• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १६, मंगलबार | Tuesday, 30, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

जिसस सिन्धुमा नेपाली कांग्रेसका श्रेष्ठ निर्वाचित

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (११ महिना अघि)
  • ४१६ पाठक संख्या
  • Jilla Samanwoya Samiti Sindhu
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनको प्यानल नै निर्वाचित भएको छ ।

    आईतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भए । श्रेष्ठ बाह्विसे नगरपालिका– ४ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उपप्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी भए । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंगप्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गए । उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका– ४ विन्जेलबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

    समन्वय समितिको सदस्यमा समाजवादी र कांग्रेस गठबन्धनबाट जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपालीले १३/१३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

    निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच गठवन्धन भएको थियो । गठवन्धन अनुसार एमालेसँग ७ भोट र माआवादी केन्द्रसँग ४ भोट रहको थियो । तर गठवन्धनमा घात भएपछि ११ भोट पाउनु पर्ने माओवादीले जम्मा १० भोट मात्र पाए । एक भोट प्रमुखमा खाली रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कुल २४ मतदाता थिए । तर सदस्य तर्फको मतदानमा एमालेले माओवादीलाई र माओवादीले एमालेलाई धोका दिएको मत परिणामले देखाएको छ । सदस्य तर्फ माओवादीका उम्मेदवार एमबहादुर पौडेलले ४, संजीव तामाङले ३ मत मात्रै ल्याए । सदस्य तर्फ नै एमालेका राधिका तिमिल्सिनाको ५, सुनिल पौडेलको ४ र सुस्मीता तामाङको ५ मत मात्रै थियो ।

    निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि गत २६ गते १८ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

  • कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

  • कर्मचारीको कारण सेवा प्रवाह नै बन्द


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution