• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

मौन अबधिमा झडप बढ्यो, सुरक्षा व्यवस्था कमजोर

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख २९, बिहिबार (४ साल अघि)
  • ९६० पाठक संख्या
  • Jhadap
    फाईल तस्विर

    चौतारा । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा सिन्धुपाल्चोकभर विभिन्न दलका कार्यकर्ताबीच झडप बढ्दै गएको छ ।

    गएराति मात्रै सिन्धुपाल्चोकका विभिन्न स्थानमा झडप भएको छ । हेलम्बु गाउँपालिका– ३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थीत कार्यकर्ताहरुको बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले बताए ।

    कुटपिटमा एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएका छन् । कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु– ३ घर भएका छिरिङ दोङ भन्ने प्रेमसिंह पाख्रिन, आईतमान तामाङ र मनजित तामाङ छन् । खेन्जो तामाङको घरमा ढुंगा हानेको विषयमा विवाद हुँदा झडपको स्थिती आएको थियो । घाइतेहरुको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    Jhadap1

    ‌‌‌

    यता चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । राती भएको झडपमा नेपाली कांग्रेसका कार्यकर्ताले वागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको घरमा समेत आगजनीको प्रयास गरेका थिए । झडपमा दुलालको भाई कमल दुलालसहित केहि घाईते भएका छन् ।

    त्यस्तै यता चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डेमा पनि दुई दलबीच झडप भएको छ । नेकपा (एमाले)का कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) उम्मेद्वार कुमार शर्मा माथी हातपातको प्रयास गरेका छन् । एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार राजु श्रेष्ठका १५ मोटरसाईकलमा आएका कार्यकर्ताले गए साँझ माओवादी केन्द्रका वडा अध्यक्ष कुमार शर्मालाई हातपातको प्रयास गरेका थिए । शर्माको घरमै गएर हातपात गर्न खोज्दा दुई पक्षबीच झडप भएको स्थानीयले बताए ।

    त्यस्तै नगरपालिकाकै वडा नं. १३ मा पनि झडप भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको हो । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्त नबनाउँदा झडपको स्थिति सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् । तर निर्वाचनमा हुनसक्ने आपराधिक क्रियाकलाप र झडपलाई नियन्त्रण गर्न र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था चुस्त बनाउने नीति अघि सारेको डिएसपी बस्नेतले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution