• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ २२, आईतबार | Sunday, 05, Feb, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने
  • २दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल
  • ३एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • ४३० परिवारको निःशुल्क जीवन बिमा
  • ५पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ६बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ७पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ८बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)

जिसस सिन्धुका लागि उम्मेद्वारी दर्ता, कांग्रेस-समाजवादी र माओवादी-एमालेबीच गठबन्धन

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ २६, बिहिबार (८ महिना अघि)
  • ७०२ पाठक संख्या
  • Jisasa Chunab copy
    ‌‌‌‌

    चौतारा । जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको आसन्न निर्वाचनमा नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)–नेकपा (एमाले) बीच गठबन्धन भएको छ ।

    जेठ २९ गते हुने प्रमुख, उपप्रमुखसहित नौ सदस्यीय समन्वय समिति निर्वाचनको लागि जिल्लाको पहिलो ठूलो दल कांग्रेस र चौथो पार्टी समाजवादीबीच तालमेल हुँदा क्रमशः दोस्रो र तेस्रो दल माओवादी–एमालेबीच नयाँ गठबन्धन बनेको हो । सत्तारुढ गठबन्धनबाट कांग्रेसले प्रमुखसहित सात सदस्य पाउँदा समाजवादीले उपप्रमुखसहित दुई पद पाउने सहमति भएको छ । यो गठबन्धनबाट कांग्रेको तर्फबाट प्रमुखमा बालकृष्ण श्रेष्ठ र समाजवादीका पदमनाथ नेपालले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले ६ र समाजवादीले एक सदस्य बाँडेर मनोनयन दर्ता गराएका हुन् ।

    सत्तारुढ–प्रतिपक्ष गठबन्धनबाट माओवादीले प्रमुखसहित चार सदस्य र एमालेले उपप्रमुखसहित पाँच सदस्य लिएर उम्मेदवारी दिएका छन् । यो गठबन्धनले प्रमुखमा माओवादीका गणेश बिक र उपप्रमुखमा एमालेका जेपी सिलवालले उम्मेद्वारी दिएका छन् । माओवादीको भागमा थप तीन सदस्य पर्दा एमाले चार सदस्य लिएको छ ।

    सिन्धुपाल्चोकका १२ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले समन्वय समिति निर्वाचनमा मतदान गर्न पाउँछन् । यसरी हेर्दा जिसस चुनावमा २४ जना मतदाता रहन्छन् । कांग्रेस–समाजवादी गठबन्धनसँग १३ मत रहेको छ । यो गठबन्धनसँग ५१ प्रतिशतसहित बहुमत रहेको छ । त्यस्तै माओवादी–एमाले गठबन्धनसँग ११ मत रहेको छ । जिसस जित्न यो गठबन्धनलाई दुई मत पुग्दैन । अन्तिमसम्म अन्यथा नभए कांग्रेस–समाजवादीले जिसस बनाउने पक्का जस्तै छ ।

    स्थानीय तह चुनावमा कांग्रेसले १२ प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष जितेको थियो । तीन अध्यक्ष र चार उपाध्यक्ष जितेको एमालेसँग सात मत छ । चार पालिकामा प्रमुख/अध्यक्ष मात्रै जितेको माओवादीसँग चार मत छ । चौतारा–साँगाचोकगढी नगरको उपप्रमुख जितेको समाजवादीसँग एक भोट छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

  • दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा


  • ग्लोबल अपडेटथप

    नाटकघरसहितको सिन्धु कला मन्दिरको सामुदायिक भवन बन्ने

    Sindhu Kala Mandir

    दिगो विकासको अवधारणा ल्याएका छौंः मन्त्री दुलाल

    Siddiganesh

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution