• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

सहिदको सपना साकार पार्नेमा पार्टी दृढ छः सापकोटा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन १६, सोमबार (४ साल अघि)
  • ११२४ पाठक संख्या
  • Sahid Pariwar
    ‌‌‌

    चौतारा । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य माधव सापकोटाले सहिदको सपना साकार पर्नेमा पार्टी दृढ रहेको जनाएका छन् ।

    शहिद तथा बेपत्ता परिवारहरुको आँगनमै पुगेर भेटघाट गर्ने कार्यक्रम अनुरुप नेता सापकोटाले बलेफी गाउँपालिका– ६ मांखामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सहि दिशामा हिँडिरहेको बताए । सो कार्यक्रममा सहिद लक्ष्मी पराजुली ‘निर्जला’, जीतबहादुर तामाङ, डोल्मा तामाङ र निलप्रसाद पराजुलीको परिवारलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा सहिद परिवारका सदस्यहरुले पार्टीले सम्झदा आफूहरुलाई खुसी लागेको बताएका छन् । ‘हामी अहिलेसम्म कतै बिचलित भएनौं, पार्टीकै सिद्धान्तलाई पछ्याईरहेका छौं’, सहिद जीतबहादुर तामाङका छोरा एवम् सहिद डोल्मा तामाङको दाजु बाबु तामाङले भने– ‘हाम्रो परिवारले गरेको त्याग र बलिदानलाई सम्झेर पार्टीले गरेको सम्मान प्रति हामी धेरै खुसी छौं ।’

    त्यस्तै सोमबार नै सापकोटासहितको टोलीले बलेफी गाउँपालिका– ४ फुल्पिङडाँडका शहिद परिवारहरुसँग भेटघाट गरेको छ । सहिद दीलबहादुर तामाङ, नारायण कार्की र बाबुकाजी ढुङ्गानाको परिवारसँग भेटघाट परी उनीहरुलाई सम्मान समेत गरिएको छ ।

    Sahid Vetghat

    सहिद, बेपत्ता परिवारको आंगनीमा भेटघाट कार्यक्रम अनुरुप नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य सापकोटासहितको टोली सोमबार मध्यान्न जुगल गाउँपालिका– ५ बराम्चीका सहिद परिवारहरुसँग भेटघाट गर्न पुगेको थियो । सहिद पर्बत श्रेष्ठ, कृष्ण बहादुर तामाङ, सुर्य दोङ, लभ सिलवाल, कबिन्द्र थापा, सूर्यबहादुर श्रेष्ठ, सूर्यमाया श्रेष्ठको परिवारसँग भटघाट गरी उनीहरुलाई सम्मान गरिएको अखिल (क्रान्तिकारी) का जिल्ला नेता प्रदीप पराजुलीले जानकारी दिए ।

    भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य सापकोटासहित बागमती प्रदेश सचिवालय सदस्य अमृता नेपाल, प्रदेश सदस्य प्रताप सिं तामाङ, प्रदेश सदस्य गंगा तामाङ, वाईसियल जिल्ला संयोजक चित्रबहादुर तामाङको टोली पुगेको थियो ।

    फागुन १४ गतेबाट २१ गतेसम्म मनाईने सहिद सप्ताह अन्र्तगत नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले जिल्लाभरका सहिदको घर घरमा पुगि भेटघाट र सम्मानको कार्यक्रम गरिरहेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution