• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

युक्रेनमाथी रुसले गर्यो शैन्य आक्रमण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन १२, बिहिबार (४ साल अघि)
  • २९०७ पाठक संख्या
  • Yukren War
    ‌‌‌

    एजेन्सी । युक्रेनमा रुसी आक्रमण जारी रहेको छ । पूर्वी युक्रेनको चूगूएफनजिकै रहेको एउटा सैन्य हवाई मैदानमाथि धुवाँको मुस्लो उडेको देखिन्छ।

    रुसी सेनाले आक्रमणको प्रकृति र त्यसको औचित्यबारे विभिन्न दाबीसहित वक्तव्य जारी गरेको छ। उसले आफूले समर्थन गर्ने पृथक्तावादी समूहको नियन्त्रणमा रहेका क्षेत्रलाई युक्रेनी सेनाको आक्रमणबाट जोगाउन आक्रमण गरेको दाबी दोहोर्‍याएको छ।यद्यपी विज्ञहरूले रुसी दाबी अनुचित भएको बताएका छन्। पश्चिमा देशहरूले हप्तौँबाट रुसले आक्रमणका लागि कुनै बहाना बनाउन सक्ने बताउँदै आएका थिए।

    रुसले आफूले गरेका आक्रमणहरूको लक्ष्यभेदन क्षमता उच्च भएको र सैन्य संरचनालाई मात्रै लक्षित गरिएको दाबी गरेको छ। तर आक्रमणमा ३० जना युक्रेनी सर्वसाधारण नागरिकको मृत्यु भएको विवरणहरू आएका छन्। रुसी सेनाले युक्रेनी सेना हतियार र आफू रहेको स्थान छोडेर एकसाथ ठूलो सङ्ख्यामा पछि हटेको दाबी गरेको छ।

    अर्कोतर्फ युक्रेनले आफ्नो कारबाहीमा ५० जना रुसी अतिक्रमणकारीहरू हताहत भएको र चारवटा रुसी विमान खसालेको दाबी गरेको छ। तर त्यसको पुष्टि हुन सकेको छैन। युक्रेनका राष्ट्रपतिले देशभित्र हतियार माग्ने जोसुकैलाई पनि हतियार उपलब्ध गराइने बताएका छन्।

    यूकेका प्रधानमन्त्री बोरिस जोनसनले आफूले युक्रेनका राष्ट्रपतिसँग कुरा गरेको र सहयोग दिने प्रस्ताव गरेको बताएका छन्। आफ्नो त्रास सही निस्किएको र रुसले आक्रमण गर्न सक्ने चेतावनी मिलेको उनको भनाइ थियो। जोनसनले भनेः रुसका राष्ट्रपति पुटिनले युरोपमा युद्ध आरम्भ गरेका छन्। एउटा मित्रराष्ट्रमाथि कुनै पत्यारलाग्दो निहुँबिनै आक्रमण गरेको उनको भनाइ थियो।

    उनका अनुसार पूरै बेकसुर जनतामाथि बमको वर्षा भइरहेको छ। युरोपको दोस्रो ठूलो देश युक्रेनले दशकौँदेखि स्वतन्त्रता र प्रजातन्त्र उपभोग गर्दै आएको स्मरण गर्दै जोनसनले भने, ‘हामी स्वतन्त्रतालाई मासिन दिन सक्दैनौँ। हामी सक्दैनौँ र बेवास्ता गर्दैनौँ।’ युक्रेनलाई यूकेले प्रतिरक्षाका लागि अस्त्र पठाएको उल्लेख गर्दै उनले अरू साझेदारहरूले पनि त्यसै गरेको तथा आगामी दिनमा पनि यूकेले सघाउने उनको भनाइ छ। तर त्यसबारे उनले थप खुलाएनन्।

    टेलिभिजन सम्बोधनमा जोनसनले रुसी आक्रमणलाई ‘पुटिनको घृणित र बर्बर काम’ भनेर निन्दा गरे। पुटिनले युक्रेनमा ‘हिंसाको ज्वारभाटा’ सिर्जना गरेको आरोप जोनसनले लगाए। रुसी जनतालाई सम्बोधन गर्दै उनले ‘तपाईँहरूको नाममा’ यसो भइरहेको आफूलाई विश्वास नलागेको बताए। युक्रेनी जनतालाई सम्बोधन गर्दै जोनसलने भने, ‘हामी तपाईँहरूको साथमा छौँ। हामी तपाईँहरू र तपाईँहरूका परिवारका लागि लागि प्रार्थना गर्दैछौँ।’

  • विश्व
  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    विश्व सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution