• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

तातोपानीबाट लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ श्रावण ७, शनिबार (६ महिना अघि)
  • ३५४ पाठक संख्या
  • Tatopani naka
    ‌‌‌

    तातोपानी । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो ।

    कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट सामग्री आयातमा कमीलगायत विविध समस्याका बाबजुत गत आर्थिक वर्षको असारसम्म दोब्बरभन्दा बढी राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नाराद गौतमले जानकारी दिए । उनका अनुसार लक्ष्य एक अर्ब ४६ करोड रहेकामा तीन अर्ब ४२ करोड अर्थात् २३३ प्रतिशत राजस्व उठेको हो ।

    सामान आयात, मापदण्डको पालना र व्यवसायीलाई दिइएको प्रशिक्षण लगायतका कारणले सोचेको भन्दा राम्रो संकलन भएको प्रमुख भन्सार अधिकृत गौतमको भनाइ छ । त्यस्तै भन्सारले अवलम्बन गरेको शीघ्र जाँच पासका प्रणाली तथा सेवा प्रवाहमा चुस्त दुरुस्त भएका कारण पनि उपलब्धिको पाटो राम्रो रहेको प्रमुख भन्सार अधिकृत गौतमको तर्क छ । संकलित मध्ये मासिक औसत ३० करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको लक्ष्य चार अर्ब ५० करोड रहेकामा एक अर्ब दुई करोड उठेको थियो ।

    आगामी वर्ष भने लक्ष्य चार अर्ब ६२ करोड रहेको उनले जानकारी दिए । उनका अनुसार चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनरहरू आउने क्रम निकै कम छ । मेसिनरी, रोल कपडा तथा स्याउलगायत वस्तु आयात हुने उक्त नाकाबाट दैनिक कहिले चार र कहिले आठसम्म कन्टेनर आउने गरेको उनले बताए ।

    प्रमुख भन्सार अधिकृत गौतमका अनुसार अरूको अनुपातमा रोल कपडा बढी आउने गरेको छ । त्यसपछि स्याउ तथा मेसिनरी उपकरणहरू आयात भएको छ । चाडपर्वका ल्याउने सामग्री बढी आउँदा र नाका अलि सहज भएको खण्डमा लक्ष्यमा पुग्न सक्ने सम्भावना रहेको समेत उनले बताए । सडकको कारणले लोड गरिएका कन्टेनर भ्यानहरू नआएकोभन्दा पनि चीनबाटै आयतमा कमी भएको गौतमले बताए ।

    सरकारले जोडदार पहल गरेर नाका सहज सञ्चालन हुने वातावरण बनाउनुपर्ने पत्रकार दिनेश दुलाल बताउँछन् । भुकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution