• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

सिन्धुमा बाढी पहिरोको वितण्डा (कहाँ के के भयो, अपडेट र तस्वीरहरू)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (४ साल अघि)
  • २८८० पाठक संख्या
  • Pahiro4

    चौतारा । लगातार तीनदिनदेखि परेको अविरल वर्षका कारण सिन्धुपाल्चोकको जनजीवन कष्टकर बनेको छ । बाढी र पहिरोको त्रासले सिन्धुबासी चिन्तित छन् ।

    चौतारा साँगचोकगढी नगरपालिका– १३ ठूलोसिरुवारीको जङ्गलछापमा पहिरो जाँदा दुई घरमा क्षति पुगेको छ । सोमबार राती पानीसँगै गएको पहिरोका कारण १२ घर उच्च जोखिममा परेको छ । ‘अत्याधिक वर्षाका कारणले गर्दा स्याउली टोलको बस्तीमा पहिरो आई जंगलछापमा रहेको घना बस्ती नै जोखिममा परेको छ’, स्थानीय सागर श्रेष्ठले भने– ‘जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानन्तरण नगरिए यसले ठूलो विपद् ल्याउने देखिन्छ । वर्षाको कारण घरहरु पुरेको र पार्किङमा राखेको गाडी समेत बगाएको उनले बताए ।

    चौतारा साँगाचोकगढी वडा नम्बर १० को हर्रेमा अविरल बर्षाका कारण काँडे, हर्रे डाँडा र विमरेनी बस्ती उच्च जोखिममा परेको स्थानीयले जानकारी दिएका छन् । पहिरोले बन्देउ चौतारा सडक समेतअबरुद्ध भएको छ । अहिले एक तर्फी सडक खलाईएको र दुई तर्फ खुलाउने कार्य भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ र १० को सीमा सुकुटे बजार नजिकै घुमाउने भन्ने स्थानमा स्थानीय अधेंरी खोला गाउँमा पस्दा स्थानीयको घर, टहरामा क्षति पुगेको छ । दुबै वडाको तीन/तीन वटा घर क्षति भएको छ । धानबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।

    पहिरोका कारण सिन्धुपाल्चोकका दुई दर्जन बढी बस्ती उच्च जोखिममा परेका छन् । पहिरोले यो वर्ष मेलम्ची नगरपालिका– २ निबुगाउँका १६ घर उच्च जोखिममा पारेको छ । साउन २० गते घरमूनिको पहिरोले निबुगाउँलाई उच्च जोखिममा बनाएपछि मेलम्ची नगरपालिकाले सुरक्षित स्थानमा टेण्ट हालेर राखिएको मेयर आइतमान तामाङले जानकारी दिए ।

    हेलम्बु गाउँपालिका– ५ सिरिसेका १० घर पहिरोले उच्च जोखिममा पारेको छ । उक्त घरहरुलाई सुरक्षित स्थानमा सारिने सो गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । बाह्रबिसे नगरपालिका –९ राम्चेको डाँडाबिसौनाका चार घर जोखिममा पारेको छ । उक्त घरहरुलाई सुरक्षितका लागि नगर र जनप्रतिनिधि काम गरिरहेको मेयर बालकृष्ण बस्नेतले जानकारी दिए ।

    त्यस्तै जुगल गाउँपालिका– ५ मगरनाम्सा गाउँमा पहिरोले नौ घर उच्च जोखिममा पारेको छ । सो गाउँपालिकाका अध्यक्ष रेशम स्या्ङबोले उक्त बस्तीलाई सुरक्षित स्थानमा सारिने काम थालिएको बताए ।

    लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची यातायातसेवा अवरुद्ध भएको छ । सिपाघाट–मेलम्ची सडक खण्ड अन्तर्गत विभिन्न ४ ठाउँमा पहिरो गएर यातायात अबरुद्ध भएको हो । जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरोमा पहिरो गएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

    अबिरल वर्षाको कारण सिन्धुपाल्चोकको विभिन्न ठाउँमा बाढी र पहिरोले स्थानीय डर त्रासले आक्रन्त रहेको भन्दै नेकपा (एमाले) बागमती प्रदेश सदस्यमा सुरेश रानाले स्थानीय सरकार र सरोकार सम्बन्धित निकायलाई राहत र उद्वारमा लाग्न पनि अपिल गरेका छन् । केहि जनप्रतिनिधि विपद् स्थलमा पुगि पीडितको पीडामा दर्शकमात्रै बन्ने काम गरिरहेको भन्दै उनले तत्काल राहत र उद्दारमा नलाग्ने हो भने जनप्रतिनिधिको महसुस नहुने बताए ।

    त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका– ९ का पूर्व अध्यक्ष विष्णु लामाले जल्किनी–भैसे मोटर बाटो क्षतविक्षत भएको भन्दै सो बाटोको अबरोध शीघ्र हटाउन र जोखिममा रहेका घर बस्तीको ब्यवस्थापनको लागि अपिल गरेका छन् ।

    हेर्नुस् तस्वीरमा बाढी पहिरोको वितण्डाः

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    फोटो कथा सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution