• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र १६, सोमबार | Monday, 01, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

सिन्धुपाल्चोकमा १६ वडा अध्यक्ष विजयी

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ १, आईतबार (३ साल अघि)
  • १९९२ पाठक संख्या
  • Mat
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोकमा जारी मतगणनाबाट १६ वटा वडा अध्यक्ष निर्वाचित भएका छन् । नेपाली कांग्रेसका ९, एमालेका ५, नेकपा (माओवादी केन्द्र) का १, नेकपा (एकीकृत समाजवादी) का १ वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

    आईतबार विहान ५ बजेसम्मको मत परिणाम अनुसार बाह्रविसे नगरपालिका वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका आङदोर्जे शेर्पा प्यानलसहित निर्वाचित भएका छन् । त्यस्तै वडा नं. २ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार रेशम तामाङ बिजयी भएका छन् । उनले एमाले उम्मेदवार जितबहादुर तामाङलाई ८२ मतान्तरले हराए । रेशमले ७ सय ६ मत पाउँदा जितबहादुरले ६ सय २४ भोट ल्याए । रेशमको प्यानलै बिजयी भएको हो । बाह्रविसे नगरपालिका वडा नं ३ को वडा अध्यक्षमा नेपाली कांग्रेस जीवन भण्डारी विजयी बनेका छन् ।

    हेलम्बु गाउँपालिकामा पनि कांग्रेसले खाता खोलेको छ । हेलम्बु– १ को वडाध्यक्षमा १ हजार तीन मत ल्याएर कांग्रेसका दावा ग्याल्जेन लामा निर्वाचित भए । उनले एमाले उम्मेदवार अनिल लामालाई हराए । उनले ५ सय ९६ मत मात्र पाए । हेलम्बु गाउँपालिका वडा नं ७, नेपाली कांग्रेस निलबहादुर खड्का विजयी बनेका छन् । उनले ६ सय ६६ मत ल्याएका थिए ।

    त्रिपुरासुन्दरी गाउँपालिकामा प्यानलसहित वडाध्यक्ष जित्दै कांग्रेसले खाता खोलेको छ । त्रिपुरासुन्दरी– १ मा सीताराम थापा ३ सय ३४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका हरेराम तिमिल्सिनाले २ सय ७९ मत ल्याए । त्रिपूरा सुन्दरी गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेसका रमेश राउत विजयी बनेका छन् । त्यस्तै जुगल गाउँपालिका– १ को वडाध्यक्ष कांग्रेसका जनक लामा बिजयी भएका छन् । उनले ५ सय ८४ मत ल्याएका थिए । बलेफी गाउँपालिका वडा नं १, नेपाली कांग्रेसका हुपबहादुर खड्काले ६ सय ७९ मत ल्याएर विजयी बने ।

    नेकपा एमालेले भने चौतारा साँगाचोकगढी नगरपालिकामा पहिलो खाता खोलेको छ । वडा नं. ३ का उम्मेद्वार टेकबहादुर तामाङको प्यानल नै विजयी भएको छ । तामाङले ५ सय ५४ मत ल्याएर विजयी भएका छन् भने तामाङका प्रतिद्वन्दी कांग्रेसका उम्मेद्वारले ५ सय १९ र माओवादी केन्द्रका उम्मेद्वारले ४ सय ६ मत प्राप्त गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ मा एमालेबट सुदिप श्रेष्ठको प्यानल नै विजयी भएको छ । यस्तै इन्द्रावती गाउँपालिका वडा नं. १ मा एमालेका चिनलाल तामाङ विजयी बनेका छन् । जुगल गाउँपालिका वडा नं २ मा एमालेका चन्द्रकाजी लामा र हेलम्बु गाउँपालिका वडा नं. ६ मा एमालेका सन्चबहादुर तामाङ विजयी बनेका छन् ।

    नेकपा (माओजादी केन्द्र) ले लिसंखुपाखर गाउँपालिकाबाट पहिलो खाता खोलेको छ । वडा नं १ का नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार पाशाङलाल लामा विजयी बनेका छन् । नेकपा (एकीकृत समाजवादी) बाट पनि एक उम्मेद्वार विजयी बनेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ बाट युवलाल श्रेष्ठ ५ सय ७५ मतले विजयी बनेका हुन् ।

  • स्थानीय निर्वाचन २०७९
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution