• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १३, शुक्रबार | Friday, 27, Jun, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • २पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ३खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ४कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ५लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ६सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया
  • ७बोलेरो दुर्घटनामा १२ जना घाइते, दुई गम्भीर
  • ८चौताराले जित्यो ३० स्वर्ण

जनप्रतिनिधिलाई शिक्षक संघले गर्यो सम्मान

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (३ साल अघि)
  • १२५५ पाठक संख्या
  • Janapratinidhi Samman
    ‌‌‌

    पिस्कर । नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीले गाउँपालिकमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।

    गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा, उपाध्यक्ष गिताकुमारी नेपाल, वडा नं. १ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा, वडा नं. २ चोकटीका वडा अध्यक्ष रमेश राउत, वडा नं. ३ धुस्कुनका वडा अध्यक्ष शिवकुमार कार्की, वडा नं. ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु(विजय), वडा नं. ५ तौथलीका वडा अध्यक्ष यादव श्रेष्ठ, वडा नं. ६ टेकानपुरका वडा अध्यक्ष रमेश बोहरालाई संघले सम्मान गरेको हो ।

    कार्यक्रममा पालिका अध्यक्ष बोहराले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्ने बताए । गाउँपालिकाको विकासको लागि आफू रातदिन नभनि लाग्ने र सबैलाई त्यसरी नै लाग्दै सहयोग गर्न अनुरोध गरे । त्रिपुरासुन्दरी गाउँपालिकाले सरकारले तोकेको विद्यालय कर्मचारीको न्यूनतम तलब समेत नदिएकोले देखिएकोले तलब दिनको लागि आफू लाग्ने बताए । राजनीतिक प्रतिशोधको भावना राखी काम नगर्ने बताउँदै अध्यक्ष बोहोराले हिजो पार्टीको भएको तर अब साझा भएर काम गर्ने जनाए ।

    शिक्षक संघ त्रिपुराको सचिव बलराम नेपालले सञ्चालन गरेको कार्यक्रम शिक्षक संघ त्रिपुराको अध्यक्ष तेजबहादुर बस्नेतको सभाध्यक्षतामा भएको थियो । कार्यक्रम सिद्धीकाली आधारभूत विद्यालयमा गरिएको शिक्षक महासंघ त्रिपुराको सदस्य रामनन्दन शाहले बताए ।

    त्यसैगरी सुनकोशी समाज त्रिपुरासुन्दरी– ३ धुस्कुनले पनि पालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ । एक कार्यक्रम गरी जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको सुनकोशी समाजको रुजन श्रेष्ठले बताए । सुनकोसी समाजले शिक्षा, स्वास्थ लगायत मानवीय सेवा गर्दै आएको समाजको अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

  • खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

  • कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित


  • ग्लोबल अपडेटथप

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk

    खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई

    Run News

    कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित

    Mohan basnet1686494341
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution