• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

बहुप्राविधिक शिक्षालयलाई नसुधारे आन्दोलन गर्ने चेतावनी

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ श्रावण २३, सोमबार (४ साल अघि)
  • १८८४ पाठक संख्या
  • Dinesh Ramji Memorial Polytechnic Institute
    ___

    चौतारा । सिन्धुपाल्चोकको चौतारामा रहेको दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालयमा शैक्षिक गतिविधी सुधार गर्नुपर्ने लगायतका माग राखेर विद्यार्थीहरु आन्दोलित भएका छन् ।

    बहुप्राविधिक शिक्षालय सबैको गौरवको विषय भएको भन्दै शिक्षालयमा भएको विकृति र आफूहरुको जायज माग पूरा गर्नुपर्ने भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले शिक्षलयसँग अध्यापन नहुने विषयको अघिल्लो दिनमै पूर्व सूचना दिनुपर्ने, लाइब्रेरिमा सेमेस्टर अनुसार पुस्तकहरुको व्यवस्था गरिनुपर्ने, वर्कशपको पढाई नभएकोले पढाइ हुनुपर्ने, डिआईको जिम्मेवारी पूरा गर्नुपर्ने, खेलकुद सामग्रीको व्यवस्था गर्दै स्पोर्ट डे लागु गर्नुपर्ने माग राखेका छन् ।

    त्यस्तै छात्राहरूको लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था हुनुपर्ने, नियमित तोकिएको समयसम्म कक्षा सञ्चालन गर्नुपर्ने, हाजिरी लागु गर्नुपर्ने, कम्प्युटर ल्याव व्यवस्थित गर्नुपर्ने, विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने र शिक्षालय प्रमुखले नियमित अनुगमन गर्नुपर्ने माग राखिएको अखिल (क्रान्तिकारी) दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय इकाई समितिका अध्यक्ष रुपक दुलालले बताए ।

    शिक्षालयमा केही समस्याहरु देखिदै आएको र त्यसको कुनै समाधान नभएको भन्दै उनले उत्पन्न समस्याको समयमै निराकरण गर्न सकिएन भने गम्भीर रुप लिने विद्यार्थीको भविष्य र शिक्षालय सञ्चालनमा समेत प्रश्न उठ्न सक्ने भएकाले आफूहरुले शिक्षालयको ध्यानाकर्षण गरेको बताए ।

    विद्यार्थीहरुले आईतबार शिक्षालय प्रमुख रामचन्द्र दाहाललाई लिखित रुपमा माग पेश गर्दा लिन नखोजेपछि सोमबार शिक्षालयको सूचनापाटीमा माग टाँस गरी आन्दोदनको चेतावनी समेत दिएका छन् । ‘विद्यार्थीका अत्यावश्यक विषयहरुमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) इकाई समितिले ध्यानाकर्षण पत्र बुझाउन जाँदा प्रमुख रामचन्द्र दाहालले पत्र समेत नलिई विद्यार्थीले उठाएका विषय छलफल गर्ने वातावरण बन्न सकेको छैन’, अध्यक्ष दुलालले भने– ‘शिक्षालय प्रमुखले विद्यार्थीहरुको गुनासो सुन्ने, बुझ्ने, छलफल गर्न समेत सकारात्मक नहुनु आफैंमा गैरजिम्मेवारी पन हो ।’

    उनले विद्यार्थीका आधारभूत विषयसमेटी राखिएको मागको सम्बोधन नभएमा चरणबद्व आल्दोलन गर्ने चेतावनी समेत दिए । शिक्षालय प्रमुख दाहालको गैरजिम्मेवारी कार्यबाट आउने सक्ने परिणामको स्वतः शिक्षालय र शिक्षालय प्रमुख जिम्मेवारी हुने समेत दुलालले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution