• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

माझी समुदायले गरे कोशी पूजा

निर्मल माझीप्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार (४ साल अघि)
  • ११६७ पाठक संख्या
  • Koshi Puja
    ‌‌‌

    मेलम्ची । खोलालाई भगवानको रूपमा सामूहिक पूजा गर्दै माझी समुदायले मंगलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशी पर्व’ मनाएका छन् ।

    हिन्दु नेपालीहरूको दशैं पर्व झैं पुजासँगै सामूहिक भोज, नाचगान गरेर उनीहरूले भव्य रूपमा यो पर्व मनाएका हुन् । जन्मेदेखि मृत्युसम्म माझी जातिको धर्म संस्कार संस्कृति यहि खोला खहरे नदी आदिमा हुने भएकोले गर्दा माझीले आदिम कालदेखि कोशीलाइं पूजा गर्दै आएका छन् । कोशी पूजा संरक्षण समिति, जालपादेबी युबा क्लब बाहुनेपाटीले इन्द्रावती नदी बगरमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले विधिवत रुपमा पूजा गर्दै खोलामा जाल खेलेर कार्यक्रम सुरु गरेका थिए ।

    तामाङले माझीहरुको पुर्खौली पेशा संकटमा परेकोमा चिन्ता व्यक्त गर्दै समुदायको आर्थिक विकासमा टेवा पुग्ने कामहरु गर्नुपर्ने बताए । कार्यक्रममा समन्वय समितिका सदस्य सकुन्तला माझी, इन्द्रावती गाउँपालिका– ११ का वडाध्यक्ष मने माझी, नेपाल माझी उत्थान संघ केन्द्रीय सदस्य सन्तबहादुर माझी लगायतले कार्यक्रमको शुभकामना दिएका थिए ।

    अमृत माझी सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता कोशी पूजा संरक्षण समितिका अध्यक्ष रामचन्द्र माझीले गरेका थिए । माझी समुदायले लदी पर्वलाई राष्ट्रिय पर्वको मान्यता र सार्वजनिक बिदा दिन माग गर्दै आएका छन्। लोप हुँदै गएको कोशी पर्व नेपाल माझी उत्थान संघले वि.सं. २०५५ मा सिन्धुलीको मरिन खोलामा पूजा गरेर पुनः सुरु गरेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution