• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

कविता: कमरेड

pencil-writing श्रद्धा आचार्यप्रकाशित मिति: २०७८ चैत्र ५, शनिबार (४ साल अघि)
  • १५०८ पाठक संख्या
  • Shradha Achrya
    ‌‌‌

    स्वाभिमान र नैतिकताको पर्दा च्याति
    देशको अस्तित्व नै नासिरहँदा
    के तिम्रा चिप्ला, खोक्रा भाषणले
    सोझा जनतालाई झुक्काईरहन सक्छौ ?

    आफ्नै इज्जत दाउमा राखी
    कवाडको मूल्यमा,
    त्यो स्वार्थी, भ्रष्ट अनि लाचार अनुहारले
    सजिलै चीरहरण गरिरहदा
    नङ्ग्याईरहदाँ आफ्नै जननीलाई
    के बलात्कार गरिरहेछौ
    आफ्नै जन्मभूमिलाई ?

    छङ्छङ् बगिरहेका झरना अनि
    शान्त बगिरहेका नदीमा
    रक्तहरू मिसाउँदै
    रोईरहेका पीडित आत्माहरूको
    जनयुद्धमा खोसिएका कयौँ कोखहरूको
    पुछिएका सिन्दुरहरूको,
    राष्ट्रियतामाथि
    विश्वासमाथि
    घात–प्रतिघात गर्दै
    अनर्थ जाल बुन्दै
    जनताको रगत पुसिना चुसेर
    मलम लगाईदिने
    तिम्रा झिना आश्वासनहरूले
    चिरा–चिरा पार्दै टुक्र्याएर
    लिपुलेँक, कालापानी,
    नालापानी, सुस्ता
    गुमाएको आलो घाउमाथि
    तिमीले नुन–खुर्सानी छर्किरहदा
    फर्फराईरहेको
    चन्द्र, सूर्य अङ्कित लाल ध्वजालाई
    अग्निमा आहुती दिईरहदा
    चन्द्र, सूर्य अङ्कित
    रातो राष्ट्रिय झण्डा झुकिरहदा
    के तिम्रो आङमा
    शिरिङ्ङ हुँदैन कमरेड ?

    तिमीले सत्ताको लागि
    राजनीति खेल खेल्दा
    कुकुर र बिरालाझैँ
    आफ्नै दलसँग जेलिरहदा
    नाचिरहेका छौ ताण्डव नाचहरू
    पद र कुर्सीका लागि ।

    प्रजातन्त्र, लोकतन्त्र,
    गणतन्त्र, राष्ट्रियता,
    स्वाधीनता, संघीयता,
    उल्लंघन गरिरहँदा
    स्वाभिमानी नेपालीको शीर
    विदेशीलाई बलि चढाई
    पास गरिसक्दा
    विरोधपूर्ण प्रस्तावहरू
    आफैंले पास गरिरहदा
    के कमरेड फेल भएको महसुस हुँदैन ?
    जवाफ चाहिएको छ कमरेड ।

    क्रान्ति ल्याई
    अरबौँ रूपैयाँको भिख मागिरहँदा
    देशको अस्मिता बेचिरहँदा
    देशलाई कठपुतली बनाईरहँदा
    र त्यहीँ कठपुतली
    अरूको ईसारामा नचाईरहँदा
    कसैसँग नझुकेको मेरो शीर
    सगरमाथाको शीरझैँ
    उभिरहेको मेरो आत्मसम्मान
    तिमीलाई झुकेँजस्तो लाग्दैन ?
    आफ्नै देशका स्वतन्त्र नागरिक
    अनागरिक भएको जस्तो लाग्दैन ?
    अरू कसैको देशसँग
    परनिर्भर भएको जस्तो लाग्दैन ?
    यो प्रश्न चिन्ह
    तिमीलाई गरेको हो कमरेड ।

    कुम्हालेको चक्रजस्तो
    सृष्टिको चक्रेटोमा घुमिरहेको
    सोझा जनताको जीवनमा
    देख्नुपरेको छ देश रोईरहेको
    कसरी हेर्न सक्छौ, आफ्नै देश रोएको ?

    देश धरापमा परेको देख्दा,
    जनताको आरोपले खेप्दा,
    परदेशको चपेटामा परेको देख्दा,
    तिमी आफैलाई ग्लानी हुदैँन कमरेड ?

    एकपछि अर्को गर्दै
    भत्काईरहेछौ आफ्नै इतिहास
    टुक्र्याइरहेछौ आफ्नै देश
    चोईटा–चोईटा भएका छन् यहाँ
    परिवर्तनका ध्वजाहरू
    शान्तिका प्रतिकहरू !

    कमरेड,
    के बुद्धका आँखाबाट
    रगतका आँसु बगेको देखेका छैनौ ?
    यो विद्रोहको पाइला हो कमरेड ।

    तिम्रो लाल सलामलाई
    अब शान्ति, स्वाभिमान
    र स्वाधीनताको नमस्कारले छेक्ला
    देश र जनताको निर्मम हत्या गरि
    जनयुद्ध जितेका थियौ
    त्यसमा बधाई छ
    तर,
    स्वाधीनता र स्वाभिमानको
    अर्को जनयुद्धले
    कमरेडको इतिहास नसकियोस् ।।
    ०००
    पोखरा – १६, कुरेचौर

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution