• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

मेलम्चीमा प्रचार सामग्री हटाईयोः अन्यत्र उस्तै

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख २१, बुधबार (४ साल अघि)
  • १५०७ पाठक संख्या
  • Melamchi
    मेलम्चीमा आचार संहिता बिपरितका निर्वाचन प्रचार सामग्री हटाउदै प्रहरी । तस्वीरः देवराज सुवेदी

    चौतारा । जिल्ला आचारसंहिता अनुगमन समिति सिन्धुपाल्चोकले राजनीतिक दलहरूले आचारसंहिता विपरीत प्रयोग गरिएका प्रचार सामग्री हटाउन निर्देशन दिएपनि जिल्लाको अधिकांश स्थानमा प्रचार सामग्री हटाईएको छैन ।

    निर्देशन दिएपनि प्रचार सामग्री नहटाएपछि मेलम्चीमा प्रहरीले प्रचार सामग्री हटाएको छ । जिल्लाको अन्यत्र स्थानमा भने आचारसंहिता विपरित सार्वजनिक स्थलमा चुनावचिन्ह प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्तेलेखन जस्ताको तस्तै छन् । सोमबार सिन्धुपाल्चोकको चौतारामा बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा दलहरूले २४ घण्टा भित्र आचारसंहिता विपरीत प्रयोग गरिएका प्रचार सामग्री हटाउन प्रतिवद्धता जनाएका भएपनि सो प्रतिबद्धता पूरा गरेका छैनन् ।

    सिन्धुपाल्चोकमा आचारसंहिता उल्लंघन गर्न दलहरूबीच प्रतिष्पर्धा नै चलेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकमा क्रियाशील रहेका प्रमुख राजनैतिक दल हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, उन्नत लोकतन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन लगायतका दल पनि सिन्धुपाल्चोकमा क्रियाशील छन् । उनीहरूमा दलगत प्रतिष्पर्धा भन्दा आचारसंहिता उल्लंघनको प्रतिष्पर्धा भने धेरै देखिन्छ ।

    सिन्धुपाल्चोकका मुख्य निर्वाचन अधिकृत एवम् अनुगमन समितिका संयोजक चन्द्रप्रकाश तिवारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारबाही गर्ने बताए । आचारसंहिताको उल्लंघन भएमा आचारसंहिता उल्लंघनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, १ लाखसम्म जरिवाना गर्न सक्ने तथा उम्मेदवारको उम्मेदवारी रद्दसम्म हुने कानूनी व्यवस्थालाई कार्यान्वयन गरिने तिवारीले जानकारी दिए ।

    आचार संहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट, झन्डाको तोरण प्रदर्शन वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन रोक लगाएको छ ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution