• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

सिन्धुका ३ केन्द्र अतिसंवेदनशिल, ३३५० सुरक्षाकर्मी खटिए

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख २९, बिहिबार (४ साल अघि)
  • १५५४ पाठक संख्या
  • Suraksha
    फाईल तस्विर

    चौतारा । सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचनमा सुरक्षा दिन ३ हजार ३ सय ५० सुरक्षाकर्मी खटाइएको छ ।

    १ हजार २ सय ८४ म्यादी प्रहरीसहित सो संख्यामा सुरक्षाकर्मी खटाईएको हो । मतदान केन्द्रमा दुई घेराको पहरासहित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरीले प्रत्यक्ष सुरक्षा दिनेछन् भने मदतानस्थल नजिकै बाहिरी घेरामा रहेर सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् ।

    ‘दुई घेराको सुरक्षा नीति अघि सारेका छौँ । मतदानस्थलको संवेदनशीलता हेरेर बाहिरी घेराबाट सशस्त्र वा सेना वा दुवै सम्मिलित संयुक्त टोलीले सुरक्षा दिनेछ,’ प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले भने । उनले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा बाँडेर सुरक्षा रणनीति अघि सारिएको जानकारी दिए ।

    जिल्ला सुरक्षा समितिका प्रमुखसमेत रहेका खनालका अनुसार तीन केन्द्रलाई अति संशेदनशील र ५९ लाई संवेदनशील मानिएको छ । सामान्य अवस्थाका मानिएका केन्द्र ८२ छन् । जिल्लामा १ सय ४४ केन्द्र तोकिएका छन् । केन्द्रको अवस्था हेरी प्रहरी र म्यादीसमेत आठदेखि २२ जनासम्म सुरक्षाकर्मी परिचालित हुनेछन् ।

    संवेदनशीलमा १५ र अतिसंवेदनशीलमा २२ सुरक्षाकर्मी खटिने प्रजिअ खनालले जानकारी दिए । ‘अतिसंवेदनशील र संवेदनशील मानिएका केन्द्रको तीन सय मिटरभन्दा बाहिरै बसेर हतियारसहितका सशस्त्र र सेनाले सुरक्षा दिने छन्,’ उनले भने । सामान्य अवस्थाका केन्द्रमा पनि गस्तीका रुपमा सशस्त्र र सेनाले सुरक्षा प्रदान गरिरहेका हुनेछन् ।

    मतदानको दिन सबै केन्द्रमा नेपाल प्रहरी, म्यादी, सशस्त्र प्रहरी र सेना गरी ३ हजार ३ सय ५० सुरक्षाकर्मी प्रत्यक्ष परिचालन हुने सुरक्षा समितिले जनाएको छ । यो बाहेक बजार र राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीको नियमित मोबाइल, गस्ति टोली परिचालन हुने प्रजिअ खनालले जनाए । ‘कुनै अप्रिय घटना हुन नदिन संवेदनशील र सचेत छौँ । त्यसै भएर सुरक्षा व्यवस्था चुस्त बनाउने नीति अघि सारेका छौँ,’ उनले भने ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution