• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

सिन्धुमा ५ सय ६६ जनप्रतिनिधि चुनिदै

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ बैशाख ३०, शुक्रबार (८ महिना अघि)
  • ३१७ पाठक संख्या
  • Nirbachan
    ‌‌‌

    चौतारा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकमा ५ सय ६६ सदस्यीय जनप्रतिनिधि निर्वाचित हुँदै छन् । उनीहरुले अधिकार सम्पन्न स्थानीय सरकार चलाउने छन् ।

    तीन नगरपालिका र नौ गाउँपालिका सहितको जिल्लाका १२ स्थानीय तहमा १ सय ३ वटा वडा छन् । चौतारा साँगाचोकगढी, बाह्रविसे र मेलम्ची नगरपालिकामा ३६ वडा छन् । गाउँपालिकामा ६७ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचनले १२ प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, १ सय ३ जना वडा अध्यक्ष, १ सय ३ महिला सदस्य, १ सय ३ दलित सदस्य र २ सय ६ खुला सदस्य निर्वाचित गर्नेछ । दलित÷अल्पसंख्यक २७ जना निर्वाचित हुनेछन् ।

    शुक्रबार हुने निर्वाचनबाट प्रत्यक्ष रुपमा ५ सय ३९ जनप्रतिनिधि चुनिने छन् । यसरी चुनिएर बन्ने गाउँ÷नगरसभाले दलित/अल्पसंख्यकबाट २७ लाई निर्वाचित गर्ने छ । निर्वाचनबाट ठूलो संख्यामा महिला, दलित र अल्पसंख्यक समुदाय स्थानीय सरकारमा पुग्नेछन् । प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र खुला सदस्यमा प्रतिस्पर्धा गर्ने अवसरसमेत रहेकाले महिला जनप्रतिनिधि २ सय ६ बाट अझै बढ्ने छ । सोही अवसर दलितलाई समेत रहेकाले जनप्रतिनिधिका रुपमा उनीहरुको संख्या पनि बढ्ने देखिन्छ । निर्वाचनले जनप्रतिनिधिका रुपमा जिल्लाका अल्पसंख्यक पहरी, थामी लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

    नगरपालिकातर्फ तीन नगर प्रमुख, तीन उपप्रमुख, ३६ वडाध्यक्ष, ३६ महिला सदस्य, ३६ दलित महिला सदस्य, ७२ खुला सदस्य र नौ दलित/अल्पसंख्यक गरी १ सय ९५ सदस्य जनप्रतिनिधिका रुपमा नगरवासीद्धारा निर्वाचित हुनेछन् । गाउँपालिकातर्फ नौ अध्यक्ष, नौ उपाध्यक्ष, ६७ वडाअध्यक्ष, ६७ महिला सदस्य, ६७ दलित महिला सदस्य, १ सय ३४ खुला सदस्य र १८ जना दलित/अल्पसंख्यकसमेत ३ सय ७१ सदस्य जनप्रतिनिधि चयन हुनेछन् ।

    सबैभन्दा बढी १४ वटा वडा रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा ७५ सदस्यीय जनप्रतिनिधि रहने छन् । सबैभन्दा कम पाँचवटा वडा रहेको भोटेकोसी गाउँपालिकामा २९ सदस्यीय गाउँपालिकासभा रहनेछ । गाउँपालिकातर्फ सबैभन्दाबढी १२ वटा वडा रहेको इन्द्रावती गाउँपालिकामा ६४ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ ले नगरपालिकामा एक प्रमुख, एक उपप्रमुख, प्रत्येक वडामा एकवडाध्यक्ष, एक/एक दलित, महिला दलित सदस्य र दुई खुला सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ । यसरी निर्वाचित हुने नगरसभाले दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य निर्वाचित गर्ने छ ।

    त्यस्तै गाउँपालिकामा एक/एक अध्यक्ष, उपाध्यक्ष, प्रत्येक वडाबाट एक वडाध्यक्ष, एक/एक दलित, महिला दलित सदस्य र दुई खुला सदस्य निर्वाचित हुनेछन् । गाउँसभाले गाउँपालिकाभित्रका मतदाताबाट दुईजना दलित वा अल्पसंख्यकलाई सदस्य निर्वाचित गर्नेछ ।
    तीन नगरपालिकाका नगरसभामा निर्वाचितमध्ये ६६ जना नगरकार्यकारी हुनेछन् । त्यस्तै गाउँ कार्यकारीमा १ सय २५ सदस्य चयन हुनेछन् । दुबै जोड्दा हुने १ सय ९१ जनप्रतिनिधिले स्थानीय सरकार चलाउने छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution