• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

अघि बढ्यो भोटेकोशी– १ जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ चैत्र १७, बिहिबार (४ साल अघि)
  • २१९६ पाठक संख्या
  • Sarbajanik Sunuwai
    ‌‌‌

    चौतारा । शैलुङ पावर कम्पनी प्रालिले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा ४० मेगावाट क्षमताको भोटेकोशी– १ जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ ।

    भोटेकोशी गाउँपालिकामा अढाई दशकअघि बनेको ३६ मेगावाटको अपर भोटेकोशी आयोजनाको पावर हाउसबाट निस्केको पानी प्रयोग गरेर नयाँ आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । विद्युत् खरिद सम्झौता भइसकेको छ भने अनुमानित लागत सार्त अर्ब २० करोड रहेको उनले बताए ।

    भोटेकोशीको पानी झण्डै तीन किलोमिटर सुरुङबाट स्थानीय चाकुमा निर्माण हुने अन्डरग्राउन्ड पावरहाउसमा प्रवेश गराइनेछ । अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डमा पर्ने आयोजनाका लागि प्रवेशमार्ग निर्माण, जग्गा अधिग्रहणलगायत काममा झन्झट नरहेको उनले बताए । निर्माण सहज हुने अनुमान गरिएको र स्थानीयका मागलाई प्राथामिकतामा राख्ने पनि अध्यक्ष पौडेलको भनाइ छ ।

    आयोजनाले विहीबार भोटेकोशी गाउँपालिका– ४ झिर्पुमा परिमार्जित प्रारम्भिक वातावारणीय परिक्षण प्रतिवेदन सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । भोटेकोशी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ प्रभावित हुने आयोजनाले गरेको सार्वजनिक सुन्ुवाईमा स्थानीय बासीन्दासँगै जनप्रतिनीधि तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

    सार्वजनिक सुनुवाईमा सहभागी स्थानीय बासिन्दाले आफुहरुको बस्तीको सुरक्षा, रोजगारी, विकास निर्माण तथा आयोजनामा शेयर पाउनुपर्ने लगायतका माग राखेका छन् । उनीहरुले आयोजना बनेको कारण बस्ती जोखिममा हुन नहुने बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा नेकपा माओवादी केन्द्रको भोटेकोशी गाउँपालिकाका इन्चार्ज आङ दोर्जे शेर्पा, नेकपा एमालेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष अमृतकुमार खड्का, नेपाली काँग्रेसको भोटेकोशी गाउँपालिकाका सभापती देबीबहादुर बुढाथोकी, प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले आफ्ना धारणा राखेका थिए ।

    सार्वजनिक सुनुवाईमा उपस्थित धेरैको चासो आयोजना बनेपछि बस्ति सुरक्षित हुन्छ कि हुँदैन भन्ने थियो । सिन्धुपाल्चोकमा विपदका घटना भइरहने भएकोले पनि धेरै जना डराएका छन् । सो कार्यक्रममा उठेका सवाललाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष पौडेलले स्थानीयलाई रोजगारी, बस्तीको सुरक्षा, पूर्वाधार. विकास, शेयर लगायतका कुरा प्रचलित कानुन, स्थानीय आवश्यकता र समझदारीमा पूरा गरिने बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution