• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

चौताराको नीति तथा कार्यक्रमः कृषिमा ९० प्रतिशत पुरानै ‘कपीपेष्ट’

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (४ साल अघि)
  • १३३३ पाठक संख्या
  • Chautra
    ‌‌‌

    चौतारा । ५ वर्ष अघि स्थानीय सरकार बनेसँगै कृषकहरु खुसी बनेका थिए– कृषि क्षेत्रमा उल्लेख्य काम हुन्छ भनेर । तर ५ वर्षमा कृषकको समस्यामा हल नभएपछि स्थानीय तहको दोस्रो निर्वाचनमा अधिकांश कृषक रहेका चौतारा साँगाचोकगढी नगरपालिकाका मतदाताले नयाँ नेतृत्व चुने । तर यो नेतृत्वले पनि कृषकको हितमा नीति तथा कार्यक्रम ल्याउन नसकेपछि कृषक निरास बन्न पुगेका छन् ।

    चौतारा साँगाचोकगढी नगरपालिकाकाको तर्फबाट शुक्रबार उपप्रमुख सीता थापाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ‘कृषि सम्बन्धी नीतिहरु’ आर्थिक वर्ष २०७८/७९ को ‘कपीपेष्ट’ मात्रै भएको कृषकहरुले बताएका छन् । कृषकहरुको बुझाईमा कृषिको नयाँ कार्यक्रम ‘पुरानो बोतलमा नयाँ लेबल’ लगाएजस्तै रूपमा ल्याइएको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिका– ३ का कृषक टंकविक्रम थापाले कृषिसम्बन्धी नीति तथा कार्यक्रमले किसानले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न नसकेको बताए । ‘अहिलेको नीति तथा कार्यक्रम केटाकेटीले चित्र बनाएको जस्तो छ । पुरानै कार्यक्रमलाई टालटुल र गोलमटोल गरी ल्याइयो’, उनले भने– ‘कुनै पनि विशेष क्षेत्रलाई प्राथमिकतामा राखेर परिणाम तोकेर योजनामा समावेश गरिएन् ।’

    हुन् पनि प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको किसानले भोग्दै आएको समस्यालाई समाधान गर्ने खालको विशिष्टीकृत योजनालाई समावेश गर्न सकेको छैन । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ‘कृषि सम्बन्धी नीतिहरु’ ३५ बुँदा समेटेको छ । जसमा अधिकांश बुँदा ‘कपिपेष्ट’ छ । पूर्व नगरप्रमुख अमानसिं तामाङको कार्यकालमा ‘जमिन बाँझो नराखौं, माटोले मागेको रोपौं’, ‘जति धेरै उत्पादन, त्यति धेरै अनुदान’, ‘प्रत्येक किसान उत्पादक बनौं, प्रत्येक उत्पादनलाई उद्यममा जोडौं’, ‘बाली संरक्षण आपतकालिन कोष’ जस्ता नारालाई महत्व दिएर कार्यक्रम लाईएको थियो । त्यसलाई जस्ताको तस्तै राखिएको छ ।

    त्यस्तै संकलन केन्द्रमार्फत कृषि उपजको बजारिकरण गर्ने, अनुदानमा तरकारी, बीऊ, फलफूलको विरुवा वितरण गर्ने, एकीकृत कृषि प्रणाली लागु गर्ने, अन्नबालीको संरक्षणको लागि स्थानीय बीउको संरक्षण गर्ने, रासायनिक मल व्यवस्थापन गर्ने, कृषि यन्त्र वितरण गर्ने, निःशुल्क माटो परीक्षण गर्ने जस्ता नीतिहरु पनि ‘कपिपेष्ट’ गरिएको छ ।

    तरकारी उत्पादनको लागि युवाहरुलाई तालिम दिई स्वरोजगार तथा आत्मनिर्भर गरिने विषय तामाङकै कार्यकालमा ल्याइएको हो । तर, सफल रुपमा कार्यान्वयनमा आउन सकेन । त्यस्तै नीजि तथा बाँझो जग्गामा फलफूल तथा अन्य विरुवा लगाउन कृषकलाई उभिप्रेरित गरिने नीति पनि तामाङकै पालामा ल्याईएको हो ।

    राष्ट्रिय कृषक समूह महासंघका जिल्ला अध्यक्ष चन्द्रबहादुर तामाङका अनुसार बिमा अनुदानलाई शतप्रतिशत गर्न सकिएको भए किसानका लागि आकर्षक कार्यक्रम हुन सक्थ्यो । ‘बीउ, मल, सिँचाइ, शित घर, कृषि औजार, बजारीकरण, भण्डारणमा अनुुदान पनि पुरानै हो’, तामाङले भने– ‘यस्ता अनुदानबाट सक्कली किसानले कुनै पनि क्षेत्रमा सुविधा पाएका छैनन् ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    कृषि सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution