• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

हेलम्बुका अध्यक्ष्य शेर्पाले हाले सर्वोच्चमा रिट

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ चैत्र ६, आईतबार (४ साल अघि)
  • १०१४ पाठक संख्या
  • Nima Gyalzen Sherpa
    ‌‌‌

    चौतारा । निर्वाचन आचारसंहितामा रहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न निर्वाचित जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान खारेज गर्न माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

    आचारसंहितामा राखिएको यस्तो प्रावधान संविधान र प्रचलित कानुनविपरीत रहेको जिकिर गर्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । निर्वाचन आयोगले प्रधानमन्त्री वा मन्त्री संसद्को निर्वाचनमा उम्मेदवार हुँदा पद छाड्नु नपर्ने तर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष वा वडा सदस्यको उम्मेदवार हुँदा राजीनामा दिनुपर्ने अनौठो सिद्धान्त प्रतिपादन गरेको प्रश्न पनि रिटमा उठाइएको छ ।

    निवेदकलाई मंगलबार सुनुवाइका लागि डाकिएको अध्यक्ष शेर्पाले बताए । चैत ३ गते राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिताको दफा ३६ मा स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रामा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ ।

    आचारसंहितामा राखिएको यस्तो प्रवाधान नेपालको संविधानको धारा १७ (२) (च), १८ (१), २५ र १२५ (८) (क), स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १३ (ध) को विपरीत भएको माग रिटमा गरिएको छ। यस्तै राजीनामा बाध्यकारी नभई स्वेच्छिक हुने मान्यतालाई पनि रिटमा समेटिएको छ । रिट निवेदनमा उल्लेख छ, ‘निर्वाचन आचारसंहिता जारी गरी राजीनामा दिन बाध्य गराउन मिल्दैन ।’

    संविधानको धारा २१५ (३) (क) मा अध्यक्षले उपाध्यक्ष समक्ष, उपाध्यक्षले अध्यक्ष समक्ष राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था पनि रिटमा स्मरण गराइएको छ । रिटमा उल्लेख छ, ‘अध्यक्ष र उपाध्यक्ष दुवै निर्वाचनमा उम्मेदवार हुन चाहेमा अध्यक्ष वा उपाध्यक्ष एकले राजीनामा दिएमा कुनै पदाधिकारी नै हुँदैन । अध्यक्षले उपाध्यक्ष समक्ष राजीनामा दिएमा उपाध्यक्षको राजीनामा दिने कुनै पदाधिकारी नै हुँदैन ।’
    यस्तो निर्वाचन आचारसंहिताले अध्यक्ष वा अध्यक्ष एकजनाको निर्वाचनमा उम्मेदवार बन्ने हक नै समाप्त पार्ने शेर्पाले बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक व्यक्तिको निर्वाचन लड्ने हक समाप्त पार्ने गरी निर्वाचन आचारसंहिता जारी हुन सक्दैन ।’

    स्थानीय तह एक मिनेट पनि खाली रहन नहुने, उम्मेदवार भएपछि निर्वाचित भई शपथ ग्रहणसम्म झन्डै एक महिना लाग्ने, यस अवधिमा सेवाग्राहीका तत्काल गर्नुपर्ने सबै काम रोकिने प्रश्न रिटमा उठाइएको छ । रिटमा उल्लेख छ, ‘गाउँमा गएको सिंहदरबारलाई विपक्षी निर्वाचन आयोगका कारणले करिब १ महिनासम्म खाली गर्न मिल्दैन ।’ यस्तै रिटमा पाँच वर्षका लागि जनताले निर्वाचित गरेको व्यक्तिलाई आयोगले राजीनामा दिन भन्न नमिल्ने दाबी रिट निवेदकको छ ।

    रिटमा उल्लेख छ, ‘प्रचलित कानुनको विपरीत नहुने गरी मात्र निर्वाचन आचारसंहिता जारी गर्नुपर्नेमा संविधानले दिएको हकसमेत हनन हुने गरी जारी भएको निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ प्रारम्भदेखि नै बदर भागी छ ।’

  • निर्वाचन आचारसंहिताविरुद्ध जनप्रतिनिधिः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution