• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

वर्तमान शिक्षा प्रणाली कस्तो बनाउने ?

Rasmila Khatri रस्मिला खत्रीप्रकाशित मिति: २०७८ फागुन १२, बिहिबार (३ साल अघि)
  • १७५० पाठक संख्या
  • Rasmila
    ‌‌‌

    कुनै पनि विषयबस्तु प्रतिको चेतना वा ज्ञान नै शिक्षा हो । जुनसुकै क्षेत्रको परिवर्तन गर्नुमा र कुनै विषयबस्तुलाई परिवर्तनको पथमार्गमा डोहोर्याउनका लागि सर्वप्रथम शिक्षा (चेतना) हुनुपर्दछ । चेतनाको लहरले एक किसिमको क्रान्ति निम्त्याउँछ त्यसैले वर्तमान शिक्षा प्रणालीलाई हालको जाज्वल्यमान परिस्थितिमा क्रान्तिको निर्णायक बनाउनु आवश्यक छ । यो विषय हरेक शिक्षित ब्यक्तिहरुका लागि निक्कै चासोको विषय हो । यसमा विषेषतः युवावर्ग र संघीय सरकाको ध्यानाकर्षण हुनु जरुरी छ ।

    उच्चशिक्षालाई वर्तमान समयमा व्यवहारिक र जवनउपयोगि बनाउनु आवश्यक छ । वर्तमान समयमा उच्चशिक्षा प्राप्त गरेका विद्यार्थीहरुको मूख्य समस्या भनेको बेरोजगारी हुनु हो । आगमि दिनहरुमा उच्चशिक्षा बेरोजगारहरुको फ्याक्ट्री उत्पादन गर्ने माध्यम नभएर यसलाई अति आवश्यक र जीवनउपयोगि बनाउनका लागि नेपालको हरेक तहका सरकारहरुको ध्यानाकर्षण हुनु जरुरी छ । साथै शिक्षा नै राजनीतिको बलियो आधार रहेको हुदाँ माथिल्लो निकायका ब्यक्तिहरु, प्रदेश सरकारले पनि यस विषयमा चासो राख्नु पर्दछ । किनकि माक्र्सवादकै आधारमा भन्ने हो भने, ‘देशको भविष्य र क्रातिको निर्णायक तत्व शिक्षा हो ।’

    ‘देशमा भएको सामाजिक, आर्थिक, शैक्षिक, भौतिक, राजनीति, कृषि लगायतका विविध क्रान्ति शिक्षाद्वारा नै हुने हुदाँ भोली देशको भविष्य कस्तो बनाउने भन्ने कुरा अबको शिक्षा प्रणालीकै हातको कुरा हो । शिक्षाले देशमा भएका अनैतिक घटना, बिक्रिति र बिसंगती, अराजनीतिक व्यवहारहरुलाई जरैदेखि निर्मुल पारि दुरदराजमा रहेका जनपक्षीय आवाजलाई उजागर गर्दछ । यो जनपक्षीय विषय र मानवजीवनको आधारभूत आवश्यकता मध्येको एउटा महत्वपूर्ण आधार भएको हुदाँ यो विषयलाई हामी सबैले चिन्ताको विषयका रुपमा लिनु जरुरी छ ।

    फगत भाषणले व्यवहार परिमार्जित र कुनै पनि कार्यसम्पन्न हुँदैन । व्यवहारमा आमूल परिवर्तन ल्याउन शिक्षा अनिवार्य आवश्यक पर्ने विषय हो । शिक्षित व्यक्तिहरुले नै भोलीको सुनौलो भविष्य रच्ने हुँदा अब भावि सन्ततिमा देशको चौतर्फी विकासका लागि नयाँ आयाम ल्याउन र हरेक क्षेत्रमा आमूल परिवर्तन गर्न अबको राज्य शिक्षित वर्गको मातहतमा हुनुपर्दछ । सोही विषयलाई नहिच्किचाई सहोदर रुपमा परिवर्तन गर्न सक्ने अदम्य आँट र क्षमता अबको शिक्षित युवावर्गमा हुन्छ र हुनुपर्छ । यीनै कुराहरुलाई मनन गरी अबका दिनहरुमा नेपालको शिक्षा प्रणालीलाई क्रान्तिको निर्णायकका रुपमा विकास गर्न युवावर्ग, माथिल्लो निकाय, प्रदेश सरकार, संघीय सरकार र सिङ्गो नेपाल सरकारको मूख्य भूमिका रहन्छ ।

    हामीलाई अवगतनै छ विश्वका तमाम क्रान्ति शिक्षाद्वारा उत्पादित क्रान्ति हुन् । देशले विकासको द्रुत गतिमा फड्को मार्नका लागि हरेक क्षेत्रमा क्रान्ति आवश्यक छ । त्यसैले अबको वर्तमान शिक्षा प्रणाली क्रान्तिको निर्णायक बनाउनु जरुरी छ ।

  • विचार
  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution