• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र २१, शनिबार | Saturday, 06, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

त्रिभूवन आर्मीका महतराले जिते ट्रेल रेसको उपाधी

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन २१, शनिबार (३ साल अघि)
  • १०७७ पाठक संख्या
  • Dugunagadhi Taril Race
    दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको पुरस्कार ग्रहण गर्दै प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरु ।

    दुगुनागढी । दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि त्रिभूवन आर्मी क्लबका देवराज महतराले हातपारेका छन् ।

    १ सय १८ प्रतिस्पर्धीलाई पछि पार्दै २ घण्टा १४ मिनेट ३० सेकेण्डमा २४ दशमलव पाँच किलोमिटरको दुरी पार गरी खुला तर्फको प्रतियोगितामा महतराले प्रथम भएका हुन् । उपाधि हातपारेसँगै उनले नगद एक लाख १० हजार रुपैंयासहित मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै २ घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरेर त्रिभूवन आर्मी क्लबकै श्रीकास राई दोस्रो हुन सफल भए । राईले नगद ७५ हजार रुपैंयासहित मेडल र प्रमाणपत्र प्राप्त गरे । २ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो भएका सुमन कुलुङ राईले नगद ५५ हजार रुपैंयासहित मेडल र प्रमाणपत्रमा चित्त बुझाए । उनले प्रथम लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा प्रथम स्थान हातपारेका थिए ।

    प्रतियोगितामा भीमबहादुर गुरुङ चौथो, राजेन्द्र राई पाँचौं र याङदेव राई छौठौं स्थान प्राप्त गर्न सफल भए । उनीहरुलाई क्रमसः ४० हजार ३० हजार र २० हजार नगद प्रदान गरिएको थियो ।

    Running

    त्यस्तै महिलातर्फ सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरी प्रथम हुन सफल भईन् । प्रथम भएकी तामाङले नगद ६० हजार रुपैंयासहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । सिन्धुपाल्चोक त्रिपूरासुन्दरीकी भगवती खत्री दोस्रो भईन् । उनले नगद ३५ हजार रुपैंयासहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । तेस्रो स्थान हातपारेकी दोलखाकी पासादिकी शेर्पाले २० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाईन् ।

    सिन्धुपाल्चोक जिल्लातर्फ इन्द्रावती गाउँपालिकाका गणेशसिंह ठकुरी, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका राहुल तामाङ र मेलम्ची नगरपालिकाका श्यामकुमार तामाङ क्रमसः प्रथम, द्वितीय र तृतीय हुन सफल भए । उनीहरुले क्रमसः नगद ३० हजार, २० हजार र १५ हजार रुपैंया प्राप्त गरे ।

    प्रतियोगितामा विजेता हुनेहरुलाई जिल्ला न्यायाधिस चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकाशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सहायक रथी महतले प्रतियोगिताले सहासिक खेलकूदको विकाससँगै सैनिक र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    समारोहमा भोटेकाशी गाउँपालिकाका अध्यक्ष पौडेलले सामरिक महत्वको ऐतिहासिक दुगुनागढीको पहिचान नयाँ पुस्तामा हस्तान्तरण र पर्यटकीय गन्तव्यको रुपमा चिनाउन टेल रेसको आयोजना गरिएको बताए । भोटेकोशी गाउँपालिकाको मूख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनामा गत वर्षदेखि ट्रेल रेसको आयोजना हुँदै आएको छ । प्रतियोगितालाई सिल्क ग्रुप, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालयन सीमापार वाणिज्य संघ, ब्ल्याक हर्स सुज, क्षमादेवी ग्रुप, लक्ष्मी बैंक, बाह्रविसे नगरपालिकाले सहयोग गरेका थिए ।

    नेपाल तिब्बतबीच भएको युद्ध ऐतिहासिक एवम् सामरिक स्थल दुगुनागढी र लिस्तीमाईको संरक्षण, प्रचारप्रसार एवम् पर्यटकीय प्रबद्र्धनमा टेवा पुर्याउनका लागि ट्रेल रेसको आयोजना गरिएको जनाईएको छ । कार्यक्रममा सहयोग पुर्याउने संघ संस्था र व्यक्तित्वहरुलाई कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution