• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १७, मंगलबार | Tuesday, 31, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

उम्मेदवारलाई प्रश्न गरौंः महामन्त्री थापा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (१० महिना अघि)
  • २८८ पाठक संख्या
  • Gagan Thapa Indrawoti
    ‌‌‌

    नवलपूर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नेहरुलाई मतदाताहरुलाई प्रश्न गर्नुपर्ने बताएका छन् ।

    इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले उम्मेदवारहरुलाई आगामी ५ वर्षको के के योजना छ भनेर प्रश्न गर्नुपर्ने बताए । ‘रेमिट्न्सबाट चलेका देशका जनप्रतिनिधिहरुलाई मतादाताले कडा रुपमा प्रश्न गर्न जरुरी छ’, उनले भने– ‘मतदाताले यसरी प्रश्न नगर्ने हो भने जनप्रतिनिधिले काम गर्नेछैनन् ।’

    महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको दाबी गर्दै भने– ‘छलफलका लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो । त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान दिए ।’

    ओलीले केही दिनअघि प्रधानमन्त्री देउवालाई ‘वृद्धभत्ता लिन आउनुस्’ भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष समेत गरेका छन् । ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नु भयो । उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो’, उनले भने– ‘अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’

    महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको भन्दै प्रश्नसमेत गरेका छन् । ओलीप्रति प्रश्न गर्दै थापाले भने– ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको भनेर सोध्न सक्नुपर्छ ।’ स्थानीय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत राखेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाई छ ।

    गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको तालमेल सही भए अहिले काँग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गरे । यस्तै थापाले जनतासँग नेता डराउनुपर्ने बताएका छन् । अघिल्लो चुनावमा गर्छु भनेका काम र विकास पूरा नगराएका व्यक्ति जनतासँग डराउनुपर्ने तर यसको उल्टो हुँदै गएको बताए ।

    उनले इन्द्रावती गाउँपालिकाले विकास निर्माणको काम राम्रो गरेको भन्दै देशभरिका गाउँपालिकाको फाइल पल्टाउँदा इन्द्रावती पहिलो नम्बरमा आउने बताए । ‘सिंहदरबारमा बसेर जिम्मेवारी निर्वाह गर्दै गर्दा पटक–पटक उदाहरण दिने क्रममा इन्द्रावती गाउँपालिकाको, यहाँका अध्यक्ष वंशलाल तामाङको नाम आउँछ । इन्द्रावती गाउँपालिकाले त्यस्तो प्रतिष्ठा आर्जन गरेको छ ।’ राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालयमा पनि उदाहरण दिँदा देशभरको गाउँपालिकामध्ये इन्द्रावती अग्रस्थानमा आउने गरेको थापाले सुनाए ।

    हेलिकप्टरबाट इन्द्रावती आइपुगेका थापाले इन्द्रावती रंगशालाको उद्घाटन सकेर गाउँपालिकाको प्रशासनिक भवनको रिवन काटेर उद्घाटन गरेका थिए । इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन ६ करोडमा तयार भएको हो भने इन्द्रावती रंगशाला ३ करोड ७९ लाखमा १८ महिनामा तयार भएको हो । रंगशालाको प्याराफिटमा १ हजार ४ सय ब्यक्ति अट्ने क्षमता रहेको छ ।

    कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापती दोर्जे लामाले विकास योजना लागु गर्न जनप्रतिनिधिहरुले इन्द्रावती गाउँपालिकाबाट सिक्नुपर्ने भन्दै अब आउने जनप्रतिनिधिहरुले राम्रा कामलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापती भुपेन्द्र बहादुर थापा, नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का क्षेत्रीय सभापती आइतमान तामाङ, रेडक्रस सिन्धुपाल्चोकका सभापती राजेन्द्रमान ताल्चाभडेल, इन्द्रावती गाउँपालिकाका वडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution