• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

तातोपानी नाका पूर्णरूपमा बन्द, खुल्नेबारे अन्याेल

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ श्रावण २९, आईतबार (३ साल अघि)
  • ९८३ पाठक संख्या
  • Tatopani Naka

    तातोपानी । चीन सरकारले तिब्बतको विभिन्न स्थानमा कोभिड–१९ संक्रमण दर बढेको भन्दै तातोपानी नाकाबाट आयातनिर्यात बन्द गरेको छ ।

    एकतर्फी रूपमा नाका बन्द गरिएका कारण कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । ‘चार दिनयता यो नाका हुँदै चीनबाट कुनै पनि सामग्री आयात भएको छैन,’ शनिवार आर्थिक अभियानसँग कुरा गर्दै उनले भने, ‘चिनियाँ अधिकारीहरूले पनि यो विषयमा हामीलाई कुनै जानकारी दिएका छैनन् । नाका कहिले खुल्छ भन्ने अन्योल छ ।’

    प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले तिब्बतमा कोभिड संक्रमण बढेर आयात रोकिएको भन्ने जानकारी प्राप्त भएको बताए । ‘खासाक्षेत्रमा ५० भन्दा बढी कोभिड संक्रमित भेटिएको खबर आएको छ,’ उनले भने, ‘त्यही कारण आयातनिर्यात बन्द गरिएको उनीहरूले जानकारी दिएका छन् ।’ उनले पनि नाका कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको बताए । कोभिड–१९ शुरू भएयता तातोपानी नाका वान वे सञ्चालन हुँदै आएको छ । नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित छ । केही समयपहिले नाकाबाट वस्तु आयात बढाउन दुवै देशका स्थानीय प्रशासन सहमत भएका थिए । तर, चीनमा पुनः कोरोना बढ्न थालेपछि नाकाबाट आयात रोकिएको हो ।

    नाका पुनः खुला गराउन शुक्रवार सभामुख अग्निप्रसाद सापकोटाले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग छलफलसमेत गरेका छन् । भेटमा दुई देशबीचका व्यापारिक नाका खुला गराउने सम्बन्धमा छलफल भएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार भेटमा राजदूत यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गर्दै नाका सञ्चालनका लागि चीन सदैव सकारात्मक रहेको बताएकी थिइन् । तातोपानी नाका बन्द हुनुपूर्व दैनिक चारदेखि आठ कन्टेनर चिनियाँ सामान नेपाल आयात हुँदै आएको थियो । स्याउ, मेशिनरी उपकरण, रोल कपडा नाकाबाट आयात भइरहेका थिए ।

    जुरे पहिरो, भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायत विपद्का कारण तातोपानी नाका बन्द हुने र खुल्ने हुँदै आएको छ । नाका पूर्ण रूपमा सञ्चालन गर्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार व्यापार संघले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution