• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २२, आईतबार | Sunday, 05, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • २दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ३एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ४३० परिवारको निःशुल्क जीवन बिमा
  • ५पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ६बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ७पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ८बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)

‘हेवीवेट’ नेता भोट खसाल्न गृहनगर

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख ३०, शुक्रबार (८ महिना अघि)
  • ७५४ पाठक संख्या
  • Hebywight Neta
    ‌‌‌

    चौतारा । स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा बिहीबार गृहनगर आइपुगेका छन् । उनी चौतारा साँगाचोकगढी नगरपालिका– ५ कुविण्डेका मतदाता हुन् ।

    स्थानीय सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रमा उनले मतदान गर्ने छन् । सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसाल्ने कार्यक्रम रहेको उनका प्रेसबिज्ञ श्रीधर न्यौपानेले बताए । ‘गाउँ सरकार चुन्ने चुनावमा भोट खसाल्न उहाँ (सापकोटा) उत्साहित हुनुहुन्छ,’ उनले भने । सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा नगरमा प्रमुखको उम्मेदवार छन् । उनी मााओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

    राप्रका नेता पशुपति शम्सेर जबरा पनि मतदान गर्न शुक्रबार सिन्धुपाल्चोक आउँदै छन् । उनी पाँचपोखरी थाङपाल गाउँपालिका– ५ बाँसखर्कका मतदाता हुन् । उनले स्थानीय भीमविद्याश्रम मावि केन्द्रमा मतदान गर्ने छन् । राजधानीदेखि मतदान केन्द्र बाँसखर्कसम्म आउन उनले जिल्ला प्रशासन कार्यालयबाट सवारी प्रवेश अनुमति लिइसकेको राप्रपा नेता जितबहादुर भारतीले बताए ।

    २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि जबरा सुनकोसी गाउँपालिकाका मतदाता थिए । उक्त निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं. २ मा उम्मेदवार बनेपछि उनले मतदान केन्द्र बदलेका हुन् । २०३४ मा सुनकोसीको पांग्रेटारमा घर, घँडेरी किनेर राजनीति थालेका उनी अझै सिन्धुको राजनीतिमा केन्द्रित छन् । उनकी श्रीमती र छोरी देबीयानी राणा पनि बाँखसर्ककै मतदाता हुन् । तर उनीहरुले यो चुनावमा भोट खसाल्ने छैनन् । दुबै अहिले भारतमा रहेको नेता भारतीले जानकारी दिए ।

    त्यस्तै एमाले नेता तथा पूर्वमन्त्री अमृत बोहोराले गृहगाउँ त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्करबाट मतदान गर्दै छन् । उनकी श्रीमती एमाले नेतृ अष्टलक्ष्मी शाक्य भने यहाँको मतदाता छैनन् । उनी काठमाडौंकी मतदाता हुन् । कांग्रेस केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत पनि मतदान गर्न गृहनगर आइसकेका छन् । बाह्रविसे नगरपालिकाका उनले क्षमादेबी मावि केन्द्रबाट मतदान गर्ने छन् ।

    एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङ पनि मतदानका लागि गृह नगर आइसकेका छन् । उनले मेलम्ची नगरपालिकाको सिन्धुकोट केन्द्रबाट मतदान गर्ने छन् । उनकी श्रीमती एमाले नेतृ उषाकला राई भने यहाँको मतदाता छैनन् । उनी खोटाङ जिल्लाको मतदाता हुन् ।

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा पनि मतदानका लागि गृहगाउँ हेलम्बु गाउँपालिका आइपुगेका छन् । उनी किउलका मतदाता हुन् । त्यस्तै मत दिन बागमती प्रदेश सदस्य तथा पूर्वमन्त्री युवराज दुलाल (चौतारा), अरुण नेपाल र सरेश नेपाल (सुनकोसी) पनि आ–आफ्नो जन्मस्थानमा आइसकेका छन् ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

  • दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा


  • ग्लोबल अपडेटथप

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution