• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १६, मंगलबार | Tuesday, 30, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

गाईजात्रा मनाइँदै, देशभर सार्वजनिक बिदा

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ श्रावण २७, शुक्रबार (९ महिना अघि)
  • ३८७ पाठक संख्या
  • Gai Jatra

    चौतारा । आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा हो । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ ।

    त्यस्तै आजै रक्षाबन्धन पनि परेको छ । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ । तर, यो वर्ष आज नै रक्षाबन्धन पनि रहेकाले देशभर सार्वजनिक बिदा छ ।

    नेवार समुदायभित्र मनाईने गाईजात्रा र नेपाली हिन्दुहरुको महान् चाड कृष्ण जन्माष्टमीलाई लक्षित गर्दै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराको आकाशभरि नै चँदुवाले सझाइएको छ । परापूर्वकालदेखि मनाइँदै आएको गाइजात्रा पर्व र कृष्ण जन्माष्टमीलाई अझ आकर्षक र भव्यरुपमा मनाउन चौताराको पूरानो बजारलाई दुलही झै शृंगारिएको हो । हरेक गाईजात्रामा यहाँ भव्य मेला लाग्दै आएको छ । यस वर्ष पनि अझ भव्यरुपमा मनाउन सिन्धु नेवा खलले विभिन्न कार्यक्रमहरुको तयारी गरेको छ । बजारमा सरसफाई गरिएको छ भने चँदुवाले आकाश ढाकेको छ ।

    नेवा खलको अनुसार यसपटक सानासाना बालबालिकाहरुले धिमे बाजा बजाउने छन् भने बुहारी र छोरीहरु घिन्ताङघिसी ट्वाकमा नाच्ने छन् । दिउँसो ३ बजेबाट सुरु हुने गाईजात्रा कार्यक्रममा स्थानीय कविहरुबीच व्यँग्यत्मक कविता बाचन प्रतियोगिता हुने छ । लाखे लगायत विभिन्न झाकी र मरुनी प्रस्तुत हुने छ । कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्र रत्न शाक्यका अनुसार यसपटक पनि गाईजात्राको अवसरमा कृष्ण मन्दिरको भित्तामा हास्य व्यँग्यात्मक हस्त लिखित भित्ते पत्रिका टाँसिने छ । जुन प्रत्यक गाईजात्रामा यहाँका स्थानीयहरुका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ।

    २०३६ सालबाट सुरु भएको व्यँग्यात्मक भित्ते पत्रिकामा स्थानीय राजनीतिक, सामाजिक, साँस्कृतिक र प्रशासनीक विकृति र विसंगतिविरुद्धका सामाग्रीहरुले स्थान पाउँदै आएको छ । त्यस्तै यसपटक गाईजात्रा र क्वाँटी पूनि (जनै पूर्णिमा) एकै दिन परेको हुनाले गाईजात्रा मनाउन आउने भक्तजन एवम् सहभागि सबैलाई क्वाँटी खुवाउने कार्यक्रम पनि रहेको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए । यससँगै गाइजात्रा हुने नियमित कार्यक्रम बाजागाजासहित तहामचा र गाईले बजार परिक्रममा गरिने पनि खलले जनाएको छ ।

    त्यस्तै बाह्रविसे, जलविरे, तौथलीजस्ता शहरक्षेत्रमा पनि आज आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

  • कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

  • कर्मचारीको कारण सेवा प्रवाह नै बन्द


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution