• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १८, बुधबार | Wednesday, 02, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

तालिम, गोष्ठी र बैठकमै १ करोड सकाउँदै चौतारा साँगाचोकगढी

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ अषाढ ३१, शुक्रबार (२ साल अघि)
  • २२६९ पाठक संख्या
  • Chautara Sagachookgadhi Nagarpalika copy
    ‌‌‌‌

    चौतारा । समृद्धिका लागि आयमूलक क्षेत्र र जीविकोपार्जन क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता छ । स्थानीय सरकारसँग नागरिकको अपेक्षा र माग पनि विद्युत, खानेपानी, सिँचाइ, कृषि, मल, साना उद्योग लगायतका क्षेत्रको विकासमा छ ।

    तर, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भने स्थानीय सरकारसँग नागरिकको अपेक्षा र मागलाई वेवास्था गर्दै आर्थिक वर्ष २०७९/०८० को लागि तालिम, गोष्ठी र बैठकजस्ता फजुल खर्चमा मात्रै १ करोड भन्दा बढी रुपैंया विनियोजन गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को शाखागत बजेट, योजना तथा कार्यक्रममा उल्लेख भए अनुसार एक आर्थिक वर्षको लागि तालिम, गोष्ठी र बैठकमा १ करोड ५० हजार रुपैंया विनियोजन गरिएको हो । यो अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २ सय ३१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा यी शीर्षकमा जम्मा गत वर्ष ४३ लाख ५० हजार रुपैंया मात्रै विनियोजन गरिएको थियो ।

    नगरपालिकाले विनियोजन गरेको शाखागत बजेटमध्ये सबै भन्दा बढी तालिम, गोष्ठी र बैठकमा खर्च गर्न शिक्षा शाखा अग्रसर देखिन्छ । शिक्षा शाखाले ४ करोड १५ लाख बजेट मध्ये तालिम, गोष्ठी र बैठकमा ३७ लाख विनियोजन गरेको छ । जसमा आधारभूत शिक्षकहरुको लागि कम्युटर तालिमका लागि ५ लाख, प्रधानाध्यापक बैठक तथा गोष्ठीका लागि ५ लाख, बालबालिका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम ७ लाख, माध्यमिक तहको शिक्षकहरुको लागि विषयगत तालिम ५ लाख, पाठ्यपुस्तक पुनरावलोकन तथा समिक्षा गोष्ठी १ लाख, आधारभूत तहको प्रधानाध्यापकहरुको नेतृत्व विकास तालिम १ लाख ५० हजार, माध्यमिक शिक्षकहरुको लागि विषयत बैठक २ लाख ५० हजार, बैठक भत्ता ३ लाख, आधारभूत तह शिक्षकका लागि अंग्रेजी तालिम ५ लाख, इएमआईएस/एसआईपी अध्यावधिक तालिमका लागि २ लाख खर्चिने भएको हो ।

    त्यस्तै स्वास्थ्य तर्फ ३ करोड ५० लाख बजेटमा ३१ लाख ५० हजार तालिम, गोष्ठी र बैठकको लागि छुट्याईएको छ । वार्षिक, अर्धवार्षिक समिक्षाका लागि ५ लाख, मासिक समिक्षा गोष्ठीमा ५ लाख, आरआरटीलाई तालिम १ लाख, स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्धि तालिम ५ लाख, महिला स्वयम्सवीकालाई तालिम ४ लाख ५० हजार, आमा समूह बैठक तथा खाजा खर्च ११ लाख गरी कुल ३१ लाख ५० हजार रुपैंया तालिम, गोष्ठी र बैठकको लागि छुट्याईएको हो ।

    न्यायिक समितितर्फ भने विनियोजित बजेटको ७५ प्रतिशत नै तालिम र भ्रमणको लागि छुट्याईएको छ । कुल १० लाख विनियोजित बजेट मध्ये मेलमिलापकर्ता र न्यायिक समितिको पदाधिकारीहरुको क्षमता विकास तालिम ४ लाख, अध्ययन भ्रमण ३ लाख ५० हजार गरी ७ लाख ५० हजार खर्च गरिने भएको हो ।

    त्यस्तै, होमस्टे सञ्चालन तालिम, अवलोकन भ्रमणका लागि २ लाख ५० हजार, लैङ्गिक हिंसा न्यूनिकरणको लागि पुरुष सहभागिता अभिमुखिकरणका लागि २ लाख, महिला समूह गठन÷पुर्नगठन, अनुशिक्षणका लागि २ लाख, नगर तथा वडा स्तरीय दलित समन्वय समिति परिचालन बैठकका लागि २ लाख, नेतृत्व विकास तथा सशक्तिकरण तालिमका लागि ३ लाख, बालसञ्जाल भेला तथा अभिमुखीकरणका लागि २ लाख, कृषि तालिम तथा गोष्ठीका लागि ५ लाख, पशु सेवा तालिम, गोष्ठी, अध्ययन भ्रमणका लागि ५ लाख, सामुदायिक तथा कवुलियती बन समूहको समिक्षा तथा योजना तर्जुमा गोष्ठीका लागि १ लाख छुट्याईएको छ ।

    यस्ता फजुल र अनुत्पादक खर्चले विकासलाई बाधा पारेको छ । करोडौंको खर्चबाट हुने क्षमता अभिवृद्धि, सेवा प्रवाह र जनचेतना वृद्धिमा कति प्रगति भयो भन्ने चाहिँ अनुत्तरित छ । बग्रेल्ती तालिम, गोष्ठी सरकारी रकम सिध्याउने कारक बनेका छन् । यस्ता काममा जनप्रतिनिधिनै अग्रसर हुनुले ‘गाउँगाउँमा सिंहदरबार’ को नाममा ‘गाउँ गाउँमा छोटे राजा’ पसेको भान भईरहेको स्थानीय नागरिकहरुले भन्दै आएका छन् ।

    हेर्नुस् चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को शाखागत बजेट, योजना तथा कार्यक्रम

  • फजुल खर्चको भारः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution