• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २१, शनिबार | Saturday, 05, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

क्याम्पस कि पार्टी कार्यलय ?

Rasmila Khatri रस्मिला खत्रीप्रकाशित मिति: २०७८ फागुन २९, आईतबार (३ साल अघि)
  • ११४६ पाठक संख्या
  • Rasmila
    ‌‌‌

    विगतका केही बर्षदेखिनै हामी विद्यार्थीहरु निकै सोचमग्न छौँ कि हाम्रो चौतारा क्याम्पस शैक्षिक संस्था भएरपनि किन पार्टीको चाप्लुसिगत व्यवहार र क्रियाकलापबाट ग्रस्त छ ? के यहाँ यो सबैकुरा छुट छ ? यसमा कसको कमजोरी ? स्थानीय सरकार, विद्यालय व्यवस्थापक समिति, या फेरि हामी विद्यार्थीको दविएका आवाज ??

    यसो त हाम्रो क्याम्पसमा कहिले कुन पार्टीको अधिवेशन चालुहुन्छ, कहिले मतदान कार्यक्रम, कहिले बैठक, कहिले महाअधिवेशन यतिमात्र हो र ! अझ कहिले त विवाह नै पनि हुन्छ । क्याम्पस शैक्षिक क्रियाकलाप गर्नका लागि निर्माण गरिएको हो कि, सिन्धुपाल्चोकमा रहेका पार्टीगत विधि विधान चलाउन सहज हुन्छ भनेर बनाईएको हो ? के हाम्रो क्याम्पसले नै पार्टीको कार्यक्रम गर्न भवन दिनुपर्ने सम्झौता गरेको छ र ?

    चौतारामा अरु कतै सेमिनारहलहरु पाईन्न कि, छैन ? यस्ता विविध क्रियाकलाप हुदाँ पनि किन चुपचाप छ क्याम्पस ? कि चुपचाप बस्नुपर्ने बाध्यता छ ? बारम्बार हाम्रो प्रश्न अनि कौतुहलता मन मगजमा दौडिएता पनि हामीले आजसम्म यसको जबाफ पाएका छैनौं । हाम्रो क्याम्पसले विगतदेखि अनगिन्ती यस्ता समस्या भोग्दै आएको छ, र पनि हामी मौन किन ? कतिन्जेल ? अब अत्ति भयो ।

    १. क्याम्पसले विगतबाट ऋण भोग्दै आएको छ,
    २. विद्यार्थीले क्याम्पसमा मासिक शुल्क बृद्धि भो, कम गरिदिनुस् भनिएको छ,
    ३. लाईबेरिमा अतिरिक्त पुस्तकहरु समयानुकूल नयाँ थप्न गा¥हो भएको छ,
    ४.कुनै कार्यक्रम चलाउनुपर्दा भवन छ साउण्डसिस्टम को राम्रो स्रोत छैन,
    ५. विद्यार्थीको अतिरिक्त क्रियाकलाप छ, प्रस्तुत गर्न हामीले अरु विद्यालयमा नृत्य पोषाक माग्नु पर्ने नाजुक स्थिति छ,
    ६. खेलकुद सामग्री छैन । हो हामीलाई आजसम्म यस्ता कुराहरुमा के कस्ता समस्या छ हाम्रो विद्यालय र विद्यार्थीहरुमा भनेर कसैले सोधिएको छैन । खास गरी भन्ने हो भने सिन्धुपाल्चोक जिल्ला सदरमुकाममा रहेको एउटै मात्र उच्च शिक्षा हाँसिल गराउने हाम्रो ‘चौतारा बहुमुखी क्याम्पस, व्यवस्थीत र मर्यादित’ बनाउन न त हामीलाई नगर सरकारले नत प्रदेश सरकारले नै सहयोग गर्न क्याम्पसप्रति ध्यानाकर्षण गर्यो भन्ने कुरामा हामी निक्कै गम्भीर र दुःखी छौँ ।

    Campush

    कहिलेकाहीँ यसै विद्यालयमा अध्ययन गरेका भूपु विद्यार्थी समूह आल्मोनाई एसोसिएसन, विद्यालय व्यवस्थापन समिति, अनेरास्ववियु (क्रान्तिकारी) र केही व्यक्तिहरुले भने विद्यालयको हरेक गतिविधिमा बारम्बार सहयोग गरेको देखिन्छ । तर हाम्रो क्याम्पसमा पार्टी र पक्षको चर्चा गर्ने आफ्नो पार्टी चलाउन होडबाजीमा विद्यार्थी संगठन बनाउने कार्यन्वयन मा केही काम नगर्ने र विद्यार्थीको समस्या र आवाजलाई नउठाउने ? यहाँ पाटसर््गत कार्यक्रम गर्ने जस्ता क्रियाकलाप आगामी दिनमा निषेध गरियोस् ।

    यो विषयमा गम्भीर भएर लागि पर्न र ध्यानाकर्षण गर्न हामी सम्पूर्ण व्यक्ति, विद्यालय व्यवस्थापक समिति, शिक्षक शिक्षाका, नगर र प्रदेश सरकारलाई अनुरोध गर्दछौं । साथै यो विद्यार्थीको भविष्यसँग जोडिएको हुदाँ यो विषयमा खेलाची नगरिदिनुहुन हामी सहस्र आग्रह गर्दछौं ।

    यदि हाम्रो शैक्षिक संस्थालाई कसैले स्वतन्त्रत रुपमा सहयोग गर्छ भने त्यसलाई स्वीकार गर्नु हाम्रो दायित्व हो । तर सहयोगको नाममा विविध प्रचारप्रसार गर्ने पार्टीगत कार्यक्रमको लागि भवन माग गर्ने, अधिवेशन गर्ने, मतदान कार्यक्रम चलाउनेजस्ता कार्य गर्न क्याम्पसमा निषेध गरियोस् । अर्को कुरा क्याम्पसमा विद्यार्थी संगठन निर्माण विद्यार्थीको समस्या उजागर गरि विद्यार्थी र विद्यालय सुधार गर्ने हेतुले बनाउनु पर्ने हो, तर यसको प्रयोग पद र पावरका लागि गरिने विद्यालय तोडफोड गर्न अघिसरि गुन्डागर्दी गर्ने त्यस्ता क्रियाकलाप गरिएमा विद्यार्थी र विद्यालय भन्दा बाहिर सोच्ने पार्टीगत संगठन भएमा तुरुन्त यस्ता पार्टीगत संगठन विद्यालयमा खारेज गरि सदाका लागि निषेध गरियोस् भन्ने कुरामा विद्यालय व्यवस्थापक समिति र विद्यालय परिवारमा हामी यो कुरा प्रस्ताव गर्न चाहान्छौं ।

    किनकी (क्युएए) प्राप्त गर्ने चरणमा लिईएको ईन्टरभ्यूमा नै भनिएको थियोे यदि कुनै पार्टीगत समूह छ भने हरेक महिनामा विद्यार्थीको अध्ययन सम्बन्धि गरेका गतिबिधि रेकर्ड हामीले फोटो सहितको माइनर बनाएर बुझाउनुपर्ने र यदि यस्तो गतिविधि नभए अर्थ नरहने कुरा हामीलाई त्रिभुवन विश्वविद्यालयद्वारा अवगत गराईएको थियो ।

    ‘हाम्रो विद्यालय, राम्रो विद्यालय’ बनाउन हामीलाई सम्पूर्ण व्यक्ति र तहगत सरकारले सहयोग गर्नु अत्यन्त आवश्यक छ । शिक्षकलाई तलब दिन गाह्रो हुदाँ विद्यार्थीहरुलाई मासिक शुल्कभार बढी भएको अवगत गराउँदै, यस्तै विद्यालयमा आवश्यक भएका सम्पूर्ण कुरामा सबैको ध्यानाकर्षण हुनेछ भन्ने विश्वास हामी व्यक्त गर्दछौं । साथै हाम्रो यस शैक्षिक संस्थालाई आगामी दिनमा कुनैपनि पार्टीले आफ्नो कार्यसम्पन्न गर्ने भवन बनाउने छैन, यसमा विद्यालय र विद्यार्थी गतिविधिगत कार्यक्रममात्र चलाउने क्रियाकलापहरु हुनेछन् भन्ने कुरामा हामी आशावादी छौँ । अन्यथा हामीले पुनःआवाज उठाउन बाध्य हुनेछौं र हामी यस्ता क्रियाकलापहरु कदापि स्वीकार नगर्ने कुरा सम्पूर्णमा स्पष्ट पार्न चाहान्छौ ।

    (लेखिका चौतारा क्याम्पमा अध्ययन गर्छिन् ।)

  • विचार
  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution