• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

तातोपानीमा रोकिएको मलबारे सभामुख सापकोटाद्वारा चासो व्यक्त

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
  • ९४० पाठक संख्या
  • Speaker Agni Prasad Sapkota
    फाईल तस्विर

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी भन्सार कार्यालयमा रासायनिक मल रोकिएको विषयमा चासो व्यक्त गरेका छन् ।

    केही दिन यता तातोपानी भन्सारमा ९ हजार ९ सय ७० बोरा (५० मेक्ट्रिक्टन) मल रोकिएको सन्दर्भमा सभामुख सापकोटाले तातोपानी भन्सार प्रमुख नारद गौतम मार्फत जानकारी लिएका हुन् । गौतमले भन्सार कार्यालयका कारण मल नरोकिएको स्पष्ट गर्दै कृषि सामग्री कम्पनीका तर्फबाट कार्य अघि बढाइनु पर्ने बताएका थिए । उनले भन्सार कार्यालयमा रहेको मल बाहिर लान कृषि सामग्री कम्पनी लिमिटेडका तर्फबाट रासायनिक मलको स्वतन्त्र रुपमा गुणस्तर परीक्षण गरी त्यसको प्रतिवेदन प्राप्त हुनु पर्ने जानकारी दिए । कृषि सामग्री कम्पनी लिमिटेडले भने अदालतको आदेशलाई आधार मानेर काम अघि बढाउने जानकारी दिएको छ । सूचना अधिकारी पुन्यप्रसाद उपाध्यायले अदालतको पत्र पछि काम अघि बढाउने जानकारी दिए ।

    त्यस्तै सभामुख सापकोटाले किसानलाई मल उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएका छन् । आईतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले किसानले बाली लगाउने समयमा मल प्राप्त गर्न नसकेको भन्दै सभामुखबाट सरकारका नाममा रुलिङको माग गरेका थिए । सभामुख सापकोटाले आइतबारको प्रतिनिधिसभा बैठकमा कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई सभामुखले ध्यानाकर्षण गराएका थिए । ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ,’ सभामुख सापकोटाले भने– ‘यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’ प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution