• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

बर्डफ्लुको मार, कृषकलाई सर्तक रहन आग्रह

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ चैत्र १०, बिहिबार (४ साल अघि)
  • ६९३ पाठक संख्या
  • bird-flu
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोकसँगै बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु फैलिएको छ । कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार हालसम्म सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर जिल्लामा बर्डफ्लु देखिएको हो ।

    मन्त्रालयका सचिव डा. शरणकुमार पाण्ड्का अनुसार बर्डफ्लुका कारण हालसम्म करिब तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको छ । बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको पनि सचिव पाण्डेले बताए । संक्रमण देखिएका स्थानमा पूर्णरूपमा निःसंक्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना संकलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए ।

    बर्डफ्लुका कारण सिन्धुपाल्चोकमा दुई हजार १८ वटा पक्षी र एक हजार ९५० किलो दाना नष्ट गरिएको छ । त्यस्तै काठमाडौँमा १९ हजार ५०६ वटा पक्षी, पाँच हजार ६५२ वटा अण्डा र चार हजार १०८ किलो दाना, चितवनमा नौ हजार ६७० पक्षी, दुई हजार ३८६ वटा अण्डा, एक हजार ५०० किलो दाना, भक्तपुरमा २४ हजार ३१९ वटा पक्षी, १३ हजार ९० वटा अण्डा, दुई हजार ९०० किलो दाना, मकवानपुरमा ३१६ वटा पक्षी, १६ वटा अण्डा, ८२ किलो दाना, ललितपुरमा दुई हजार २६२ वटा पक्षी, ९०० किलो दाना नष्ट गरिएको हो ।

    छ जिल्लामा बर्डफ्लुका ५७ हजार ११४ वटा विभिन्न जातका कुखुरा नष्ट गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव पाण्डेले उल्लेख गरे । उनले क्षति बेहोरेका कृषकलाई संघीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको बताए ।

    संघीय सरकारले तोकेको मापदण्ड र नीतिअनुसार क्षति बेहोरेका कृषकलाई राहतस्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको उनले जानकारी दिए । मन्त्रालयले बर्डफ्लुुको समयमै निदान र नियन्त्रणका लागि विभिन्न पहल गरिरहेको उनको भनाइ छ । प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परीक्षणको दायरालाई फराकिलो बनाइएको उनले बताए । एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परीक्षण र निगरानी बढाइएको उनले बताए ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution