• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १८, बिहिबार | Thursday, 01, Jun, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस
  • २जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम
  • ३आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • ४गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ५कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ६कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ७कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ८सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन

उम्मेदवार छान्न सकस, सिन्धुपाल्चोकमा माओवादीद्वारा आधा पालिका दाबी

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (१ साल अघि)
  • ९३२ पाठक संख्या
  • Gathabandn
    ‌‌‌‌

    चौतारा । सत्ता साझेदार गठबन्धन दलहरूलाई स्थानीय तहमा उम्मेदवार छान्न सकस परेको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू दैनिकजसो छलफलमा छन् । पटक पटक बैठक बसे पनि ठोस निर्णय र सहमति हुन सकेको छैन ।

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादीले बराबरी हिस्सा दाबी गरिरहेकाले उम्मेदवार छान्न सकस परेको हो । ०७४ को स्थानीय चुनावमा कांग्रेसले तीन र माओवादी केन्द्रले दुई तह जितेका थिए । त्यसकै आधारमा एक सिट बढी पाउनुपर्ने कांग्रेसको दाबी छ । तर, मतभार र पछिल्लो समयमा बढेको संगठनको आधारलाई मान्नुपर्ने दाबी गर्दै माओवादी केन्द्रले बराबरी सिट बाँडफाँड हुनुपर्ने अडान राखेको छ ।

    सात सिटमा विजयी एमालेको सिटमा आफूहरू पनि बलियो रहेको छलफलमा एकीकृत समाजवादीका नेताहरूले दाबी प्रस्तुत गरेका छन् । एमाले विभाजनपछि पूर्वसांसद सुभाष कर्माचार्यसहित संगठनमा प्रभाव पार्ने नेता एकीकृत समाजवादीमा गए पनि मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपाल र दुई वडाध्यक्षबाहेक अरू जनप्रतिनिधिले एमाले छोडेनन् । एमाले छोडेका बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरिसकेका छन् ।

    जनप्रतिनिधि नभएको कमजोर पृष्ठभूमिमा एकीकृत समाजवादीलाई सिट दाबी गर्न कठिन परेको छ । गठबन्धनको बैठकमा तीनवटै पार्टीले आ–आफ्नो दाबी प्रस्तुत गर्नेबाहेक कुनै ठोस प्रगति भएको छैन । पहिलो स्थानीय चुनावमा कांग्रेसले सुनकोशी, इन्द्रावती र हेलम्बु गाउँपालिका जितेको थियो ।

    एमालेले जितेको बाह्रबिसे नगर, मेलम्ची नगर, त्रिपुरासुन्दरी र जुगल गाउँपालिकामा कांग्रेस निकटतम् प्रतिद्वन्द्वी हो । एमालेले जितेको लिसंखुपाखर र बलेफीमा माओवादी केन्द्र निकटतम् प्रतिद्वन्द्वी हो । जुगल गाउँपालिकामा कांग्रेस दोस्रो भए पनि वडाको मतभार बढी र माओवादी केन्द्रको अहिलेको संगठन मजबुत रहेको आ–आफ्नो दाबी छ । कांग्रेस र माओवादीले बराबरी सिटमा दाबी गरिरहँदा एकीकृत समाजवादीले कम्तीमा एक स्थानीय तह पाउनुपर्ने कुरा छलफलमा उठाएको छ ।

    कांग्रेस र माओवादीको भागमा बराबरी सिट भागबन्डा गरेपछि माओवादीले एकीकृत समाजवादीलाई आफ्नो भागबाट एक सिट दिनुपर्ने प्रस्ताव आएको बताइएको छ । गठबन्धनको छलफल सकारात्मक दिशातिर अगाडि बढेको कांग्रेस जिल्ला सभापति जंगबहादुर तामाङले बताए ।

    आधा पालिकामा माओवादीको दाबी

    नेकपा माओवादी केन्द्र, सिन्धुपाल्चोकले चुनावी तालमेलका लागि आधा पालिकाको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोकबाट वागमती प्रदेशसभा सांसद रहेका युवराज दुलालले आफूहरुले आधा पालिका दाबी गरेको बताए ।

    ‘माओवादीको दाबी बराबरी सिद्धान्तमा जाने भन्ने छ,’ उनले भने, ‘कांगेसको हामीलाई बढी चाहिन्छ भन्ने खालको छ । यसमै कुरा मिलेको छैन ।’ गठबन्धनमा सहमति नभए सबै पालिकामा एकल रुपमा लड्ने गरी तयारी गरिरहेको दुलालले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

  • जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला


  • ग्लोबल अपडेटथप

    समुदायमा जनचेतना जगाउँदै चौतारा बहुमुखी क्याम्पस

    Sacheta Chautara Maltipal Campush

    जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा शर्मा प्रथम

    Baktritwokala

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution