• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

आफ्नै प्रतिबद्धताको खिलाफमा जनप्रतिनिधिः नजर सुविधामा मात्रै

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ अषाढ २२, बुधबार (४ साल अघि)
  • १८९९ पाठक संख्या
  • Chautara
    ‌‌‌

    चौतारा । जनप्रतिनिधिलाई ‘चुनावको बेला थुप्रै आस्वासन बाँड्ने र चुनाव जितेपछि आफूले बाँडेका आश्वासन र मतदातासँग गरेको प्रतिबद्धता भुल्ने’ आरोप लाग्ने गरेको छ ।

    त्यो आरोपलाई सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका जनप्रतिनिधिहरुले पुस्ट्याई गरिदिएका छन् । स्थानीय निर्वाचन २०७९ मा ३१ पृष्ठको प्रतिबद्धता पत्र जारी गर्दै चुनावमा होमिएको नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का उम्मेद्वारहरुले चुनाव जितेको २ महिना नबित्दै आफैंले गरेको प्रतिबद्धताको खिलाफमा उभिएका छन् ।

    नेकपा (माओवादी केन्द्र)बाट नगर प्रमुखको उम्मेद्वार बनेका कृष्णप्रसाद सापकोटाले मतदाताहरु समक्ष गरेको प्रतिबद्धतालाई विश्वास गर्दै ११ हजार ७२ मतदाताले आफ्नो मत दिई विजयी गराएका थिए । त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट उपप्रमुखको उम्मेद्वार बनेकी सीता थापालाई ९ हजार ७ सय २६ मत दिई विजयी गराएका थिए ।

    तर उनीहरुले चुनावको बेलामा गरेको प्रतिबद्धतालाई वेवास्था गरी आफ्नो सुविधा मात्रै उपभोग गर्न थालेको आरोप लाग्न थालेको छ । ‘चुनावको बेला कृषि, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता क्षेत्रमा आमूल परिवर्तन गरी सबैलाई स्वरोजगार बनाउछु भनेका थिए, यिनीहरुले केहि गर्छन् कि जस्तो लागेर भोट हाल्यौं’, चौतारा साँगाचोकगढी नगरपालिका– १ का एक मतदाताले भने– ‘तर यो कार्यकालको पहिलो नीति तथा कार्यक्रमले हाम्रो आशामा पानी खन्याईदियो, ‘जुन जोगी आएपनि कानै चिरेको’ जस्तो देखियो ।’

    कृषि, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता महत्वपूर्ण विषयमा जनप्रतिनिधिहरुले चासो नदिएको उनले बताए । ‘पूर्ण रुपमा लागु गरेको भए अहिलेको नीति तथा कार्यक्रम भन्दा त पुरानै नीति कार्यक्रम जनमुखी थियो’, उनले भने– ‘अहिले त आफूमात्रै सुविधा भोग गर्ने, आफू ठेकेदार बन्न डोजर खरिद गर्नेजस्ता कुरा पो समेटिएछ । अरुलाई के दोष दिनु, यस्तालाई चुनाव जिताउने हामी नै उस्तो नि ।’

    हुन पनि गणतन्त्र पक्षधरलाई जिताऔं भन्दै चुनाव अघि सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा उनीहरुले आधुनिक तथा दिगो कृषिः किसानको समृद्धि, शिक्षा प्रणालीमा आमूल परिवर्तनः गुणस्तरीय शिक्षाको आधार, स्वास्थ्यमा आम नागरिकको पहुँचः स्वस्थ समाज निर्माणको आधार, दिगो तथा वातावरणमैत्री पूर्वाधार विकासको मूल आधार, आर्थिक–भौतिक र सामाजिक सुरक्षाः नगर सुशासनको आधार, वैज्ञानिक बन व्यवस्थापनः स्थानीय रोजगार तथा आर्थिक समृद्धि, जलवायुजन्य प्रकोपको आंकलन तथा तयारीः जोखिमको न्यूनिकरण, स्थानीय मानवस्रोतको विकासः समग्र समृद्धिको आधार, प्राकृतिक तथा शैक्षिक पर्यटनस्थलको विकासः स्थानीय रोजगारमा योगदान, खेलकुद र संरचनामा लगानीः युवाको विकास र नगरको पहिचान, परम्परागत कला संस्कृतिको प्रबद्र्धनः इतिहास र पहिचानको संरक्षण, सूचना र प्रविधिमा पहुँचः पारदर्शीता र सुशासन सुनिश्चितता, सहकार्यमा जोडः स्रोतमा पहुँच र कामको प्रभावकारितामा बृद्धि, लैंगिक तथा समावेशीकरणको विस्तारः सामाजिक न्यायमा अभिबृद्धि, बजारीकरण र नीजि क्षेत्रको संलग्नताः स्थानीय उत्पादनको मुनाफामा बृद्धि, आत्मनिर्भर अर्थतन्त्रको विकासः समाजवादको आधारजस्ता नीतिमा रही २ सय २६ बटा बुँदा सार्वजनिक गरेका थिए ।

    प्रतिबद्धता पत्रमा उल्लेख गरिएका ती बुँदाहरु नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा ५ प्रतिशत पनि समावेश छैन । ‘ठूलै चुनौतिको बीच आएका हाम्रा जनप्रतिनिधिहरुले प्रतिबद्धतापत्र अनुरुप काम गर्छन् भन्ने थियो, तर त्यस्तो देखिएन’, चुनावको समयमा प्रतिबद्धता पत्र लेखनमा सक्रिय भूमिका निभाएका एक सदस्यले भने– ‘हामीले उहाँहरुले के के गर्न सक्नुहुन्छ भनेर बृहत छलफल गरी नै प्रतिबद्धता पत्र तयार पारेका थियौं । प्रतिबद्धता पत्रमा समेटिएका बुँदाहरु नीति तथा कार्यक्रममा समेट्न नसकेको देख्दा दुःख लाग्यो ।’

    आफूलाई मत दिएर जिताएका जनताको हित अनुकुल जनमुखी बजेट ल्याउनुपर्नेमा त्यसो हुन सककेको उनले बताए । ‘१ अर्ब २४ करोड रुपैंया भनेको सानो बजेट हैन, यो रकम योजनाबद्ध रुपमा सहि सदुपयोग गर्ने हो भने ५ वर्षमा नगरका सबै सक्षम व्यक्तिहरु रोजगार हुनेछन्, विकासले कायापलट रुप लिन्छ’, उनले भने– ‘तर सरसर्ति नीति तथा कार्यक्रम हेर्दा त्यसो हुने छाँटकाँछ छैन, कर्मचारीले खेलाएका कारण हो या आफ्नो ‘भीजन’नै नभएर हो जनताको पक्षमा कुनै ठोस नीति आएको देखिएन ।’

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution