• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

के हामीले राजनीतिमा संलग्न हुन जरुरी छ र ?

बुद्धिप्रसाद आचार्यप्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (४ साल अघि)
  • ११८० पाठक संख्या
  • Buddi P Acharya
    ‌‌‌‌‌

    २०४६ सालमा प्रजातान्त्रिक आन्दोलन सफल हुँदै गर्दा म १३ बर्षको सानो बच्चा थिएँ । सायद् राजनीति थाहै थिएन । बहुदलीय व्यवस्था घोषणा भएको दिन आदरणीय दाजु जगन्नाथ आचार्यको नेतृत्वमा विजय जुलुस निस्केको थियोे । रातो कपडामा कपासले बांगो टेडो पारेर झण्डा बनाइएको थियो । आज बुझ्दैछु हँसियाहथौडाको झन्डा रहेछ तर त्यतिबेला केही नबुझिकनै ‘इनकलाव जिन्दावाद !’ भन्दै दौडेको थिएँ ।

    २०४७ सालमा कक्षा सातमा पढ्दै गर्दा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्य बनियो । पार्टी थाहा थिएन । पछि मात्रै बुझियो तत्कालीन नेकपा (माले) को भातृ संगठन रहेछ । माले र माक्र्सवादी एकीकरण भयो र एमाले बन्यो अनि म कट्टर एमाले । २०४८ सालमा मात्र १५ वर्षको थिएँ, तर के परिवन्ध भयो मतदाता नामवलीमा मेरो पनि नाम थियोे र जिन्दगीमा पहिलो मतदान सूर्य चिन्हमा कमरेड कृष्णराज श्रेष्ठलाई गरियो ।

    त्यो सिलसिला जारी भयो २०४९ साल, २०५१ साल, २०५४ साल र २०५६ सालसम्म । यो बीचमा एमालेको सम्पर्क मञ्च, नेपाल कमर्स क्याम्पस प्रा.क., अनेरास्ववियुको क्षेत्रीय तथा जिल्ला एवम् दिल्ली प्रवास सम्मका कमिटीहरुमा सामेल बनियो । कम्युनिष्ट प्रति अथाह लगाव थियोे तर जब २०५८ साल तिर एमालेका केन्द्रीय तहको नेतासँग मिलेर भण्डाफोर साप्ताहिक नामक पत्रिकाको कार्यकारी सम्पादकको भूमिका गर्दै गर्दा एमालेका थुप्रै आदर्श मानेका नेताहरूको दैलो दैलो पुग्ने अवसर जुट्यो, तबमात्र म निन्द्राबाट झस्याङ्ग भए झैँ भएँ । त्यसपछि एमाले कम्युनिष्ट पार्टी हो भन्ने भ्रमबाट म मुक्त भएँ । अनि २०५९ सालदेखि एमालेसँगको सम्बन्ध पूर्णतः पूर्णविराम गरियो ।

    २०६४ को संविधान सभाको निर्वाचनमा प्रत्यक्षमा मात्रै गोलाकार भित्रको हँसिया हथौडामा (हालका सभामुख अग्निप्रसाद सापकोटालाई) मतदान गरियो । किनभने म त्यतिबेला अहिलेको काठमाडौ, धनगढी, भरतपुर र धरानका मतदाताजस्तै विवेकी मतदाता भइसकेको थिएँ । काठमाडौबाट गाउँ फर्केपछि वातावरण अलिक फरक बन्यो । समाजले मलाई स्वतन्त्र बस्न दिएन र जसको विचार उसैको नेतृत्व हुनुपर्छ भन्ने सोचका साथ माओवादीप्रति केही आशा र अपेक्षा पनि रहेको कारण करिब ११ बर्षदेखि सक्रिय रुपमा सोहि आन्दोलनमा निस्वार्थरुपमा क्रियाशील बनियो ।

    सकेसम्म र भ्याएसम्म पार्टीकै स्वार्थमा मात्रै खटियो । लाग्छ यो बीच पार्टीबाट कुनै ब्यक्तिगत स्वार्थको अपेक्षा गरिएन र प्राप्त पनि भएन र आवश्यक पनि ठानिएन । गत स्थानीय निर्वाचनमा आफै उम्मेद्वार बनेर मैदानमा उत्रिएको अवस्था थियोे भने यो स्थानीय निर्वाचनमा आफू उम्मेदवार नहुँदै गर्दा पनि गत निर्वाचनको भन्दा पनि बढी चाप यो निर्वाचनमा भोगियो तर नतिजा शून्य । अझ उल्टै ज–जसलाई बोकेर हिँडियो उनीहरुकै आशंका र ठूलो स्वर महशुस गरेको तितो यथार्थ भुल्न शायद् केही समय पक्कै लाग्ला नै ।

    यति लामो गन्थनको चुरो कुरो चै के हो भने हामी जस्तो सिधा साधा, कमलो मन र कवि हृदय भएका मान्छेहरुले राजनीति गर्ने नै हैन रहेछ । हाम्रो स्वभाव र अर्थ व्यवस्थाले आजको राजनीति सम्भव छैन । अन्र्तमनले भन्छ– बाबू तिमीलाई कामको भारी अलि बढी नै भो । जिन्दगीले ४६ बसन्त नाघ्न लागि सक्यो सिमित काम मात्रै गर ल ।

    शायद् यस्तै सोचमा छु, प्रियजनहरु । अबको मेरो परिचय सहकारीकर्मी र सञ्चारकर्मी मात्रै होस हालसम्म बाँकी रहेका यी दुई बाहेक सम्पूर्ण जिम्मेवारीबाट तत् तत् निकायका सम्बद्ध अग्रजहरुले हटाउनु भएमा आभारी हुने थिएँ भन्ने बिचार आयो है । सबैको जय होस् ।

  • विचार
  • विचार/ब्लग
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution