• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

मेयरका उम्मेदवार ढुङ्गानाले गरे मतदातासँग तमसुक

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख १८, आईतबार (४ साल अघि)
  • १८८१ पाठक संख्या
  • Unnat Loktantra Party
    ‌‌‌

    चौतारा । उन्नत लोकतन्त्र पार्टीबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरका उम्मेद्वार भेषनाथ ढुङ्गानाले मतदातासँग तमसुक गरेका छन् ।

    आईतबार पार्टी कार्यालय चौतारामा भएको पत्रकार भेटघाट एवम् तमसुक पत्र सार्वजनिक कायक्रममा उम्मेदवार ढुङ्गानाले मतदातासँग १८ बुँदे तमसुक गरेका छन् । उनले आफूले गरेको प्रतिवद्धता अनुरूप काम नभए जुनसुकै बेला मतदाताले फिर्ता बोलाउँदा आफू मञ्जुरी रहेको बताए ।

    उन्नत लोकतन्त्र पार्टीको मूल एजेण्डा जनताले सोझै आफ्नो सरकार छान्न पाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली, सांसद्हरू मन्त्री–प्रधानमन्त्री बन्न नपाउने, जनताले नचाहेको उम्मेदवार पार्टीले पठाएमा बहिष्कार गर्न पाउने अधिकार (राईट टु रिजेक्ट), जितेर गएका जनप्रतिनिधिले चुनावी घोषणामार्फत् गरेका प्रतिवद्धता पूरा नगरे भोट फिर्ता माग्न पाउने अधिकार (राईट टु रिकल) रहेको उनले बताए ।

    ‘१८–२४ वर्षका युवाले अनिवार्य राष्ट्रसेवा गर्नुपर्ने, लोकतान्त्रिक कर प्रणाली कार्यकर्ता व्यवस्थापन गर्नमात्र लादिएको संघीयता खारेज गरी स्थानीय तहलाई अधिकारसम्पन्न गरी अझ मजबुत बनाउने, जासुसी गर्न खोलिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू खारेज गरी नेपालीलाई नेपालमै रोजगारी दिलाउनेलगायत मागलाई स्थापित गर्दै समुन्नत नेपाल निर्माणका लागि चौतारा साँगाचोकगढी नगरपालिकाका मतदाताहरूसमक्ष म प्रतिवद्धता जाहेर गर्छु’, उनले भने ।

    सो कार्यक्रममा उन्नत लोकतन्त्र पार्टीका जिल्ला सदस्य कृष्ण गिरी, नगर सचिव राजेन्द्र आचार्य, वडा नं. ४ का वडा सदस्य उम्मेद्वार विनोद सापकोटा लगायतले आफ्ना भनाई राखेका थिए । सो पार्टीले आईतबार नै चौतारा स्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत तमसुक पत्र बुझाएको छ ।

    Unnat Loktantra Party1

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution