• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

बलेफीबाट माओवादीले खोल्यो खाता: बाह्रविसे, भोटेकोशी र हेलम्बुमा कांग्रेसले मार्योे बाजी

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (३ साल अघि)
  • १२३७ पाठक संख्या
  • Sindhu Mat
    ‌‌‌

    चौतारा । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन प्रकृया सकिएर मतगणना भई परिणामहरु आउने क्रममा सिन्धुपाल्चोकमा पालिका अध्यक्षपदमा माओवादी केन्द्रको तर्फबाट बलेफी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर तामाङ निवाचित भएर सिन्धुपाल्चोकमा माओवादीले खाता खोलेको छ ।

    २०७४ सालको स्थानीय निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका तामाङ झिनो मतान्तरले पराजित भएका हुन् । तामाङसंगै पालिकाको उपाध्यक्षमा नेपाली कांग्रेबाट सरु लामा तामाङ, कांग्रेसबाट वडा नं १ को अध्यक्षमा हुपबहादुर खड्का, वडा नं २ को अध्यक्षमा छबिलाल न्यौपाने, वडा नं ३ को अध्यक्षमा रितेश तामाङ, वडा नं ५ को अध्यक्षमा यादव ठकुरी, वडा नं ७ को अध्यक्षमा गृविन्द्र चौलागाईं र वडा नं ८ को अध्यक्षमा रमेश श्रेष्ठ बिजयी भएका छन् । वडा नं. ४ को अध्यक्षमा भने नेकपा (माओवादी केन्द्र) बाट सूर्य तामाङले जितेका छन् । त्यस्तै वडा नं ६ मा नेकपा एमालेका तेजबहादुर पराजुलीले विजय प्राप्त गरे ।

    बाह्रविसेमा बस्नेत

    स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निवर्तमान मेयर निमफुञ्जो शेर्पालाई पराजीत गर्दै नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले जित निकालेका छन् ।

    नेपाली कांग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर बाह्रविसेमा अघिल्लो पटकको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले जित निकालेका थिए । सो निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित बालकृष्णले यस पटक उनै शेर्पालाई पराजित गर्दै नगरको नेतृत्व आफ्नो पोल्टामा पारेका हुन् ।

    नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवारी दिने निमफुन्जो शेर्पाले ५४३३ मत ल्याँउदा बस्नेतले ७७२८ मत ल्याएर विजयी भएका हुन् । उपमेयर पदमा एमालेबाटै उम्मेदवारी दिएकी निवर्तमान उपप्रमुख शुशिला पाख्रीन समेत पराजित भइन् । पाख्रिनले ५९९० मत ल्याँउदा नेपाली कांग्रेसकी उपप्रमुख मञ्जु तामाङले ६९७७ मत ल्याएर पाख्रीनलाई उपविजेता बनाइन् ।

    सो नगरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बुद्धराज बस्नेतले १२३१ र उपप्रमुख उम्मेदवार पातली थामीले १२५९ मत ल्याएर तेस्रो बनेका छन् । नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ८ र ९ मा नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन् भने वडा नं. ६ र ७ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    भोटेकोशीमा पासाङनुर्बु

    सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजय भएका छन् । सोमबार साँझ आएको मतगणनाको परिणम अनुसार पालिकाको अध्यक्षमा पासाङ नोर्बु शेर्पा र उपाध्यक्ष दिछेन शेर्पा विजयी भएका हुन् ।

    अध्यक्ष शेर्पाले २६०५ मत ल्याएर विजयी भएका हुन् भने उपाध्यक्षमा दिछेन शेर्पाले २७१२ मत ल्याएर विजयी भएकी छिन् । शेर्पाका प्रतिद्वन्द्वी नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार रहेका अमृत खडकाले २०४८ मात्र मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्वार सुन्तली श्रेष्ठले २५५३ मत ल्याएकी छिन् । यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार राजकुमार पौडेलले भने १९१८ मतमा ल्याएर तेस्रो भएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेद्वार आशा गुरुङ शेर्पाले १६१२ मत ल्याएकी छिन् । चिनसँगको उत्तरी नाका समेत रहेको यस पालिकामा नेकपा एमालेको तर्फबाट पुर्व गाविस अध्यक्ष अमृत खडका र नेकपा माओवादी केन्द्रबाट निवर्तमान पालिका अध्यक्ष राजकुमार पौडेल चुनावी मैदानमा उत्रिएका थिए ।

    ५ वटा वडा रहेको उक्त पालिकामा ३ वटा वडा नेपालि कांग्रेस १ वडा नेकपा एमाले र १ जना स्वतन्त्र उम्मेद्वारले जित हासिल गरेका छन् । १३ हजार १ सय ६४ मतदाता रहेको उक्त पालिकामा ९ हजार १ सय ३७ मत खसेको थियो ।

    हेलम्बुमा शेर्पा

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाक‍ अबको पाचँ बर्षको लागि अध्यक्षमा निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका छन् । पर्यटकीय क्षेत्र हेलम्बुको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका शेर्पाले ५ हजार ३८६ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्ष पदमा कांग्रेसकै अप्सरा लामिछाने ५ हजार २१४ मत ल्याएर विजयी भएकी छिन् ।

    अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार दावा लामाले ४ हजार ६०३ मत ल्याएर दोस्रो भए । एमालेबाटै उपाध्यक्ष पदकि उम्मेदवार गंगा अर्याल ४ हजार ६७१ मत ल्याएर दोस्रो भईन् । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारी दिएका पेमा लामा र सुमित्रा आचार्य क्रमशः ८१३ र १०० मत ल्याएर तेस्रो भए ।

     

  • स्थानीय निर्वाचन २०७९
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution