• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

मताधिकारबाट बञ्चित हुन नपरोस् भन्दै नागरिक समाजले बुझायो ज्ञापनपत्र

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ फागुन २३, सोमबार (४ साल अघि)
  • ८२१ पाठक संख्या
  • Matadata Gyapan Patra of CDO
    ‌‌‌

    चौतारा । हराएका मतदाता परिचय पत्रको निर्वाचन आयोगले गरेको पछिल्लो व्यवस्था त्रुटीपूर्ण रहेको भन्दै नागरिक समाज सञ्जाल सिन्धुपाल्चोकले जिल्ला प्रशासन मार्फत निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

    जिल्लामा क्रियाशिल नागरिक समाजका प्रातिनिधि संस्थाहरुले सोमबार संयुक्तरुपमा हस्ताक्षर गरी ज्ञापन पत्र बुझाएको हो । नागरिक समाज सञ्जालको संयोजक तथा गैरसरकारी संस्था सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटाको नेतृत्वमा गएका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालमार्फत ज्ञापन पत्र बुझाएका थिए ।

    ‘सबै क्षेत्र निर्वाचनको लागि तयारी गर्दै गरेको परिवेशमा निर्वाचान आयोगले गरेको पछिल्लो मतदाता परिचय पत्र सम्बन्धि व्यवस्थामा हामी नागरिक समाजका प्रतिनिधिहरुको गम्भिर ध्यानाकर्षण भएको छ’, ज्ञापन पत्रमा भनिएको छ– ‘मतदान नागरिकको नैसर्गिक अधिकार हो । यसलाई सबैले सम्मान गर्नु पर्दछ । आगामी निर्वाचन प्रयोजनका लागि मतदाताहरुको मताधिकारबाट बञ्चित हुन नपरोस् भन्ने ध्ययेका साथ यो पटक पुनः सम्प्र्ण मतदाताको परिचयपत्र छपाई गरी वितरण गर्ने व्यवस्था मिलाउन वाञ्छनीय भएकोले यो ध्यानाकर्षण पत्र प्रेषित गर्दछौं ।’

    यस अघि आयोगले सूचना जारी गरी मतदाता परिचयपत्र हराएकाको लागि स्थानीय वडाको सिफारिससहित फागुन २० गतेसम्म जिल्ला निर्वाचन कार्यलयहरुमा निवेदन दिन आह्वान गरेको थियो । तर फागुन १२ गते गैरसरकारी संस्था महासंघको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा आयोगको यो निर्णय गलत भएको भन्ने सहभागिहरुको साझा मत रहेका कारण त्यसलाई सच्याउन आयोगलाई प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाईएको सापकोटाले बताए ।

    अन्तर्क्रियामा मतदाताहरुले स्थानीय वडामार्फत सिफारीस पाउन समेत नसकेको गुनासो गरेको सापकोटाले जानकारी दिए । निर्वाध मत हाल्न पाउने नागरिकको अधिकारलाई सम्मान गर्न नागरिक समाजका प्रतिनिधिहरुको मात्रै नभई सबै क्षेत्रबाट पहल हुन सकेमा सम्पूर्ण मतदाताको परिचय पत्र छापिएर आउने विश्वाससमेत व्यक्त गरे ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खनालले महत्वपूर्ण विषयमा नागरिक समाजको यो कदम प्रसंशनीय रहेका बताए । उनले यसबारे सबै क्षेत्रको प्रयाप्त दवाव रहनुपर्ने औल्याए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution