाहा पाउँछौ ??

    हरेक दिन दुधले नुहाउने हे भगवान् !
    के आँसुले नुहाइरहेकाहरूको
    रोदनको आवाज सुन्छौँ ?

    त्यस्ता भगवान् ब्युँझाउन व्यस्त
    ए घण्टीवादक मान्छेहरू !
    आफ्नै परिवार चितामा सुतेको देखेर
    हिम्मत टुटेकाहरूलाई समवेदना दिन जाँदैनौ ?
    कास! तिमीले दुई खुड्किला तल ओर्लिए,
    मानवजातिलाई बनाउने भगवानले
    तिम्रा मानहरूमा अलिकति
    मानवताको लेपन घसिदिन्थे ।।

    थाहा छैन,
    मैले यो कविता लेखिसक्दा नसक्दै
    कति परिवार ती चितामा सुत्ता हुन् ?
    दुनियाँ सिर्जने हे भगवान् !
    मानिसमा पीडा सहन सक्ने
    मुटु किन हालिदिन सकेनौ ??

    अँ साच्चै !
    अनि ती परिवारले आँखा बन्द गर्दा,
    गुमाएका परिवार देख्छ हो वा भगवान् देख्छ ?

    म जान्दिनँ
    यो भगवान् वा समाजको रीत ।
    जहाँ दूषित पारिएकी
    वागमतीको जल स्वच्छ भन्दै शीरमा चडाइन्छ,
    अनि, अनि !
    प्रकृतिले रजस्वला दिएर स्वच्छ र पवित्र
    पारिएकीलाई दूषित र अछूत घोषित गरिन्छ ।
    हो विधिको विधानका विरुद्ध
    बग्दा वारुद लाग्न सक्छन् मेरा लेखाइहरू,
    तर म तयार छु
    त्यस्ता विधानविरुद्ध बोल्न र लेख्न
    मलाई थाहा छ
    एक दिन आफू सुत्ने ओछ्यान पनि त्यही हो
    र मिसिँदै अवशेष निशेष गरेर
    बगाउने पानी त्यही
    किनभने अन्यायी विधानका विरुद्ध नबोली
    सदाका लागि आफ्नो अस्तित्व नामेट पार्नु
    आफैविरुद्ध गरिएको ठूलो पाप हुन्छ,
    आफैविरुद्धको अपराध हुन्छ,
    र हुन्छ आफैविरुद्धको अभिशाप ।।
    ०००

    काठमाडौ

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

  • खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

  • कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित


  • ग्लोबल अपडेटथप

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk

    खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

    Run News

    कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

    Mohan basnet1686494341
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution