• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन ८, सोमबार | Monday, 25, Sep, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • २सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ३१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ४संविधानको उपलब्धीबारे परिसम्वाद
  • ५साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ६प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ७दुर्घटनामा दुई विद्यार्थी नेताको निधन
  • ८क्यान सिन्धुले गर्यो १२औं साधारणसभा तथा साईबर सुरक्षाबारे कार्यशाला

हाम्रो दुई वर्षे यात्राः जनताको आवाज बन्यौं

सुन्दर शिरीषप्रकाशित मिति: २०७९ श्रावण १८, बुधबार (१ साल अघि)
  • ३६७ पाठक संख्या
  • Sampa
    ‌‌‌

    ग्लोबलपाटी डटकम आजबाट दोस्रो वर्ष पार गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी पाठकहरुसँग उत्साह बाँड्न चाहन्छौं । यतिन्जेलसम्म पाठकहरुबाट प्राप्त विश्वास, उत्प्रेरणा र खबरदारी हाम्रा अमूल्य आर्जन हुन् । विश्वसनीय अनलाइन हुनुको परिचय पनि यही हो भन्ने हाम्रो ठम्याइ छ । यसको निरन्तरताको अपेक्षा राख्दछौं ।

    २०७७ साउन १८ गते हामी तपाईंमाझ आएका थियौं । यस अवधिमा हाम्रो सबैभन्दा ठूलो प्राप्ति भनेको तपाईंको अगाध माया र सद्भाव हो । हामीले तपाईंबाट थप सुझाव र रचनात्मक सल्लाहको अपेक्षा गरेका छौँ । यो माया र सद्भावलाई बचाएर राख्ने चुनौतीबीच हामीले पाठक र दर्शकसँग प्रतिबद्धता जनाउने बेला भएको छ ।

    निष्पक्ष र व्यावसायिक पत्रकारिताभन्दा हाम्रो अर्को लक्ष्य र प्रतिवद्धता छैन । दलगत या अन्य कुनै प्रकारका कर्पोरेट स्वार्थलाई विगतमा जसरी नै हामी आगामी दिनमा पनि प्रश्रय दिने छैनौँ । यस अवधिमा हामीले बाटो बिराएकाहरूप्रति निरन्तर खबरदारी गर्यौं, चाहे सत्ता सञ्चालक हुन् वा कर्मचारी, सार्वजनिक जिम्मेवारीमा रहेकाहरू हुन् वा समाजका सरोकारवाला व्यक्ति, संस्था र निकायहरू हुन् । हामी चाहन्छौँ, हामीप्रति पनि नागरिकको यस्तै खबरदारी जारी रहनुपर्छ ।

    जुनसुकै माध्यमबाट गरिने पत्रकारिता होस्; त्यो मूलतः भूइँमान्छे र राज्यबीचको सेतु हो । राज्यमाथिको प्रश्नकर्ता हो । प्रतिपक्ष हो । सूचनाको हुलाकी हो । सरकार फेरिए पनि ग्लोबलपाटीले यो दायित्व भुलेको छैन । विगतमा प्रकाशित हाम्रा सामग्रीहरु प्रमाणका रुपमा सधैं रहनेछन् । विश्वसनीयतालाई केन्द्रमा राखेर अझै पूर्ण र सम्पूर्ण अनलाइन बनाउने हाम्रो प्रयास जारी नै छ । सबै प्रयत्नका केन्द्रमा स्वतन्त्र, जिम्मेवार र जवाफदेही पत्रकारिता नै हाम्रो मूल मन्त्र हुनेछ ।

    विधिको शासन, सामाजिक न्याय, सुशासन र मानवअधिकार लोकतन्त्रका प्राण हुन् । यी प्राण बचाउने दायित्व नागरिक, राजनीतिक दल, कर्मचारीतन्त्रसँग मात्र होइन, हामीमा पनि उत्तिकै छ । यसलाई हामीले दह्रोसँग र जिम्मेवारीपूर्वक आत्मसात् गरेका छौँ, गरिरहनेछौँ । यस अवधिमा हामीले जे गर्यौं, पाठक र दर्शकले मूल्याङ्कन गर्ने कुरा हो तर हामी यतिमै चित्त बुझाएर बस्नेछैनौँ । सूचना, विचार र बहस सँगसँगै राष्ट्र र समाजलाई दिशानिर्देश गराउन सकियो भने मात्र हामी हाम्रो उद्देश्य र कर्ममा सफल बन्न थालेको ठान्नेछौँ ।

    अन्त्यमा, दुई वर्षको यो यात्रामा साथ दिनुहुने समस्त पाठक, दर्शक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छौँ ।

    – सुन्दर शिरीष (सम्पादक)

  • सम्पादकीय:
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

  • संविधानको उपलब्धीबारे परिसम्वाद


  • ग्लोबल अपडेटथप

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n

    संविधानको उपलब्धीबारे परिसम्वाद

    Parisambad
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution