• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

बलेफीमा माओवादीबाट गंगा तामाङ सर्वसम्मत सिफारिस

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (४ साल अघि)
  • १५२१ पाठक संख्या
  • Ganga Tamang
    ‌‌‌

    बलेफी । अघिल्लो निर्वाचनमा एमाले उमेदवार केदार क्षेत्रीसँग झिनो मतान्तरले हार व्यहोरेका माओवादीका युवा नेता गंगा तामाङ प्रवेशलाई माओवादी बलेफी गाउँपालिकाले आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा सर्वसम्मत सिफारिस गरेको छ ।

    बलेफीमा भएको भेलामा पालिका कमिटिले नै प्रस्ताब गरेर अध्यक्षका लागि तामाङको नाम सिफासिर गरेको हो । छलफलका क्रममा हाल वडन नं ३ का अध्यक्ष बिरमान तामाङ, वडा नं ६ का अध्यक्ष चित्र बहादुर तामाङ र युवा नेता रामप्रसाद न्यौपानेले पनि पालिका अध्यक्षका लागि आफूहरु पनि तयार रहेको बताएका थिए । छलफल पछि पालिका अध्यक्ष उज्जार कार्कीले बलेफी गाउँपालिकाको पार्टी कमिटिका तर्फबाट गंगा तामाङ प्रवेशको सर्व सम्मत सिफारिस गरिएको सुनाएका थिए ।

    बलेफी गाउँपालिकामा उपाध्यक्षका लागि भने चार जनाले दावी गरेका छन् । उपाध्यक्षका लागि दुर्गा नेपाल, देवकी न्यौपाने, जुना कार्की र शारदा आचार्यको दावी परेको हो । आठवटा वडा रहेको बलेफीमा वडा नं १ जलविरेमा मात्रै अध्यक्षका लागि सर्वसम्मत भएको छ । वडा नं १ ले दिलप्रसाद कर्माचार्यको नाम सिफारिस गरेको हो । उनी यस अघिको निर्वाचनमा पनि उमेदवार थिए । तर त्यहाँ एमालेका मधु थापाले बाजि मारेका थिए ।

    बलेफी गाउँपालिका मध्ये जलविरेमा नेकपा समाजवादीले तुलनात्मक रुपमा बलियो रहेको दावी गरिरहेका छन् । हाल समाजवादीका सबै नेता कार्यकर्ता एमालेबाटै अलग भएका हुन् । यसले कर्माचार्यको आत्मविश्वास बढाएको छ । यस्तै बलेफी गाउँ पालिका वडा नं २ मा माओवादी केन्द्रले बडाध्यक्षमा दुइ जनाको नाम सिफारिस गरेको छ । यस अघिको चुनाबमा कांग्रेसका छविलाल न्यौपानेसँग पराजित पुरुषोत्तम सापकोटा र हालका वडा पार्टी अध्यक्ष रघुनाथ न्यौपाने सो वडाको अध्यक्ष पदका लागि दावी प्रस्तुत गरेका छन् ।

    उपल्लो तहका नेताको बसोबास रहेको बलेफी २ मा माओवादीको पहिले देखिनै बलियो संगठन छ । अघिल्लो चुनामबा माओवादी र एमाले दुबैबाट भोट क्रस भएपछि कांग्रेसले बाजि मारेको थियो । यसपाली माओवादीका कार्यकर्तामा मजबुत एकता देखिएपछि कांग्रेस वृत्तमा खैलाबैला मच्चिएको छ । यहाँ एमाले निकै कमजोर रहेको बताइन्छ । माओवादीको बलेफी ३, ४, ५ ६ ७ र ८ मा दुइभन्दा बढीले उमेदवारको दावी रहेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution