• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन ४, सोमबार | Monday, 16, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

मेलम्चीको बनमा आगलागी हुँदा पाँच हजार बढी बिरुवामा क्षति

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख १०, शनिबार (३ साल अघि)
  • ११६६ पाठक संख्या
  • dadhelo-aagalagi-forestfire
    ‌‌‌

    मेलम्ची । मेलम्ची नगरपालिकाको दुई सामुदायिक वनमा आगलागी हुँदा करीब पाँच हजार पाँच सय बिरुवामा क्षति पुगेको छ ।

    शनिबार मेलम्ची नगरपालिका– १२ मा रहेको जामुनेपाखा सामुदायिक वनको ४ हेक्टर वन क्षेत्रमा आगलागी हुँदा १ हजार ५ सय बिरुवा र जोसेपाखा सामुदायिक वनको १० हेक्टरमा आगलागी हुँदा ४ हजार बिरुवामा क्षति पुगेको हो । अहिले आगो नियन्त्रणमा आएको सबडिभिजन वन कार्यालय मेलम्चीका प्रमुख बच्चुराम पुडासैनीले बताए । वन कर्मचारी टोली र सशस्त्र प्रहरी बल मेलम्ची बेसका सशस्त्र प्रहरी निरीक्षक रामेश्वर श्रेष्ठ नेतृत्वको संयुक्त टोलीको लगातार करीब ३ घण्टाभन्दा बढी समयको प्रयास पछि आगो नियन्त्रणमा आएको कार्यालयका प्रमुख पुडासैनीले बताए ।

    जनशक्तिको अभावमा उक्त आगो नियन्त्रणमा लिन हम्मे हम्मे परेको भएता पनि नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल मेलम्ची बेसका सशस्त्र प्रहरी निरीक्षक रामेश्वर श्रेष्ठले बताए । यस्तै, आगो नियन्त्रण लगतै सबडिभिजन वन कार्यालय मेलम्चीले विज्ञप्ति निकाल्दै वन कर्मचारी टोली र सशस्त्र प्रहरी बल मेलम्चीलाई धन्यवाद समेत व्यक्त गरेको छ । विज्ञप्तिमा उक्त आगो निभाउन स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीय समुदायलाई पटक पटक अनुरोध गर्दा कोही पनि सहभागी हुन नआएको र डाँडामा बसेर रमिता हेरेको भन्दै दुखेको समेत व्यक्त गरिएको छ ।

    समुदायमा आधारित वन व्यवस्थापन पद्धति अन्तर्गत सामुदायिक बनको मर्ममाथि नै उपहास भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै आगो लगाउनेको खोजी भईरहेको कार्यालयका प्रमुख पुडासैनीले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution