• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० मंसिर १८, सोमबार | Monday, 04, Dec, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मेलमिलाप सम्बन्धी तालिम सुरु
  • २तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र
  • ३जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता
  • ४टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी
  • ५नेपानेमा बेवारिसे भरुवा बन्दुक फेला
  • ६सिन्धुपाल्चोक ७ पालिकाले तिरेनन् विद्युत महसुल 
  • ७१४औं वर्षमा मैत्री बचत तथा ऋण सहकारी, विद्यार्थी र बचतकर्तालाई सम्मान
  • ८मालिकादेवी कप फुटबल प्रतियोगिता सुरु

३ महीनादेखि तातोपानीमा १० हजार बोरा मल अलपत्र

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ श्रावण १९, बिहिबार (१ साल अघि)
  • ५०९ पाठक संख्या
  • Tatopani Mal
    ‌‌‌

    तातोपानी । उत्तरी नाका तातोपानीमा ३ महीनादेखि करीब १० हजार बोरा युरिया मल अलपत्र अवस्थामा छ ।

    किसानले मलकाे चरम अभाव भोगिरहँदा आयातकर्ता कम्पनी र कृषि सामग्री कम्पनीको लापरबाहीले ९ हजार ९७० बोरा युरिया मल अलपत्र परेको हो । सरकारी अनुदानको मल खरीदविक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको ठेक्का पाएका दुई कम्पनी सिल्क र सिनोभ्याकले चीनबाट किनेर ल्याउन ढिलाइ गरेपछि समस्या शुरू भएको थियो । सम्झौताबमोजिम १ सय २० दिनभित्र मल कृषि सामग्री कम्पनीलाई जिम्मा लगाई सक्नुपर्ने थियो । तर, उक्त समयसीमाभित्र ती दुई कम्पनिले मल ल्याउन सकेनन् ।

    त्यसपछि कृषि सामग्रीले २१ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै जारी गरेको सूचनालाई समेत सिल्क र सिनोभ्याकले बेवास्ता गरे । कृषिले दुवै कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गर्‍यो । अदालतमा मुद्दा चलिरहँदा तातोपानी नाकामा मल आइपुग्यो । आयातकर्ता कम्पनीले मल आइपुगेको जानकारी गराए पनि कृषिले बुझ्न मानेन । भन्सारबाट मल भित्र्याउँदा गर्नुपर्ने गुणस्तर परीक्षणका लागि कृषि सामग्रीले विज्ञसहितको सर्वेयर टोली पठाउनुपर्नेमा त्यो पनि गरेन ।

    यो हानाथापले गर्दा लामो प्रक्रिया पूरा गरेर भन्सार आइपुगेको मल कुहिने अवस्था आएको छ । कृषि सामग्रीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्की अदालतले ‘स्टे अर्डर’ जारी गर्दै मल बुझ्न र सहजीकरण गरिदिन कम्पनीलाई पत्र पठाएपछि कम्पनीले सर्वेयर टोली तातोपानी पठाएर सहजीकरण गरिदिए पनि मल नभित्रिएको बताउँछन् । यसबीचमा तातोपानी भन्सारले आयातकर्ता कम्पनीलाई मल बिग्रन सक्ने भन्दै चाँडोभन्दा चाँडो भन्सारबाट मल छुटाउन दुईपटक ताकेता गरेको भन्सार प्रमुख नारद गौतमले जानकारी दिए । ‘तर, आयातकर्ता कम्पनी सम्पर्कमा आएको छैन,’ उनले भने ।

    मल गत वैशाख ३० गते तातोपानी भन्सारमा आइपुगेको थियो । स्रोतका अनुसार मल आयातकर्ता कम्पनीले तातोपानीस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको गोदाममा मल राखेको ३ महीनाको भाडा नै करीब ५५ लाख रुपैयाँ पुगिसकेको छ । आयातकर्ता दुवै कम्पनी उक्त भाडा मिनाहा गराउने खेलमा लाग्दा मल नेपाल भित्रन नसकेको स्रोतको दाबी छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मेलमिलाप सम्बन्धी तालिम सुरु

  • तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र

  • जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता

  • टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी


  • ग्लोबल अपडेटथप

    मेलमिलाप सम्बन्धी तालिम सुरु

    Melmilap Pro

    तेक्वान्दोको प्रतियोगिताको तयारी तीव्र

    Tekwando

    जुगल र बाल सञ्जालले गर्यो देउसी भैलो प्रतियोगिता

    Dance

    टेवल टेनिस प्रतियोगितामा कमल, मिलन र विकास विजयी

    Table tenis
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution