• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ २७, शुक्रबार | Friday, 11, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

सिन्धुपाल्चोकका १ हजार ८ सय ७८ उम्मेदवारले बुझाएनन् खर्च विवरण (सूचीसहित)

ग्लोबलपाटीप्रकाशित मिति: २०७९ भाद्र २, बिहिबार (२ साल अघि)
  • ९६३ पाठक संख्या
  • Nirwachan1

    चौतारा । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका सिन्धुपाल्चोकका १ हजार ८ सय ७८ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् ।

    निर्वाचन आयोगका अनुसार सिन्धुपाल्चोकमा २५ राजनीतिक दलबाट विभिन्न पदमा उम्मेदवारी दिएका २ हजार १ सय ३१ जना मध्ये १ सय ६७ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका छन् । ८६ जनाले विलम्ब गरी विवरण बुझाए । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।

    १२ स्थानीय तह मध्ये ३ वटा स्थानीय तहका कुनै पनि उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् भने ९ वटा स्थानीय तहका केहि केहिले मात्रै विवरण पेश गरेको निर्वाचन आयोगले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा विभिन्न पदमा उम्मेदवारी दिएका ३ सय ४ जनामध्ये २ सय १३ जनाले चुनावी खर्च विवरण बुझाएका छैनन् । ७५ जनाले मात्रै बुझाएका छन् । १६ जनाले विलम्ब गरी विवरण बुझाएको आयोगको तथ्याङ्कमा छ । चुनाव जितेर हाल जनप्रतिनिधि रहेकाहरुमध्ये पनि अधिकांशले विवरण बुझाएको तथ्याङ्कमा देखिदैन ।

    बाह्रविसे नगरपालिकामा विभिन्न पदमा १ सय ८२ जनाले उम्मेद्वारी दिएका थिए । उम्मेदवारी दिएको मध्ये ८ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका छन् । चुनाव जितेर मेयर भएका बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङसहित १ सय ७५ जनाले विवरण नै बुझाएका छैनन् । मेलम्ची नगरपालिकामा विभिन्न पदको लागि उम्मेदवारी दिएका २ सय ४३ उम्मेद्वार कसैले पनि विवरण बुझाएका छैनन् । त्यस्तै इन्द्रावती गाउँपालिकाको कुल २ सय ५३ र त्रिपूरा सुन्दरी गाउँपालिकाको कुल १ सय ३२ उम्मेदवारले पनि चुनावी खर्च विवरण बुझाएका छैनन् ।

    जुगल गाउँपालिकामा उम्मेद्वारी दिएका १ सय ३४ जनामध्ये १ सय २८ जनाले खर्च विवरण बुझाएका छैनन् । अध्यक्ष जितेका रेशम स्याङ्बोसहित ८ उम्मेदवारले मात्रै अर्च विवरण बुझाएको आयोगले जनाएको छ । पाँचपोखरी गाउँपालिकामा उम्मेदवारी दिएका कुल १ सय ३६ मध्ये कुनैले पनि आयोगले जारी गरेको समयसीमामा भित्र खर्च विवरण बुझाएनन् । ४६ जनाले विलम्व गरी विवरण पेश गरे ।

    त्यस्तै बलेफी गाउँपालिकामा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका १ सय ७१ मध्ये ३८ जनाले विवरण पेश गरे भने १० जनाले विलम्व गरी विवरण बुझाए । भोटेकोशी गाउँपालिकामा उम्मेद्वारी दिएका १ सय ४३ जना मध्ये १ जनाले मात्रै विवरण पेश गरेको देखिन्छ । राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका मिङ्मा शेर्पावाहेक अरुले विवरण बुझाएनन् ।

    हेलम्बु गाउँपालिकामा उम्मेदवारी दिएका कुल १ सय २१ मध्ये ९७ जनाले चुनावी खर्च विवरण बुझाएका छैनन् । १० जनाले मात्रै विवरण पेश गरेको र १४ जनाले विलम्ब गरी खर्च बुझाएका छन् । त्यस्तै सुनकोशी गाउँपालिकामा निर्वाचनमा भाग लिएका १ सय ३६ मध्ये ३ जनाले मात्रै विवरण पेश गरे भने १ सय ३३ ले विवरण नै बुझाएनन् ।

    आयोगले प्रेस विज्ञप्ति जारी गरी खर्च विवरण नबुझाउने उम्मेदवारको कारबाही प्रक्रिया प्रारम्भ गरेको जानाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तीमा ‘ती उम्मेदवारहरुलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईँहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ भनि सोधिएको छ । सोधिएका प्रश्नहरुको जवाफसहित आफ्नो स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आयोगले आदेश दिइएको छ ।

    को–को उम्मेद्वारले बुझाएनन् खर्च विवरण ? हेर्नुस् सूचीः

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution