• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

बलेफी हाइड्रोपावरको आइपिओ आवेदनको म्याद थप

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन १२, बिहिबार (४ साल अघि)
  • १३१५ पाठक संख्या
  • balephi-hydropower
    ‌‌‌

    बलेफी । बलेफी हाइड्रोपावर लिमिटेडले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको साधारण सेयरको बिक्री खुला अवधि थप गरेको छ।

    अब आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दाले यही फागुन १९ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको थियो ।

    तीमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र जुगल गाउँपालिकाको वडा २, ३ र ४ का बासिन्दाका लागि तथा आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्र जुगल गाउँपालिका– ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ र सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि सात लाख ३१ हजार १८८ कित्ता शेयर खरिदका लागि दर्खास्त माग गरेको थियो।

    कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयले छिटोमा आज फागुन १२ सम्ममा आवेदन दिनुपर्ने थियो तर यो अवधिसम्म मागबमोजिम दर्खास्त प्राप्त नभएका कारण आवेदनको समय फागुन १९ सम्म थप गरिएको कम्पनीले जनाएको छ। जसअनुसार आयोजना क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि फागुन १९ सम्म आवेदन दिन पाउनेछन्।

    कम्पनीले हाल सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कुल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ।

    स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। साथै कुमारी बैंकको जलविरे शाखा, एनसिसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution