• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २६, बिहिबार | Thursday, 09, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने
  • २कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ
  • ३नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • ४दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ५एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ६३० परिवारको निःशुल्क जीवन बिमा
  • ७पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ८बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

स्मार्ट सिटीः अवधारणा र चुनौती

गौरी प्रधानप्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (९ महिना अघि)
  • ७१२ पाठक संख्या
  • Gauri copy
    ‌‌‌

    पृष्ठभूमीः

    आजभोली देशमा चुनावको माहोल छ । सबै पालिकाहरुमा, खासगरी नगर, उप र महा–नगर पालिकाहरुका प्रत्यासी मेयर, उपमेयर तथा अन्य उम्मेद्वारहरुले जनता समक्ष अनेकन प्रतिवद्धताहरु बिसाएका छन् । उहाँहरुको बोलीमा झुण्डेको अनेकन शव्दहरु मध्ये एक लोकप्रिय शव्द हो, ‘स्मार्ट सिटी ।’ यो शव्द यस अघिको निर्वाचनमा पनि धेरै चोटी सुनेको हो । तर, व्यवहारमा हाम्रो नगर तथा महानगरहरु स्मार्ट सिटी नभएर कतिपय बेला ‘अग्लि सिटि’ मा रुपान्तरण हुन पुगेको हामी सबैलाई थाहा छ । खानेपानी, बिजुली, इन्धन, आवास, बजारः (खाद्यान्न, तरकारी, माछा–मासु तथा पशु पंक्षीबजारहरु) शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाहरु व्यवस्थित हुन नसक्दा जनस्वास्थ्य लगायत जन–जीविकामा प्रत्यक्ष असरहरु परिरहेको छ ।

    स्मार्ट सिटीको अवधारणा आज भन्दा झण्डै ५० बर्ष अगाडि अर्थात १९७० को दशकमा अमेरिकाको लस एन्जेल्स सहरमा ‘बिग डेटा प्रोजेक्ट’ मार्फत विकास र ब्यवहारमा आएको हो । यस्को निम्ति ‘आर्टिफिसियल ईन्टेलिजेन्स्’ को माध्यम नयाँ तथा पुराना सहरहरुको निर्माण वा पूननिर्माणको प्रकृयामा यस्को प्रयोगले कसरी सहरलाई सफा, सुन्दर, साँस्कृतिक तथा पर्यावरणिय मैत्री, सुरक्षीत, सूसुचित, मानव तथा विकास मैत्री बनाउन सकिन्छ भन्ने हो । त्यस्को निम्ति कसरी ‘डिजिटल टेक्नोलोजी’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को अधिकतम उपयोग गर्न सकिन्छ भन्ने हो । यो कुरा सन् २००८/२००९ को विश्व आर्थिक मन्दिको बेला झन सशक्त भएर आएको थियो ।

    तर, हाम्रा कतिपय मेयरका प्रत्यासीहरुको कुरा सुन्दा स्मार्ट सिटीको निम्ति उहाँहरुको अवधारणा सुस्पष्ट बनाउन केहि सहयोग होस् वा यस बिषयमा थप कुरा बुझ्न सहयोगी होस् भन्ना खातिर यो लेख लेख्न प्रयत्न गरिएको हो । स्मार्ट सिटी बनाउने नाममा यो चिज भत्काउने, त्यो चिज बनाउने, सडक आठ–लेनको बनाउने, फ्लाई–ओभरहरु बनाउने, मोनो रेल बनाउने, अग्ला–अग्ला मल तथा हाइ–राइज बिल्डिङ्स बनाउने इत्यादि कुराहरु नै धेरै सुनिन्छ । तर यी कुराहरु सबै स्मार्ट सिटिको अवधारणा भित्रका गुदि कुरा होइनन् ।

    स्मार्ट सिटीको अवधारणाः

    कुनै पनि सहर स्मार्ट सिटी हुनको निम्ति त्यस्का केही आधारभूत सिद्धान्त, अवधारणा र मान्यताहरु छन् । कतिपय अवस्थामा त्यो स्थान विशेषको सामाजिक–सांस्कृतिक–पर्यावरणीय, भौगोलिक तथा जनसंख्यिक धरातलमा पनि निर्भर गर्दछ । यद्यपि स्मार्ट सिटी भन्नाले सहरको निर्माण, पूननिर्माण वा पूनसंरचना गर्दा त्यो १. जनहित अनुकुल, २. सामाजिक तथा साँस्कृतिक मैत्री ३. न्यायपूर्ण आर्थिक विकास र वितरण । खानेपानी, ढल, सडक, बिजुली, यातायात इत्यादिको ब्यवस्थापन दिगोपन कसरी आधुनिक प्रविधी मैत्री बनाउने भन्ने पनि हो । ४. त्यस्तै, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विल तथा ट्याक्स पेमेण्ट जस्ता सबै कुराहरु अन–लाइन तथा ‘डिजिटल एण्ड टेक्नोलोजी फ्रेण्ड्ली’ हुन आवश्यक छ ।

    ५. नागरिकको शान्ति–सुरक्षा, बालबालिका तथा महिलाहरुको सुरक्षा, कानून ब्यवस्था, प्रहरी प्रशासन, न्याय प्रशासन तथा जन प्रशासन लगायतलाई जनमुखी बनाउन आधुनिक डिजिटल मैत्री सेवाहरु व्यवस्थित गर्नु आवश्यक छ । अपराध रोकथाम तथा नियन्त्रणलाई पनि प्रविधिमूखी बनाउन पर्दछ । यस सम्वन्धी सूचना र सेवाहरु हेल्प–लाईन तथा हट–लाईनहरुको माध्यम नागरिकलाई प्रदान गर्न पर्दछ । ६. महानगर पालिकाको सबै सेवा र कार्यालयहरुलाई प्रविधिमूखी बनाउन पर्दछ । बैकिङ्ग, बजार, व्यापार, ठेक्कापट्टा, मालसामान ढुवानीजस्ता सेवाहरुलाई पनि अनलाईन तथा डिजिटलाइज्ड बनाउन पर्दछ । ७. सहरलाई वातावरण मैत्री, हरियाली, अपांगता–बालबालिका तथा जेष्ठ नागरिक मैत्री बनाउन आवश्यक छ । घर–घरको भान्छामा प्रयोग भइरहेको ग्यास चुल्होलाई विस्थापन गरि बिद्द्युत चुल्होमा प्रतिस्थापन गर्नु छ । यातायात लाई वायु प्रदुषण मुक्त बनाउनु छ ।

    ८. नागरिकसंग सम्वन्धित जन्म–दर्ता, मृत्यु–दर्ता, नागरिकता, पासपोर्ट, लालपूर्जा, लाईसेन्स्, शैक्षिक प्रमाण–पत्र, परिचय पत्र सबै–सबै प्रमाणपत्रहरु लाई डिजिटलाइज्ड गर्नु छ । ९. शहरको पुरानो वस्तिहरुमा गाडी, एम्बुलेन्स र दमकल सेवाको निम्ति साँस्कृतिक वस्तिहरु भत्काउनको सट्टा वस्ति अनुकुलको सेवा तथा प्रविधि विकास र व्यवस्थापन गर्न आवश्यक छ । १०० बर्ष नाघी सकेका भवन, मन्दिर, मूर्ती, देवल, पाटी–पौवा, गुम्वा, मस्जिद जस्ता महत्वपूर्ण कुराहरुको रेफेरेन्स राख्न त्यस्को डिजिटल अर्काइभ सुरक्षीत साथ राख्न पर्दछ । १०. सहरलाई सुरक्षीत र दिगो बनाउन डिजिटल क्यामेरा लगायत सूचना प्रविधिले लेस बनाउन पर्दछ । सहरलाई सफा, सुघ्घर र वातावरण मैत्री बनाउन उद्द्यान, पार्क, खोला तथा नदिहरुको सर–सफाई तथा दिगो ब्यवथापन गर्नु पर्दछ । अन्यथा, कुनै पनि सहर कसरी स्मार्ट सिटि हुन सक्छ ?

    पर्यावरण तथा नदि, जीव–जन्तुको संरक्षणः

    काठमाण्डौ उपत्यकामा नौ मतिहरु (नदीहरु) (वागमती, विष्णुमती, रुद्रमती, इच्छुमती, मनमती, मनोहरा, नखु, गोदावरी र हनुमन्ते) छन् । ती सबै नदिहरु हाल ढलमतीमा रुपान्तरित भएका छन् । तिनीहरुको पूनर्जीवन कसरी फर्काउन सकिन्छ ? तिनीहरुमा सफा पानी बग्ने, माछा र भ्यागुतो खेल्ने तथा अन्य जीव र पशु पंक्षीहरु खेल्न कुद्न पाउने, नदिको किनारमा हरियाली रुख, उद्द्यान निर्माण गर्ने तथा भएका घाट तथा मन्दिरहरुको जिर्णोद्वार को व्यवस्था कसरी गर्न सकिन्छ ? सहरमा हरियाली, बगैँचा, पार्कहरु र खुल्ला स्थानहरु कसरी संरक्षीत गर्न सकिन्छ ? यी र यस्ता सोच, दृष्टिकोण र कार्य–योजना बिना हाम्रो सहर कसरी स्मार्ट सिटी बन्न सक्छ ?

    सन् २०१५ (२०७२ साल)को भूकम्प पश्चात् पून र्निर्माणको क्रममा बसन्तपुरको राणाकालमा निर्माण भएको पश्चिमा दरवार शैलीको सट्टा मल्लकालिन वास्तुलाई प्राथमिकता दिन मैले आव्हान गरेको थिंए । तर अरु त अरु, हाम्रा सम्पदाविदहरु पनि कानमा तेल हालेर बस्नु मेरो लागि दुःखको कुरा थियो। सहरले आफ्नो साँस्कृतिक मौलिकता र पहिचान कायम गर्न सकेन भने त्यो त्यतिकै स्मार्ट सिटि बन्न सक्दैन । त्यसो भनिरहँदा, पछिल्लो चरणमा भक्तपुर, कीर्तिपुर, ललितपुर, मध्यपुर र केहि हदमा कान्तिपुरमा निर्माण भएका सतः, देगः (मन्दिर), पुखु, फल्चा, बिहार र बहाहरुको निर्माणको प्रशंसा गर्दै सम्वन्धित मेयरज्यूहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।

    फसिल्स फ्युल अर्थात डिजेल–पेट्रोल– मट्टितेल, कोइला (इट्टाभट्टामा प्रयोग हुने) र दाउराको अधिकतम प्रयोग र डढेलोको कारण सहरमा वातावरण प्रदुषण बढ्दो छ । समयमै त्यस्को विकल्प सोचिएन भने काठमाण्डौ उपत्यका संसारको सबैभन्दा वायु–प्रदुषित सहर बन्ने सम्भावना टाढा नहुन सक्छ । त्यस्को समयमै उपचार गर्न र वैकल्पिक उपायहरु निकाल्न सकिएन भने हाम्रो सहर कसरी ‘स्मार्ट सिटी’ हुन सक्छ ? त्यस्को निम्ति हाम्रो टुँडिखेल, पार्क, बहाल–चोक, मन्दिर तथा त्यसले ओगटेका खुल्ला स्थानहरु जोगाउन आवश्यक छ । त्यस्को डिजिटल रेकर्डहरु सुरक्षीत राख्न पर्दछ । त्यसो नभएमा जग्गा दलालहरु मिलेर बाँकी भएको खुल्ला स्थानहरु पनि हडप्न बेर छैन ।

    भविष्यको बाटोः

    स्मार्ट सिटी बनाउने नै हो भने एउटा महत्वपूर्ण सुझाव अगाडि सार्न चाहन्छु । हामी सबै मिलेर यदि हालको केन्द्रिय कारागारले ओगटेको ठाउँलाई अन्तै सुरक्षीत तथा वातावरण मैत्री स्थानमा सारेर त्यस्लाई विशाल डेमोक्रेसी पार्क वा अन्य कुनै सार्थक नामको पार्क बनाउन सक्यौं भने काठ्माण्डौ उपत्यकाको खुल्ला ठाउँ बढ्ने छ । सुन्दरताअझै थपिने छ । गोदावरी, गोकर्ण, शिवपुरी, चन्द्रागिरि, नागर्जुन, दक्षिणणकाली, सुर्यविनायक, चाँगुनारायण, फुल्चोकि इत्यादिका वन–जङ्गल, पशु–पंक्षी, जडिबुटी, जलाधार जोगाउन सके त्यो उपत्यकाको पर्यावरण तथा दिगो विकासको निम्ति महत्वपूर्ण ढङ्गले सहयोगी हुन सक्दछ । अनि त्यहाँको नदिनाला, पानीको स्रोतः धारा, कुवा, जमिनमुनिको पानी जोगाउन सके उपत्यकाको सौँदर्यता, सुरक्षा, र वातावरण अझै दिगो हुन सक्दछ ।

    सन् १९०० मा विश्वमा सहरको जनसंख्या जम्मा १४% थियो । यो तथ्यांक सन् २०५० मा ६८% पुग्ने अनुमान गरिएको छ । यो प्रवृति नेपालको सन्दर्भमा पनि मिल्दोजुल्दो देखिन्छ । तर यदि आजै देखि हाम्रा सहरहरुलाई दिगो, छिटो, छरिटो, जनमूखी, पर्यावरणमूखी र डिजिटल–टेक्नोलोजी फ्रेण्ड्ली बनाइएन भने त्यो सहर ‘स्मार्ट सिटी’ नभएर ‘अन्फर्चुनेट सिटी’ हुन बेर छैन । स्मार्ट सिटीको निम्ति चाहिने आधारभूत कुराहरु भनेको शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी तथा जिविका संग सम्वन्धित सबै सेवा र व्यवसायहरुलाई डिजिटल फ्रेण्ड्ली बनाउनु हो । त्यस्को निम्ति बालबालिका र युवा पुस्तालाई मात्र होइन सेवाग्राही, सेवा प्रदायक सबै–सबैलाई डिजिटल–टेक्नोलोजी सम्वन्धी शिक्षा, तालिम र अभिमूखिकरण प्रदान गर्नु पर्छ । सबैको निम्ति इन्टरनेट सेवाहरु प्रदान गर्नुको साथै ठाउँठाउँमा डिजिटल पार्क निर्माण गरि निशुल्क वा सहुलियत दरमा सेवा प्रदान गर्नु पर्दछ ।

    दिगो विकास–२०३० ले विकासको आधार दिगो आर्थिक उत्पादन र त्यस्को न्यायपूर्ण वितरण, सामाजिक स–शक्तिकरण र पर्यावरण संरक्षण र सम्वर्द्धन नै हो भनेको छ । यस्को निम्ति दिगो विकासको कार्यदिशा ‘फाईभ–पि’ उन्मूख हुन पर्छ भनेको छ । त्यस्को अर्थ हो विकास भन्ने कुरा मुलतः मानव (पिपुल), पृथ्वी (प्लानेट), शान्ति (पिस), समृद्धि (प्रस्पेरिटी) र सहकार्य (पार्टनर्शिप) उन्मूख हुन जरुरी छ भनिएको छ ।

    यदि, हामीले हाम्रो सहरलाई स्मार्ट सिटी बनाउनु छ भने, हामीले स्मार्ट गभरनेन्स, स्मार्ट इकोनोमी, स्मार्ट कनेक्टिभिटी, स्मार्ट इन्वारमेनण्ट प्रोटेक्सन्, स्मार्ट एजुकेशन, स्मार्ट हेल्थ सिस्टम, स्मार्ट अर्काइभ सिस्टम, स्मार्ट एण्ड इनावेल इन्वारमेण्ट इन वर्क प्लेस पनि बनाउनु पर्छ । त्यस्को निम्ति सबैभन्दा पहिला हाम्रो घर, समुदाय, विद्यालय, अस्पताल र सबै सेवा प्रदायक निकायहरु पनि स्मार्ट हुन जरुरी छ । तसर्थ, यदि हाम्रो सहरलाई यथार्थमा ‘स्मार्ट र सस्टैनेवल’ बनाउनु छ भने, हामीले हावादारी कुरा गरेर होइन, बरु खास सिद्धान्त, आधार र दृष्टिकोणका साथ विकास कार्ययोजना बनाई अगाडि बनाउन आवश्यक छ ।

    यस्को निम्ति हामीले भौतिक पूर्वाधारहरु, आर्थिक विकास र सामाजिक सशक्तीकरणको विच बलियो तालमेल मिलाउन पर्ने छ । साथसाथै, हामीले यस क्रममा सुरक्षा जस्तो संवेदनशील विषयलाई खाद्य सुरक्षा, सामाजिक सुरक्षा, वातावरणिय सुरक्षा तथा मानव सुरक्षाका विविध आयामहरुसंग पनि जोड्न सक्नु पर्दछ । यसो भएमा, हाम्रो सहरहरु पनि एकदिन पक्कै स्मार्ट सिटी बन्नेछ ।

     

  • विचार
  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

  • कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

  • नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

  • दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल


  • ग्लोबल अपडेटथप

    हुतराज अर्धचन्द्र पत्रकारिता पुरस्कार कसजू र पाख्रिनलाई प्रदान गरिने

    Puraskar

    कारागारबाट भागेकी महिला ७ वर्षपछि पक्राउ

    Pakrau

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution